Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

चुनावमा जुट्नुपर्ने बेला ‘मारमुंग्री’तर्फ कांग्रेस

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ महिना अगाडि

काठमाडौँ । आगामी १५औँ महाधिवेशनको विषयलाई लिएर कांग्रेसभित्र पदाधिकारी तहदेखि वडा तहसम्म स्पष्ट २ कित्ता बनेपछि विवाद दिनप्रतिदिन चर्किंदै गइरहेको छ । संस्थापन पक्षले आगामी २८–३१ वैशाखमा महाधिवेशन गर्ने कार्यसम्पादन समितिको निर्णय कार्यान्वयनका लागि भन्दै तल्लो तहसम्म परिपत्र गरेर २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा केन्द्रित हुन निर्देशन दिइसकेको छ । यता, गत २९ असोजमा विशेष महाधिवेशनको माग गरिएकाले विधानतः २८ पुसभित्र गर्नैपर्ने प्रावधान छ । सोही प्रावधानलाई टेकेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी २७–२८ पुसमा विशेष महाधिवेशन बोलाउने तयारी गरेका छन् । अनौपचारिक रूपमा सो मिति तय गरेर हल बुक गर्नेदेखि प्रशासनलाई समेत जानकारी गराइसकिएको छ ।

देशमा चुनावमय वातावरण बनिसकेको छ । यस्तोमा सबैभन्दा पुरानो दल कांग्रेस यतिबेला आन्तरिक विवाद सुल्झाएर चुनावमा केन्द्रित भइसक्नुपर्ने हो । हिजोअस्तिसम्म चुनावको चर्को विरोध गर्दै आएको एमालेसमेत औपचारिक रूपमा चुनावी अभियानमा सक्रिय भइसक्दा कांग्रेस भने आन्तरिक विवाद चर्काउँदै ‘मारमुंग्री’को अवस्थातर्फ उन्मुख देखिएको छ । एक पक्षले अर्को पक्षलाई पार्टी कार्यालय प्रवेशमै निषेध गर्न थालेको छ भने एकले अर्को पक्षका नेताहरूलाई दुव्र्यवहार तथा आक्रमण प्रयाससम्म सुरु भएको छ । राष्ट्रियसभा निर्वाचनका लागि दलहरूसँगको तालमेल र उम्मेदवार छनोटका लागि केही दिनदेखि निरन्तर केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिरहेको छ । मंगलबार पनि बिहान ११ बजे बोलाइएको बैठकमा नेताहरूलाई भेटेर विशेष महाधिवेशनका लागि दबाब दिने उद्देश्यसहित विशेष महाधिवेशन पक्षधर कार्यकर्ता पार्टी कार्यालय पुगेका थिए ।

विशेष महाधिवेशन हुनुपर्छ भन्ने मौखिक माग लिएर उनीहरू कार्यालय पुगेका हुन् । सहभागीहरूका अनुसार उनीहरू कार्यालयको आँगनसम्म पुग्न चाहन्थे र नेताहरूलाई आफ्नो कुुरा राख्न चाहन्थे । तर, संस्थापन पक्षका नेताहरूको निर्देशनमा उनीहरूलाई कार्यालय प्रवेशमै रोक लगाइयो । प्रहरी नै परिचालन गरेर उनीहरूलाई गेटमै रोकियो । पार्टी कार्यालय पस्न नपाएपछि उनीहरूले प्रहरीसँग घम्साघम्सीसमेत गरे । उनीहरूले आफूहरूलाई रोक्ने प्रहरीलाई ‘पार्टी कार्यालय जल्दा र सभापतिमाथि आक्रमण हुँदा के हेरेर बसेका थियौ ?’ भनेर प्रश्नसमेत गरे । पार्टीका सभापति, उपसभापति र केन्द्रीय कार्यालयको निर्देशनमा आफूहरूलाई रोकिएको उनीहरूको आरोप छ । कार्यालय पस्न नपाएपछि आक्रोशित बनेका उनीहरू गेटमै भेटिने नेताहरूलाई विशेष महाधिवेशनका लागि दबाब दिइरहेका थिए ।

