२१ फागुनको चुनावमा सग्लो पार्टी सहभागी होला ?

यही पुस २६–२८ मा घोषणा गरिएको नेपाली कांग्रेसको १५औँ महाधिवेशन सो मितिमा नहुने भएसँगै कांग्रेसको ‘लाइन संघर्ष’ उत्कर्षमा पुगेको छ । गत २८ असोजदेखि १५ मंसिरसम्म लामो अवधि लगाएर बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति जुराए पनि महाधिवेशन सम्भव भएन । ४ बर्से कार्यकाल सकिएसँगै गत मंसिर मसान्तमै १५औँ महाधिवेशन गर्नुपर्ने भए पनि विधानतः १ […]
बयान दिन जाँचबुझ आयोगमा रमेश लेखक

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन गएका छन् । आयोगले पत्र लेखेर आइतबारसम्म उपस्थित हुन भने पनि लेखक आज सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको धनजनको क्षतिमा तत्कालीन गृहमन्त्रीको हैसियतमा लेखकसँग आयोगले बयान लिन […]
अधिकांश राजनीतिक दलले आज समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्दै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् । निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु भएको हो । पहिलो दिन आइतबार केही साना दलका तर्फबाट मात्र बन्द सूची पेस भएको थियो । नेपाली कांग्रेस, […]
राजनीतिक सहमतिसँगै स्वतन्त्र मेयर बालेन्द्र साह अब रास्वपा नेता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)बीच राजनीतिक सहमति भएसँगै उनी स्वतन्त्र रहेनन् । स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौंको मेयर भएका बालेन अब रास्वपा नेता बनेका हुन् ।रास्वपा उपसभापति स्वार्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत् बालेन रास्वपा नेता बनेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘बालेन्द्र साहः अब रास्वपा नेता । […]
रवि लामिछाने आज कारागार मुक्त हुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रिहा गर्न आदेश दिएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बैंक जमानत स्वीकार गरी रिहा गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘अदालतबाट फैसला हुँदा ठहरे बमोजिम हुने नै […]
एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा

काठमाडौं । एमाले नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । ६६ वर्षीय अधिकारीले सामाजिक सन्जाल फेसबुकमार्फत् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् । पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालिन भएर काम गरेको र ३३ वर्ष एमालेको केन्द्रीय सदस्य बनेको जानकारी गराउँदै उनले कहिल्यै नेता नबनेको उल्लेख गरेका छन् । ‘म कार्यकर्ताको […]
यी हुन् एमालेमा विजयी पदाधिकारी, कसले कति मत ल्याएर विजयी भए ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा पार्टी पदाधिकारी निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भएका छन् । त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२मत, रघुवीर महासेठले १३६८ मत र योगेश […]
एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा नेताहरू

काठमाडौँ । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय सदस्यमा इन्ट्री गर्दैछन् । यी चर्चित अनुहार प्रतिनिधि नभएकोले केही दिन अघिसम्म संशयमा थिए तर प्रतिनिधि मनोनयनमा परेपछि उनीहरू उत्साहित भएका छन् । केन्द्रीय कमिटीमा इन्ट्री हुन लागेका एमालेका चर्चित युवा नेतामध्ये एक हुन् सुनिता डङ्गोल हुन् । काठमाडौँ महानगरकी उपमेयर डङ्गोल […]
एमाले केन्द्रीय कमिटी बैठक सुरु

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक सुरु भएको हो । बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए । यो बैठक कार्यकालको अन्तिम बैठक हो । भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको […]
महाधिवेशन नजिकिँदै जाँदा गल्दै ओली

काठमाडौँ । महाधिवेशनको सम्मुखमा एमाले अध्यक्ष केपी शर्मा ओली रक्षात्मक देखिएका छन् । २७ मंसिरमा सुरु हुने ११औँ महाधिवेशनमा उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा चुनौती दिँदै छन् । पोखरेलले ओलीको विकल्पमा आफू अध्यक्षको उम्मेदवार बनेको भन्दै ओलीले सहज रूपमा छाडेमा आफू उम्मेदवार नबन्ने स्पष्ट पारिसकेका छन् । ओलीबाहेक कोही अध्यक्षको उम्मेदवारका रूपमा आए आफू […]