अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने

३० भदौ, काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् । बालुवाटार निकट स्रोतका अनुसार, उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्विकार गरेका हुन् । बालुवाटार स्रोतले भन्यो, ‘तलब बाहेक अरु केही पनि सुविधा लिँदिनँ, […]

संसद् सचिवालयले भन्यो– प्रदर्शनका क्रममा घर लगिएका सामान फिर्ता गर्नु

काठमाडौं । संघीय संसद् सचिवालय यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । संघीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना जारी गरी संघीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय […]

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख राहत

२९ भदौ, काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् । यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् । उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना […]

नक्खु कारागारले भन्यो– भागेका कैदीहरु तुरुन्त सम्पर्कमा आऊ, नत्र तोकेको सजाय थप कडा हुन्छ

ललितपुरस्थित नक्खु कारागार प्रशासनले जेन–जी युवा पुस्ताको आन्दोलनमा मौका छोपेर भागेका कैदीहरुलाई तुरुन्त सम्पर्कमा आउन अनुरोध गरेको छ । उक्त कारागारले एक नोटिस जारी गर्दै भागेका कैदीहरुलाई अविलम्ब सम्पर्कमा आउन अनुरोध गरेको हो । ‘अतः विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति […]

रवि लामिछाने कारागारबाट बाहिर

सहकारी प्रकरणमा कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले कारागारबाट बाहिर निकालेका छन्। “उहाँ बाहिर निस्किएर एउटा घरको छतमा हुनुहुन्छ। उहाँलाई सुरक्षित राखिएको छ,” रास्वपाका नेता दीपक बोहराले बीबीसी न्यूज नेपालीसँग भने। रास्वपा नेता सुरेश थापाको नामले पनि चिनिने टाकाराज थापाले लामिछाने कारागारबाट बाहिर आउँदै गरेको भिडिओ फेसबुकमा लाइभ गरेका थिए। सेतो […]

करिश्माले त्यागिन् एमाले, भन्छिन्- म जनताको कलाकार रहिरहन चाहन्छु

अभिनेत्री करिश्मा मानन्धरले आफू नेकपा एमाले त्यागेको घोषणा गरेकी छन् । फेसबुकमार्फत उनले आफू जनताकै कलाकार बनिरहन चाहेको बताएकी छन् । उनी लेख्छिन्, ‘अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितमा मात्र थियो । तर आजदेखि म कुनै राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।’ अघि लेख्छिन्, […]

राजनीतिक निकासका लागि राजीनामा दिएको छु : ओली

२४ भदौ, काठमाडौं । प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् । ‘…हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप […]

जेन जीमाथि भएको दमनको विरोधमा नवलपुरका सम्पूर्ण उद्योगधन्दा र कलकारखाना बन्द गर्न निर्देशन

नवलपुर, भदौ २४ गते । उद्योगा वाणिज्य संघ नवलपुरले जिल्लाका सम्पूर्ण उद्योगधन्दा, कलकारखाना र पेशा व्यवशाय बन्द गर्न सम्पूर्ण मातहतका व्यवशायीहरुलाई निर्देशन दिएको छ । नवलपुर उद्योगा वाणिज्य संघका अध्यक्ष बैकुण्ठप्रसाद अर्याल, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसाल र मध्यविन्दु उद्योण वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठले संयुक्त विज्ञप्ती निकालेर जेन जीहरुको आन्दोलनमाथि भएको दमनको […]

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

२४ भदौ, काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।