Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

महाधिवेशन चयनमा ओलीको जबरजस्तीप्रति पोखरेलले उठाए प्रश्न

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ दिन अगाडि

११औँ महाधिवेशनका लागि नेकपा एमालेले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली टुंग्याउनै लाग्दा ईश्वर पोखरेल समूहले असन्तुष्टि जनाएको छ । बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर पोखरेल समूहले प्रतिनिधि छनोट विवाद सल्टाउन सचिवालय बैठक बोलाउन मागसमेत गरेको छ । दर्जनभन्दा बढी जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटका क्रममा ओली समूहबाट हस्तक्षेप भएको उनीहरूको आरोप छ । महाधिवेशनमा आफ्नो पक्षमा नतिजा पार्न जिल्लाका नेताहरूले केन्द्रकै सहयोगमा थरीथरी निर्देशन दिँदै प्रतितिनिधि चयन प्रक्रिया प्रभावित पारेको पोखरेल समूहका नेताहरूको दबी छ ।

पोखरेलसहित उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईले बिहीबार ओलीलाई भेटेरै यसबारे असन्तुष्टि जनाएका थिए । १३ गते एकै दिन देशभरबाट प्रतिनिधि छनोट गर्ने भनिए पनि केन्द्रको दबाब र जबरजस्ती सर्वसम्मति गराउन खोज्दा केही जिल्लामा प्रतिनिधि छनोट विवाद अझै सल्टिएको छैन भने प्रतिनिधि छानिएका केही जिल्लामा पनि निष्पक्ष नभएको भन्दै विरोध भइरहेको छ । महाधिवेशनका लागि १ साता मात्र बाँकी रहेको अवस्थामा पनि प्रतिनिधि चयनकै विवाद सुल्झिन नसकेको र महाधिवेशनको तयारीबारे छलफल गर्न पनि तत्काल सचिवालय बैठक आवश्यक रहेको उनीहरूको माग छ ।

भोलेन्टियर फोर्सबाट ७ जना प्रतिनिधि

एमालेले महाधिवेशनको मिति घोषणा भइसकेपछि गठन भएको ‘नेसनल भोलेन्टियर फोर्स’बाट पनि महाधिवेशन प्रतिनिधि चयन गरेको छ । यो विषयलाई लिएर पार्टीभित्रकै केही नेताहरूले असन्तुष्टिसमेत जनाइसकेका छन् । बिहीबार ईश्वर पोखरेललगायत नेताहरूले ओलीलाई यस विषयमा पनि जिज्ञासा राखेका थिए । तर, ओलीले त्यो विषय सुन्नै नचाएको एक नेताले बताए । महाधिवेशन घोषणा भइसकेपछि बनेका जनसंगठनबाट महाधिवेशन प्रतिनिधि बनाउन पाउने कुनै वैधानिक व्यवस्था एमालेमा छैन । तर, ओलीले आफूअनुकूल हुने गरी उक्त फोर्सबाट ७ जना महाधिवेशन प्रतिनिधि चयन गरेका छन् । फोर्सबाट छानिएकाहरूमा खुलातर्फबाट पुष्पराज श्रेष्ठ, अमित पौडेल, विदुर शर्मा, सञ्जीव धिताल र सागर भट्ट छन् भने महिला क्लस्टरबाट विनिता काफ्ले र सीता सुवेदी छन् ।

पोखरेल समूहले भने त्यसलाई कुनै हालतमा नमान्ने जनाइसकेको छ । युवा संघमा रहेर वर्षौंदेखि पार्टीको काम गरे पनि आफूहरूलाई सधैँ बेवास्ता गर्दै आएको र अहिले निर्माणको १ महिना पनि नभएको संगठनबाट महाधिवेशन प्रतिनिधि ल्याएर आफूहरूको अपमान गरेको उनीहरूको आरोप छ । युवा संघका राजेन्द्र लामा भन्छन्, ‘यसरी हरेक संगठनमा पार्टी नेतृत्वले विभेदपूर्ण व्यवहार ग¥यो भने भोलेन्टियर फोर्स होस् या युवा संघ भोलिको दिनमा पतन हुने निश्चित छ ।’

महाधिवेशनमा इ–भोटिङ मेसिन प्रयोग गरिने

एमालेले महाधिवेशनको नेतृत्व चयन प्रक्रियामा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार नेतृत्व चयन प्रक्रिया छिटो र छरितो बनाउन भोटिङ मेसिन प्रयोग गरिन लागेको हो । एमालेले यसअघि चितवनमा भएको १०औँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिनकै प्रयोग गरेको थियो ।

‘टेन्डर आह्वान भइसकेको छ, चाँडै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुन्छ,’ ज्ञवालीले भने । मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने ११औँ राष्ट्रिय महाधिवेशनले १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय सदस्य चयन गर्नेछ । गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित गरेको संशोधित विधानअनुसार केन्द्रीय कमिटीको संख्या घटाइएको छ । महाधिवेशनमा करिब २ हजार ५०० प्रतिनिधि सहभागी हुने अनुमान छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

КРАКЕН МАРКЕТПЛЕЙС ДАРКНЕТ САЙТ ОНИОН

  • २२ घण्टा अगाडि
Nursing-edited

नर्सिङ सुन्दरीको खोजी

  • १ दिन अगाडि
nirbachan (1)

प्रतिनिधिसभा आगामी निर्वाचनको तयारी तीव्र, यस्तो छ...

  • १ दिन अगाडि
WhatsApp-Image-2025-12-02-at-6.19.07-PM-1024x689

विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त समारोह सम्पन्न

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved