सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पद बहाली गरेका छन् । आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हालेका हुन् । उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्च अधिकारीले स्वागत गरेका थिए ।

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले दिए श्रद्धाञ्जलि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जलि दिएका छन् । सभापति लामिछानेले आज सामाजिक सञ्जालबाट श्रद्धाञ्जलि दिँदै अध्यक्ष ओलीका पिता ओलीको निधनले आफूलाई दुःखी तुल्याएको उल्लेख गर्दै दुःखद घडीमा दिवंगत पिताप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति […]

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत, रास्वपाका राजन गौतम विजयी

कावासोती । नवलपुर निर्वाचन क्षेत्र नम्बर १ मा ३४ वर्षपछि कांग्रेसको विरासत ढलेको छ । यहाँ रास्वपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजन गौतम फराकिलो मतान्तरले विजयी भएका हुन् । उनले ५० हजार ९ सय ४५ मत प्राप्त गरेका छन भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २ सय ९३ मत पाएका छन् । २०४८ […]

बालेन साहले बुझाए निर्वाचनमा भएको आफ्नो १४ लाख १७ हजार रुपैयाँ खर्च विवरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् । उनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । यो खर्च […]

यी हुन् ३५ वर्ष मुनिका नवनिर्वाचित माननीयहरू

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ । तर, यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ । यसपटक प्रतिनिधिसभा […]

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा प्रवेश

हुप्सेकोट । नवलपुर निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने हुप्सेकोट मा प्रतिनिधिसभा उम्मेदवार पाएसँगै चुनावी माहोल थप उत्साहपूर्ण बन्दै गएको छ। नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्ती मगर को उम्मेदवारीसँगै कांग्रेसप्रति जनआकर्षण बढ्दै गएको देखिएको छ। यसैबीच हुप्सेकोट गाउँपालिकाका वडा नं. १, २ र ६ मा आयोजित फरक–फरक कोण सभामा नेकपा एमाले परित्याग गरी ठूलो संख्यामा […]

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को नीतिलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत नियमन गर्न विभिन्न वाचा गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले सहकारी क्षेत्रमा देखिएका चुनौती सम्बोधन गर्न बचत सुरक्षण कोषको प्रभावकारी कार्यान्वयन र ठगीविरूद्ध शून्य सहनशीलताको नीति अघि सारेको हो । सहकारी क्षेत्रमा देखिएका […]

निर्वाचनको दिन आन्तरिक र वाह्य दुर्व हवाई उडान यथावत चल्ने

काठमाडौं । निर्वाचन आयोगले यही २१ गते फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक र वाह्य दुवै हवाई उडान यथावत सञ्चालन गर्न दिने निर्णय गरेको छ । आयोगले निर्वाचन सुरक्षा तथा मतदान प्रक्रियामा आवश्यक सहजीकरण सम्बन्धमा विभिन्न निर्णय गरेको हो । सोही क्रममा आयोगले गृह मन्त्रालयलाई पत्र लेख्दै हवाई उडान यथावत सञ्चालनको वातावरण बनाउन भनेको छ […]

प्रतिनिधिसभा निर्वाचनमा आयोगले ९ प्रकारका सामग्री पठाउने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ९ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोगले ९ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तयारी गरेको सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम र […]

नवलपुरमा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील

कावसोती । नवलपुर जिल्लामा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ । एक सय १४ वटा निर्वाचन स्थल तथा तीन सय ११ मतदान केन्द्र रहेको नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशीलका रूपमा तय गरिएको हो । त्यस्तै ५० वटा संवेदनशील र ५३ वटा निर्वाचन स्थल सामान्य रहेको वर्गीकरण गरिएको प्रमुख जिल्ला […]