सोही क्रममा पार्टी पूर्वउपसभापति विमलेन्द्र निधि कार्यालय प्रवेश गर्न खोज्दा कार्यकर्ताहरूले रोकेर विशेष महाधिवेशनको माग गरे । निधि र कार्यकर्ताहरूबीच सवाल–जबाफ हुँदा निधिले ‘यसरी प्रश्न गर्ने कांग्रेस कार्यकर्ता होइन’ भनेर जबाफ फर्काएपछि कार्यकर्ताहरूले ‘विमलेन्द्र निधि मुर्दावाद !’ नारा लगाए । एक सहभागीले त निवास जलाउने धम्कीसमेत दिए । यस घटनाले कांग्रेस केन्द्रीय कार्यालयको वातावरण अशान्त बनेको थियो । निधिले आफूमाथि दुव्र्यवहार गर्नेहरू विशेष महाधिवेशन पक्षधर नभई हुलदंगा, गुन्डागर्दी गर्ने उच्छृंखल तत्व भएको प्रतिक्रिया दिए । निधिले नियमित महाधिवेशनको निर्णय भइसकेको भन्दै विशेष महाधिवेशनको औचित्य नभएको बताए । ‘नियमित महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिले विधिसम्मत् निर्णय गरेको छ । विशेष महाधिवेशनको औचित्य छैन । चुनावमा होमिनुपर्छ,’ उनले भने ।

यता, सो घटनापछि विशेष महाधिवेशन पक्षधरहरूले पत्रकार सम्मेलन गर्दै निधिमाथिको दुव्र्यवहारको जिम्मेवारी नलिने बताए । पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले नेताहरू समक्ष विशेष महाधिवेशनको माग गर्नु कार्यकर्ताहरूको अन्तरात्माको भावना भएको बताए । उनले पक्षधरताकै आधारमा घटनामा संलग्न नभएको स्पष्ट पार्दै स्वस्फूर्त रूपमा कार्यकर्ताहरू केन्द्रीय कार्यालय पुगेको जिकिर गरे । निधिमाथि दुव्र्यवहार भएपछि उनको गृहजिल्ला धनुषाको जनकपुरमा महामन्त्रीद्वय थापा र शर्माविरुद्ध प्रदर्शन गरिएको छ । मंगलबार साँझ निधि पक्षधर नेताकार्यकर्ताले मसालसहित प्रदर्शन गरेका हुन् । उनीहरूले ‘मधेसीलाई हेप्न पाइँदैन’ भन्दै ‘गगन थापा मुर्दावाद, विश्वप्रकाश शर्मा मुर्दावाद !’ नारा लगाए ।

गगन–विश्व समूहले माग्यो विशेष महाधिवेशनमा शान्ति सुरक्षा

विशेष महाधिवेशन पक्षधरले आगामी २७ र २८ पुसमा कांग्रेसको दोस्रो विशेष महाधिवेशन हुन लागेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ । दोस्रो विशेष महाधिवेशन सचिवालयका तर्फबाट मनोजमणि आचार्यले मंगलबार पत्राचार गरेका हुन् । भृकुटीमण्डपमा विशेष महाधिवेशन हुने भन्दै उक्त स्थान आसपास तथा काठमाडौँ क्षेत्रभित्र शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोध गरिएको छ ।

शेखर पनि विशेषकै पक्षमा, तर केन्द्रीय समितिले बोलाउनुपर्ने

संस्थापन र इतर पक्षले एकअर्कालाई निषेध गर्दै अघि बढेपछि समाधानको बिन्दु खोज्न नेता शेखर कोइराला सक्रिय छन् । मंगलबार पनि उनले विशालनगरस्थित कार्यालयमा ३० जनाभन्दा बढी केन्द्रीय सदस्यसँग छलफल गर्दै सहमतिका आधारमा केन्द्रीय समितिले नै विशेष महाधिवेशन आह्वान गर्नुपर्ने बताए । कोइरालाले आफू विशेषकै पक्षमा रहेको, तर संस्थापनले विशेष महाधिवेशन पक्षधरसँग छलफल गरेर ६ माघपछि बोलाउनु उपयुक्त हुने उल्लेख गरे । पुष्पा भुसाल, चिनकाजी श्रेष्ठ, डिला संग्रौला, राजेन्द्र केसी, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत नेता सहभागी छलफलमा नेताहरूले पार्टीलाई फुटबाट जोगाउनुपर्नेमा जोड दिए । महामन्त्रीद्वय विशेषबाट पछि नहटेको अवस्थामा सो सभालाई संस्थापनले पनि अपनत्व लिँदै एकताबद्ध बनाउने बाटो खोजी गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • १८ घण्टा अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • १९ घण्टा अगाडि
buddha-air

निर्वाचनको दिन आन्तरिक र वाह्य दुर्व हवाई...

  • १९ घण्टा अगाडि
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved