राष्ट्रपतिद्वारा राष्ट्रियसभा अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिसमा सोमबार राष्ट्रपति पौडेलले माघ ४ गते बिहान ११ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । अधिवेशन आह्वानसँगै संसदीय कार्यतालिका अघि बढाउने तयारी सुरु भएको छ भने आगामी अधिवेशनमा […]

झापा–५ मा ओलीविरुद्ध चुनाव लड्दै बालेन

काठमाडौँ । २१ फागुनको निर्वाचनका लागि बालेन्द्र शाह (बालेन) झापा–५ बाट उम्मेदवार बन्ने पक्का भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि यसै निर्वाचन क्षेत्रबाट उठ्दै छन् । यसअघिका निर्वाचनमा पनि उनी यसै क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । तर, यस पटक जसरी पनि ओलीलाई हराएरै छाड्ने तयारीमा रास्वपा र बालेन टिम लागेको छ […]

चुनावमा जुट्नुपर्ने बेला ‘मारमुंग्री’तर्फ कांग्रेस

काठमाडौँ । आगामी १५औँ महाधिवेशनको विषयलाई लिएर कांग्रेसभित्र पदाधिकारी तहदेखि वडा तहसम्म स्पष्ट २ कित्ता बनेपछि विवाद दिनप्रतिदिन चर्किंदै गइरहेको छ । संस्थापन पक्षले आगामी २८–३१ वैशाखमा महाधिवेशन गर्ने कार्यसम्पादन समितिको निर्णय कार्यान्वयनका लागि भन्दै तल्लो तहसम्म परिपत्र गरेर २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा केन्द्रित हुन निर्देशन दिइसकेको छ । यता, गत २९ असोजमा विशेष […]

कांग्रेस कार्यालयमा लफडा, नेताहरु अर्कै गेटबाट छिरे

नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन् । प्रदर्शनरत कार्यकर्ताले पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नारावाजी समेत गरेका छन् । यस क्रममा केही नेतासँग प्रदर्शनरत कार्यकर्ताको बाझाबाझ समेत भएको छ । आज बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरिरहेका छन् । […]

दिव्यपुरी खानेपानी संस्थाको अध्यक्षमा पवनकुमार बुढाथोकी

दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा पवनकुमार बुढाथोकी निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संस्थाको नयाँ कार्यसमिति चयनसम्बन्धी निर्वाचनमा उहाँले आफ्ना प्रतिस्पर्धी तिलप्रसाद पाठकलाई २०७ मतको अन्तरले पराजित गर्दै नेतृत्व हात पार्नुभएको हो । कुल २४८९ मतदाता रहेको उक्त संस्थाको निर्वाचनमा १७३० मत खसेको थियो । अध्यक्ष पदको प्रतिस्पर्धामा बुढाथोकीले ७१७ मत प्राप्त […]

भेनेजुएला र अमेरिकाको तनावबीच विश्व समुदायबाट चिन्ता व्यक्त, चीनले गर्यो कडा शब्दमा निन्दा

न्यूयोर्क । भेनेजुएलामा अमेरिकाले आक्रमण गरेपछि विश्वभरिबाट यसको समर्थन र विपक्षमा प्रतिक्रिया आउन थालेका छन् ।अकस्मात जस्तो देखिएको यस अवस्थाको सिधा प्रभाव कैयौँ देशहरूमा पर्न सक्ने भएता पनि त्यसको बढी प्रभाव कोलम्बियामा पर्ने देखिन्छ । कोलम्बिया कोलम्बिया र भेनेजुएलाको लामो सीमा साझा रहेको छ । भेनेजुएलाको सबैभन्दा नजिकको छिमेकी कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले उक्त हमलालाई […]

२१ फागुनको चुनावमा सग्लो पार्टी सहभागी होला ?

यही पुस २६–२८ मा घोषणा गरिएको नेपाली कांग्रेसको १५औँ महाधिवेशन सो मितिमा नहुने भएसँगै कांग्रेसको ‘लाइन संघर्ष’ उत्कर्षमा पुगेको छ । गत २८ असोजदेखि १५ मंसिरसम्म लामो अवधि लगाएर बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति जुराए पनि महाधिवेशन सम्भव भएन । ४ बर्से कार्यकाल सकिएसँगै गत मंसिर मसान्तमै १५औँ महाधिवेशन गर्नुपर्ने भए पनि विधानतः १ […]

बयान दिन जाँचबुझ आयोगमा रमेश लेखक

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन गएका छन् । आयोगले पत्र लेखेर आइतबारसम्म उपस्थित हुन भने पनि लेखक आज सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको धनजनको क्षतिमा तत्कालीन गृहमन्त्रीको हैसियतमा लेखकसँग आयोगले बयान लिन […]

अधिकांश राजनीतिक दलले आज समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्दै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् । निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु भएको हो । पहिलो दिन आइतबार केही साना दलका तर्फबाट मात्र बन्द सूची पेस भएको थियो । नेपाली कांग्रेस, […]

राजनीतिक सहमतिसँगै स्वतन्त्र मेयर बालेन्द्र साह अब रास्वपा नेता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)बीच राजनीतिक सहमति भएसँगै उनी स्वतन्त्र रहेनन् । स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौंको मेयर भएका बालेन अब रास्वपा नेता बनेका हुन् ।रास्वपा उपसभापति स्वार्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत् बालेन रास्वपा नेता बनेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘बालेन्द्र साहः अब रास्वपा नेता । […]