हाम्रो शरीरको गन्ध र खानपिनबीच कुनै सम्बन्ध छ ?

लसुन, रक्सी, मासु र यहाँसम्म कि उपवासले समेत हाम्रो शरीरको गन्धलाई बदल्न सक्छ । अनि हामीबाट निस्कने गन्धले अरूका लागि कत्तिको आकर्षित छौं भन्ने निर्धारण गर्छ । हरेक मानिसको आफ्नै एउटा फरक गन्ध हुन्छ, जसरी हरेक व्यक्तिको औँलाका छाप फरक हुन्छन् । हाम्रो व्यक्तित्व, हाम्रो मानसिक अवस्था र स्वास्थ्य जस्ता कुराले समेत हाम्रो शरीरको गन्धलाई […]

मेवाबारे मिथक : गर्मीमा खानु हुन्छ कि हुँदैन ?

गर्मी मौसममा खाने बानीमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । यो मौसममा पानीयुक्त खानेकुराको सेवन गर्नु राम्रो मानिन्छ । हरेक मौसममा फलफूललाई ​​स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । गर्मीमा मानिसहरू खरबुजा, लिची, मेवा, सुन्तलालगायत सबै फलफूल खान रुचाउँछन् । तर यो मौसममा मेवा खानुलाई धेरैले हानिकारक मान्छन् । मेवा तातो प्रकृतिको हुने भएकाले गर्मीमा यसको सेवनले […]

हजुरबा-हजुरआमाको छत्रछायामा हुर्किंदा बालबच्चालाई के कस्तो ज्ञान र साथ मिल्छ ?

काठमाडौं । परिवारको जग बुढापाकासँग जोडिएको हुन्छ । भनिन्छ, घरमा हजुरबा–हजुरआमा भए मात्रै परिवार पूर्ण हुन्छ । हजुरबा-हजुरआमा त्यो जरा जस्तै हुन्, जसले परिवारलाई रूख जस्तै बलियो बनाइराख्न सक्छन् । एउटा घरमा छोरा–बुहारी काम, सन्तानको पढाइ, खेलकुदमा व्यस्त भइरहँदा त्यही घरमा रहेका ज्येष्ठ नागरिकले भने उनीहरुको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ख्याल राखिरहेका हुन्छन् । परिवारलाई […]

जो व्यक्ति ६ घण्टाभन्दा कम सुत्छ, मुटुरोग लाग्न सक्छ

निद्रा र मुटुको सम्बन्ध गहिरो छ । पुग्दो मात्रामा मस्त एवं गहिरो निद्राले मुटुलाई जवान राख्न सहयोग गर्छ । यसका लागि कम्तीमा ७ घण्टाको निद्रा अनिवार्य छ । जो व्यक्ति ६ घण्टाभन्दा पनि कम सुत्छ, उनीहरुलाई मुटुरोगको जोखिम उच्च हुन्छ । पुग्दो निद्रासँगै मुटुलाई जवान राख्ने अर्को मूल सर्त हो, व्यायाम । दैनिक शारीरिक व्यायाम […]

कान्छो उमेरका श्रीमानसँग घरजम

२९ मंसिर, काठमाडौं । समाज गतिशील छ । समयको गतिसँगै सामाजिक मूल्य मान्यता पनि परिवर्तन भइरहेका हुन्छन् । मानिसको चेतना, शिक्षा, आर्थिक अवस्था, विश्वव्यापीकरण लगायतका कुराले समाजका परम्परागत चालचलन परिमार्जित हुँदै जान्छन् । सामाजिक परम्परा विवाह पनि समय अनुसार परिवर्तन हुँदै गएको पाइन्छ । पुरुष र महिला औपचारिक रुपमा एकअर्काको जीवनको सारथी बन्न गरिने विवाहमा […]

‘छोरा मान्छे पनि रुनुपर्छ’

२१ मंसिर, काठमाडौं । भन्छन्- लोग्ने मान्छे भएर रुन हुन्न रे, मर्दको छोरो भएर आँशु झार्न हुन्न रे !   के यो गीतले भने जस्तै साँच्चिकै पुरुषले रुन हुँदैन ? रुने काम महिलाको मात्र हो ? यी प्रश्नको जवाफ खोज्नुअघि मान्छे किन रुन्छन् भन्ने जान्नुपर्छ । दुःख बाँड्ने आँशु महिलाले मात्र बगाउने हो, पुरुषले होइन […]

परेवाको प्रेमक्रीडा !

काठमाडौं । जोडी परेवा आफैंमा प्रेमको प्रतीक हो । परेवाको जस्तो प्रेम, हाँसको जस्तो चाल, मयूरको जस्तो नाच, मौरीको जस्तो एकता, कुकुरको जस्तो स्वामीभक्त, काग जस्तो चलाख र गाई जस्तो साधु प्राणी संसारमा उदाहरणीय प्राणी मानिन्छन् । परेवा शान्तिको प्रतीक पनि हो । यही परेवाको प्रेमक्रीडा आफैंमा रोचक र लोभलाग्दो देखिन्छ । परेवाको प्रेम जीवन […]

जाडोमा कोठा न्यानो बनाउँदा हुनसक्ने यी गल्ती, जसले ज्यान समेत जान सक्छ

काठमाडौं । गत वर्ष हिउँदमा काठमाडौंको कलंकीस्थित खड्का गाउँका ८४ वर्षीय एक पुरुषको आगलागीबाट मृत्यु भयो । कोठामा हिटर बालेर सुतेका ती पुरुषको निदाएकै अवस्थामा ओछ्यानमा आगो सल्किएपछि घटनास्थलमै मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अघिल्लो वर्ष नै जाडो मौसममा उपत्यका बाहिर पनि आगलागी र निसासिएर मृत्यु भएका धेरै […]

भोजन नै चिकित्सा

प्रकृति अनुकूल भएर जिउनु नै स्वस्थ जीवनको सूत्र हो । बिहान उठेदेखि सुत्नेबेलासम्मको दिनचर्यालाई व्यवस्थित गर्ने कला नै प्राकृतिक चिकित्सा हो । सन्तुलित भोजन गर्ने, नियमित नुहाइधुवाइ गर्ने, चिन्ता र तनावको व्यवस्थापन जस्ता विविध पक्ष प्राकृतिक चिकित्साको उपचार पद्धतिभित्र पर्छन् । खानाको रूपमा कार्बोहाइड्रेडयुक्त एवं जंकफुडको प्रयोग कम गर्नु, चिल्लो र तारेका खानालाई निषेध गर्नु, […]

अजिनोमोटोबारे पोषणविद् नै द्विविधामा : के साँच्चै खानै नहुने र ?

२९ कात्तिक, काठमाडौं । खानपानको दुनियाँमा लामो समयदेखि बहसको विषय बनेको एउटा खाना हो, अजिनोमोटो । रेस्टुरेन्टको खानामा होस् वा घरायसी परिकारमा समेत अजिनोमोटो अनिवार्य जस्तै बनिसकेको छ । खानामा स्वाद बढाउन प्रयोग गरिने अजिनोमोटो स्वास्थ्यको लागि हानिकारक छ कि छैन ? यो बहस पोषणविद्हरुमा चल्ने गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय अध्ययनलाई हेर्ने हो भन्ने […]