माओवादीमा भेटिएन वैकल्पिक नेतृत्व : ‘अध्यक्ष प्रचण्ड’को विकल्प ‘संयोजक प्रचण्ड’ !

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर मसान्तसम्ममा विशेष महाधिवेशन गर्ने भएको छ । ९–१० असोजमा बसेको केन्द्रीय समिति बैठकले मंसिर मसान्तसम्ममा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले केन्द्रीय समिति विघटन गरी सो समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ । अध्यक्षलगायत सबै पदाधिकारीको व्यवस्था स्थगित गरी प्रचण्डलाई संयोजकको जिम्मेवारी तोकिएको छ […]

राजनीतिक रबाफविरुद्ध सरकारको ‘बोल्ड एक्सन’ : पूर्वपदाधिकारीले लिइरहेको अतिरिक्त सुविधा खोस्न पत्राचार

शुक्रबार अर्थ मन्त्रालयले राजनीतिक तथा प्रशासनिक पूर्वपदाधिकारीको सेवासुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्र पठाएको जानकारी गरायो । मन्त्रिपरिषद् बैठकले असोज ५ गते गरेको निर्णयअनुसार सेवानिवृत्त भइसकेका पूर्वपदाधिकारीहरूलाई दिइँदै आएको सवारी र सुरक्षाकर्मीसहित अतिरिक्त सुविधा खोस्न अर्थ मन्त्रालयले यो कदम चालेको हो । सरकारको यो कदमले राज्यको स्रोतसाधनको दुरुपयोग रोक्न र सरकारी खर्चलाई थप […]

मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए ५ मन्त्रीको टुंगो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । कार्कीको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले ५ जनालाई मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ । आइतबार नियुक्त भएका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा […]

राष्ट्रपति पौडेलसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानबमोजिम अध्यक्ष रेग्मीले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । आइतबार […]

सभामुख घिमिरेले भने- संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो

२ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । संसद्‍ विघटनको घटनालाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारहरूको जिज्ञासमा सभामुख घिमिरेले यस्तो बताएका हुन् । जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवन अनुगमन गर्न पुगेका सभामुख घिमिरेले भने, ‘जे घटनाहरू देशमा घट्यो, हामीले जे व्यहोरिरहेका छौं, […]

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच भयो फोनवार्ता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरेकी थिइन् । साथै उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि […]

कार्की सरकारको प्राथमिकता निर्वाचनसँगै भ्रष्टाचार नियन्त्रण तर, संवैधानिक नियुक्तिमा दलीय अड्को

काठमाडौँ । अहिले बनेको अन्तरिम सरकारको मुख्य म्यान्डेट भनेकै २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन र भ्रष्टाचार निर्मुल गर्नुपर्ने प्रदर्शनकारीको मुख्य एजेन्डालाई सम्बोधन गर्नु हो । तोकिएकै समयमा निर्वाचन, पुनर्निर्माण, आन्दोलनमा भएका अवाञ्छित गतिविधिबारे छानबिन, भ्रष्टाचार नियन्त्रणका लागि खरो रूपमा प्रस्तुत हुनेलगायत विषयलाई जसरी पनि ६ महिनाभित्र ट्रयाकमा ल्याउनै पर्ने चुनौती अहिलेको सरकारलाई छ । मूल मुद्दाको […]

अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने

३० भदौ, काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् । बालुवाटार निकट स्रोतका अनुसार, उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्विकार गरेका हुन् । बालुवाटार स्रोतले भन्यो, ‘तलब बाहेक अरु केही पनि सुविधा लिँदिनँ, […]

संसद् सचिवालयले भन्यो– प्रदर्शनका क्रममा घर लगिएका सामान फिर्ता गर्नु

काठमाडौं । संघीय संसद् सचिवालय यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । संघीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना जारी गरी संघीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय […]