Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

झापा–५ मा ओलीविरुद्ध चुनाव लड्दै बालेन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ मिनेट अगाडि

काठमाडौँ । २१ फागुनको निर्वाचनका लागि बालेन्द्र शाह (बालेन) झापा–५ बाट उम्मेदवार बन्ने पक्का भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि यसै निर्वाचन क्षेत्रबाट उठ्दै छन् । यसअघिका निर्वाचनमा पनि उनी यसै क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । तर, यस पटक जसरी पनि ओलीलाई हराएरै छाड्ने तयारीमा रास्वपा र बालेन टिम लागेको छ । बालेन निकट स्रोत र रास्वपाका नेताहरूका अनुसार आइतबार बालेन र रास्वपाका झापा जिल्ला प्रतिनिधिहरूबीचको भेटपछि झापा–५ फाइनल भएको हो । बालेनले बोलाएपछि रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकसहितको टिम आइतबार बालेनलाई भेट्न ललितपुर पुगेको थियो ।

उम्मेदवार सिफारिस र समानुपातिकमा झापा शून्य भएका कारण त्यसलाई मिलाउन पाठक दलबलसहित काठमाडौँ आएका थिए । रवि लामिछनेसहित रास्वपाका केन्द्रीय पदाधिकारीहरूसँग भेट गर्न उनीहरू आएको थाहा पाएपछि बालेन टिमले पाठकलाई फोन गरेर भेटका लागि आग्रह गरेपछि रविसहितको भेटलाई थाँती राखेर सबैभन्दा पहिले उनीहरू बालेनलाई भेट्न पुगेका थिए । ‘बालेन टिमबाट फोन आएपछि हामी सबै कुरा छाडेर उतै लाग्यौँ । हाम्रो पहिलो भेट नै बालेनसँग भएको हो,’ पाठकले भने । निकै लामो कुराकानीपछि दुवै पक्ष बालेन झापा–५ बाटै चुनाव उठ्नुपर्ने निष्कर्षसहित बिदा भएको थियो । त्यसको केहीबेरमै बालेनले ‘हामी आउँदै छौँ’ भनेर सामाजिक सञ्जालमार्फत् झापा–५ बारे संकेत दिएका थिए । केही तयारी भने बाँकी नै रहेको पाठक बताउँछन् । तर, बालेनले संकेत गर्नु नै तयारी बराबर रहेकाले खासै समस्या नरहेको उनको तर्क छ ।

बालेनका लागि प्राइमरी इलेक्सन बाइबास

काठमाडौँको फोहोर व्यवस्थापनसम्बन्धी टेन्डरलगायत केही काम टुंग्याउन बाँकी रहेकाले २–४ दिनभित्रै ती सबै काम सकेर मेयरबाट राजीनामा दिने र त्यसपछि सोझै झापा हानिने तयारीमा बालेन छन् । त्यसका लागि झापामा रहेका उनका सहयोगीहरूले आवश्यक तयारी सुरु गरिसकेका छन् । ६ माघका लागि दलबलसहित ¥याली निकालेर उम्मेदवारी दर्ता गर्ने गरी रास्वपाको तल्लो तहसम्म निर्देशनसमेत पुगिसकेको छ । त्यस्तै, बालेनको उम्मेदवारीका लागि रास्वापाले प्राइमरी इलेक्सन पनि गर्नुनपर्ने गरी सर्वसम्मतिका रूपमा एकल सिफारिस गर्ने तयारी गरेको छ । ‘बालेन झापा आउने भनेपछि पार्टीभित्र कसैले रोक्दैन । बालेनका लागि प्राइमरी इलेक्सन गरिरहनै पर्दैन । हामी सबै मिलेर वडा तहदेखि उहाँको एकल नाम सिफारिस गर्छौं । कसैको पनि विरोध हुँदैन,’ कार्यवाहक सभापति पाठक भन्छन्, ‘धेरै आकांक्षी भए भने प्राइमरी इलेक्सन गर्ने हो । तर, झापा–५ मा बालेन आउने हो भने सबैले बाजा बजाएर समर्थन गर्छन् ।’

बालेनको चाहना सुरुदेखि नै झापा

बालेन टिम रास्वपासँग एकतामा जाँदा नै निर्वाचनमा बालेनको निर्वाचन क्षेत्रबारे करिब टुंगो लागिसकेको थियो । तर, त्यसबेला झापा–५ सँगै महोत्तरी–३ र काठमाडौँ–२ लाई विकल्पमा राख्दै बालेन टिमले विभिन्न सर्वेक्षण गरिरहेको थियो । महोत्तरी–३ र काठमाडौँ–२ मा सहज देखे पनि जेनजीको सन्देश पूरा गर्न भए पनि झापा–५ मै उम्मेदवार बन्नुपर्छ भन्ने सल्लाह भएपछि बालेनले अन्तमा झापा–५ नै रोजेका हुन् । ५ वर्षसम्म मेयरमै रहेर काम गर्ने चाहना राखेका बालेन परिवर्तित अवस्थामा आफ्ना समर्थक र टिमभित्रकै सहयोगीहरूको आग्रहमा निर्वाचनमा होमिएको उनका सहयोगीहरू बताउँछन् । निर्वाचनमा भाग लिने भएपछि बालेनले नै झापा–५ बाट चुनाव लड्ने बताएका थिए । बालेनका एक सहयोगीका अनुसार रास्वापासँग एकता तयारी गर्दा नै बालेनले झापा–५ मै जाने निधो गरेका थिए । त्यसबेला बालेनले भनेको सम्झिँदै ती सदस्य भन्छन्, ‘चुनाव नै लड्ने भएपछि त ओलीलाई नै हराउने गरी उठ्ने हो ।’

ग्राउन्ड जिरोमै छ बालेन टिम

आइतबार मात्र बालेन झापा–५ बाट चुनावमा उठ्ने टुंगो लागेको भनिए पनि यसको तयारी भने पुस पहिलो सातादेखि नै सुरु भइसकेको थियो । बालेन पितृशोकबाट बाहिर आउनासाथ आफ्ना सहयोगीहरूसँग छलफलमा थिए । रास्वपासँग एकताको पहल हुँदै गर्दा बालेन समर्थित टोली भने झापा–५ मा मतदाताको मनस्थिति तथा बालेन र घन्टीको अवस्थाबारे सर्वेक्षणमा जुटिसकेको थियो । रास्वपा झापा–५ का निर्वाचन क्षेत्र समिति संयोजक भेषराज भट्टराईका अनुसार बालेन समूहका केही व्यक्ति अहिले निर्वाचन क्षेत्रमै छन् र आन्तरिक तयारीमा जुटेका छन् । बालेन टिम र रास्वपाबीच एकता भए पनि कार्यविभाजन भइनसकेकाले रास्वपा र बालेन समूहले आ–आफ्नै तरिकाले काम गरिरहेको उनी बताउँछन् ।

‘काठमाडौँबाट कति जना आएका छन्, यहाँ कति छन् भन्नेबारे मलाई जानकारी छैन । तर, बालेनको टिमबाट यहाँ आन्तरिक तयारीको काम भइरहेको छ,’ भट्टराईले भने, ‘यहाँ त बालेन नै केही दिनअघि आएका थिए भन्ने हल्ला पनि छ, पुष्टि नभई मैले पनि भन्न सकिनँ । तर, ६ गतेका लागि ठुलै ¥याली निकाल्ने गरी तयारीमा जुट्न निर्देशन आएको छ ।’ जिल्लाका कार्यवाहक सभापति पाठकले पनि आइतबार बालेनसँगको भेटका क्रममा बालेन टिमले झापामा काम गरिरहेको थाहा पाएका थिए । ‘प्रधानमन्त्रीको उम्मेदवारले हार्नु हुँदैन, यो अवस्थामा रिस्क लिनुहुँदैन भन्ने हामीलाई पनि थियो । तर, उहाँहरूले त पहिले नै त्यहाँको अवस्था र मतदाताको मनस्थितिबारे प्रारम्भिक सर्वेक्षण सुरु गरिसक्नु भएको रहेछ,’ पाठकले भने ।

‘यताको सहकारी, बैंक, पसल, बजार जता जाँदा पनि बालेनकै कुरा भइरहेको छ । यत्तिको राजनीतिक बहस यसअघि यहाँ हुँदैनथ्यो । बालेन चुनाव नै लड्न यहाँ आउने भएपछि अन्य पार्टीका मान्छे पनि उत्साहित देखिएका छन्,’ निर्वाचन क्षेत्र संयोजक भट्टराई भन्छन्, ‘यहाँ बालेनको क्रेज छ । यो क्रेज गफमा मात्र होइन, मतदानमा पनि देखिन्छ । आइतबार बालेनको स्टाटसपछि त यहाँ पूरै बालेनमय भएको छ ।’ प्रारम्भिक सर्वोक्षणले पनि बालेनलाई त्यस क्षेत्रमा सहजै देखाएकाले ओलीसँग भिड्न तयार भएको बालेन टिमका एक सदस्य बताउँछन् । ‘प्रारम्भिक अध्ययनले पनि हामीलाई झापा–५ मा त्यति धेरै कमजोर देखाउँदैन । अबको ८–१० दिनभित्रै हामी सबै फिल्डमा उत्रिन्छौँ । यो ओलीविरुद्ध भन्दा पनि परिवर्तनका लागि हो । ओली त पात्र मात्र हुन्,’ ती सदस्यले भने, ‘झापा–५ बाट चुनाव जितेर नेपालीले परिवर्तन चाहेका छन् भन्ने सन्देश पनि दिनु छ ।’

के भन्छ आँकडाले ?

पछिल्ला २ वटा प्रतिनिधिसभा निर्वाचनलाई हेर्ने हो भने झापा–५ एमालेको गढ नै हो । यहाँ ओलीको नामले मात्रै पनि भोट हाल्ने धेरै छन् । झापा–५ मा गौरादह नगरपालिकाका १ देखि ८ सम्मका वडा, गौरीगन्ज गाउँपालिकाका वडा ३, ४, ५ र ६, दमक नगरपालिका र कमल गाउँपालिकाका सबै वडा यस क्षेत्रमा पर्छन् । त्यस्तै, झापाका ५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता रहेको क्षेत्र पनि यही हो । पछिल्लो तथ्यांकअनुसार यस क्षेत्रमा अहिले १ लाख ६३ हजार ३७९ मतदाता कायम छन् । २०७९ सालको निर्वाचनमा यहाँ १ लाख ५४ हजार २८९ मतदाता थिए । यस पटक ९ हजार ९० मतदाता थपिएका हुन् । त्यस्तै, २०७४ को निर्वाचनमा १ लाख ३७ हजार ५४१ मतदाता थिए । अघिल्ला निर्वाचन परिणाम हेर्ने हो भने २०७४ मा १ लाख ३७ हजार ५४१ मतदातामध्ये ९३ हजार ४८ मतदाताले मतदान गरेकामा ओलीले ५७ हजार १३९ मत पाएका थिए । तर, २०७९ को निर्वाचनमा १६ हजार ७४८ मतदाता थपिए पनि ओलीको मत भने घटेको देखिन्छ । त्यसबेला १ लाख ५४ हजार २८९ मतदातामध्ये १ लाख २ हजार १५० खस्दा ओलीले अघिल्लो निर्वाचनको भन्दा ५ हजार कम मत पाएका थिए ।

२०७९ को निर्वाचनमा पहिलो पटक रास्वपा निर्वाचनमा होमिएको थियो । तर, त्यसबेला बिनासंगठन पनि घन्टीको पक्षमा करिब १२ हजार मत झरेको थियो । तर, अहिले झापामा रास्वपाले सबैभन्दा मजबुत संगठन बनाएकाले तुलनात्मक रूपमा मत स्वतः बढ्ने र बालेनको नामकै कारण पनि जित्न पुग्ने गरी मत पाउने रास्वपा नेताहरूको बुझाइ छ । झापा जिल्लामा रास्वपाको १६ हजारभन्दा बढी सक्रिय सदस्य छन् भने त्यसमा पनि झापा–५ मा मात्रै ५ हजारभन्दा बढी सक्रिय सदस्य छन् ।

‘झापा–५ मा बाहिर जसरी ओलीको हाउगुजी देखाएको छ, धरातलमा त्यस्तो छैन । शून्यताको अवस्थामा चुनाव लड्दा त २०७९ मा ११ हजार मत पाएका थियौँ । अहिले त हामी कैयौँ गुणा मजबुत भइसकेका छौँ । त्यसमाथि बालेन आउने भनेपछि त स्थानीय पनि हौसिएका छन्,’ रास्वपा झापाका कार्यवाहक सभापति पाठक भन्छन् । त्यस्तै, जेनजी आन्दोलनका क्रममा झापाका २ जनाको मृत्यु भएको थियो । अर्जुनधारा–११ का ज्ञानिन्द्र सेढाईं र अर्जुनधारा–८ का दिनेश राजवंशीलाई सरकारले सहिद घोषणासमेत गरिसकेको छ । ओली नेतृत्वको सरकारकै कारण जिल्लाका २ जनाको मृत्यु भएकाले त्यसको असर एमालेले चुनावमा भोग्नुपर्ने र रास्वपाले त्यसलाई सेन्टिमेन्टका रूपमा प्रयोग गर्न सक्ने स्थानीय नेताहरू बताउँछन् ।

तर, एमालेका जिल्ला तहका नेताहरू बालेनले उक्त क्षेत्रबाट उम्मेदवारी दिँदैमा एमालेलाई कुनै असर नपर्ने दाबी गर्छन् । एमालेको झापा जिल्ला उपाध्यक्ष शिव ढुंगेल झापा–५ एमालेको क्षेत्र रहेको र आगामी निर्वाचनमा बहुमतका साथ ओली नै विजयी हुने बताउँछन् । ढुंगेल भन्छन्, ‘बालेन आउँदा हामीलाई केही फरक पर्दैन, घन्टीले यहाँ जसलाई पनि उम्मेदवार बनाउन पाउँछ । यहाँ पार्टीको संगठन बलियो छ । अबको निर्वाचनमा झापा–५ बाट एमाले अध्यक्ष केपी ओली उठ्नुहुन्छ, र जित्नुहुन्छ ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
ramchandra-poudel

राष्ट्रपतिद्वारा राष्ट्रियसभा अधिवेशन आह्वान

  • ७ सेकेन्ड अगाडि
gold1

सुन चाँदीको भाउमा दैनिक नयाँ रेकर्ड ब्रेक

  • १० मिनेट अगाडि
viral_gorkhe1

‘भाइरल गोर्खे’ बारे सौगात-सृष्टि : यो फिल्म...

  • ६ दिन अगाडि
Trump-America-1024x683

भेनेजुएलापछि ट्रम्पको नजर अब यी ५ देशतिर

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved