काठमाडाैँ । कुलमान घिसिङको पहलमा गठन भएको उज्यालो नेपाल पार्टीले आज घोषणा सभा गर्दै छ । दिउँसो १ बजे प्रज्ञा–प्रतिष्ठानमा घोषणासभा गर्न लागेको हो । उज्यालो नेपाल पार्टीको संयोजक भने पूर्वसचिव अनुप उपाध्याय रहेका छन् ।


मन्त्री बहाल भएका कारण घिसिङ भने पार्टीको नेतृत्वमा छैनन् । उपाध्यायको नेतृत्वमा गठन भएको उज्यालो नेपाल पार्टीलाई काठमाडौंका मेयर बालेन्द्र शाह बालेनले पनि समर्थन गर्ने बताइएको छ । केही दिन कुलमान घिसिङले बालेनसँगको तस्वीर साझा गर्दै देश बनाउन सँगै अघि बढ्ने उल्लेख गरेका थिए ।



यद्यपि, निर्वाचन आयोगमा भने बालेन र उनको टिमका सदस्य केन्द्रीय कमिटीमा छैनन् । उज्यालो नेपाल पार्टीले आयोगमा पठाएको ५१ जनाको सूचीमा पहिचानको राजनीति गर्दै आएका महेन्द्र लावतीदेखि पर्यटन व्यवसायी लाक्पाफुटी शेर्पा, कलाकार रीमा विश्वकर्मा पनि छन् ।










