त्रिविको सभा आज, नीति तथा कार्यक्रम पेस हुने

त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दै छ । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सभा बस्ने छ । आजको सभामा त्रिविको नीति तथा कार्यक्रम पेस हुनेछ । गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकिएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम रोकेर बजेट मात्रै प्रस्तुत गर्न निर्देशन दिएका थिए […]
बंगलादेशले मृत्युदण्ड सजाय सुनाएपछि शेख हसिनाको सुपुर्दगीका लागि भारतसँग फेरि गर्यो औपचारिक आग्रह

ढाका । अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बंगलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणबाट मृत्युदण्डको सजाय सुनाइएको केही दिनपछि बंगलादेशको अन्तरिम सरकारले उनको सुपुर्दगीका लागि भारतीय विदेश मन्त्रालयलाई पुनः औपचारिक पत्र पठाएको छ । ढाका ट्रिब्युनको एक विस्तृत रिपोर्ट अनुसार रोहिङ्ग्या मुद्दाका लागि उच्च प्रतिनिधि खलीलुर रहमान भारतीय राजधानीबाट फर्किएलगत्तै नयाँ दिल्लीमा नयाँ कूटनीतिक नोट पठाइएको अधिकारीहरूले पुष्टि गरेका […]
जेनजी युवा भन्छन्– मुक्का हान्नेलाई पक्राउ गरेपछि मात्र वार्ता

४ मंसिर, काठमाडौं । स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्ताव आन्दोलनरत जेनजी युवाले अस्वीकार गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो । तर, उनीहरूले बुधबार कुटपिट गर्ने एमाले युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान राखेका छन् । बारा प्रशासनले जेनजी […]
फेरि सर्यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक फेरि सरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार आज दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने भनिएको बैठक यही मङ्सिर ६ गते शनिबार दिउँसो १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य […]
दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा

२ मंसिर, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईं मध्यराति पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको छ । प्रसाईं पक्राउपछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्नसक्ने भन्दै उपत्यकाको सुरक्षा थप चुस्त बनाइएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीनवटै जिल्ला प्रहरी परिसरलाई […]
सुध्रिएन निजी क्षेत्रको लगानी, कर्जा सुधार डेढ प्रतिशत मात्र

३० कात्तिक, काठमाडौं । कोरोना महामारी र आर्थिक मन्दीले शिथिल निजी क्षेत्रलाई चालु आर्थिक वर्ष जेनजी आन्दोलनले तर्साएको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा निजी सम्पत्ति पनि आगजनी र तोडफोड भएपछि निजी क्षेत्रको लगानी विस्तार निरुत्साहित भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट निजी […]
प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए सम्पत्ति विवरण, तीन जनाको बाँकी

जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन् । अझै तीन जना मन्त्रीहरूले बुझाउन बाँकी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाँकी सात जना सदस्यको सम्पत्ति विवरण प्राप्त भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । प्रधानमन्त्री कार्कीले ३० […]
प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज सूचना जारी गरी प्रतिनिधिसभाका लागि मङ्सिर १—१० र राष्ट्रियसभाका लागि मङ्सिर १—७ गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ । आयोगको सूचनामा भनिएको छ, ‘निर्वाचनमा भाग लिन चाहने दलले केन्द्रीय समितिबाट भएको निर्णयको […]
प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षको दर्ज्यानी चिह्न लगाएपछि आफ्नो मन्तव्य राख्दै उनले संगठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गरिने बताए । ‘अपराध र सुरक्षा चुनौतीहरुका पारस्पिरिक प्रवृत्तिमा भएको परिवर्तन, सूचना प्रविधिको द्रूततर […]
जेनजी विद्रोहपछि राजनीतिक फेरबदल भएको भन्दै विप्लवले त्यागे समाजवादी मोर्चा

नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोहपछि नेपालको राजनीतिक फेरबदल भएको भन्दै समाजवादी मोर्चा त्यागेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा त्यागेको हो । बुधबार बिहान वक्तव्य जारी गर्दै नेकपाका महासचिव विप्लव सीले समाजवादी मोर्चाबाट अलग भएको जानकारी दिएका छन् । ‘२०८० सालमा नेपालका चार पार्टी सहभागी समाजवादी मोर्चा निर्माण गरेका थियौँ। राष्ट्रिय स्वाधीनता, […]