Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पार्टी फुटबाट जोगाउन विशेष महाधिवेशनमा सहभागी भइनँ : शेखर कोइराला

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ महिना अगाडि

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन विशेष महाधिवेशनमा सहभागी नभएर आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर ६ स्थित सुन्दरहरैंचामा आयोजित कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताए ।

प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई प्रष्ट निकास दिने बताए । छलफलमा नेता कोइरालाले विशेष महाधिवेशनमा सहभागी नभएको विषयमा प्रष्टाउदै भने, ‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो, पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हो ।’

विशेष महाधिवेशन पार्टीको प्रक्रिया भएको बताउँदै नेता कोइरालाले भने, ‘यो पार्टीको एउटा प्रक्रिया हो, आज डिला (डिला संग्रौला) जी र म एकै स्थानमा छौँ, निर्वाचन दौडमा सँगै हिँडिराछौँ, त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔँ ।’

जेनजी आन्दोलन अघिसम्म यस क्षेत्र र मुलुकको हितमा सांसदको भूमिकामा रहँदा आफूले नीति निर्माणदेखि जनताको जीवन सहज बनाउने सुखद बनाउनेतर्फ केन्द्रीत रहेको नेता कोइरालाले बताए ।

छलफलमा नेता कोइरालाले सो क्षेत्रको जनताको शिर राष्ट्रिय राजनीतिमा झुक्न नदिएको प्रस्टाए । पार्टी फुटाएर हिँड्नुभन्दा पनि पार्टीलाई जोडेर निकास दिनु नै अहिलेको उत्तम विकल्प रहेको उनको बताए । पार्टीलाई नफुटाई निर्वाचनमा एकढिक्का बनाएर लैजाने दायित्व पनि आफूहरूको भएको हुँदा त्यस अनुरुप आफूले बीचको बाटो समातेको उनको भनाई थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
swastimakhadka

लालीबजार, एक मुठ्ठी बादल, मालती मंगलेले कति...

  • ९ घण्टा अगाडि
Hawa-Huri-1-1024x683

कोशीदेखि लुम्बिनीसम्मका जिल्लामा हावाहुरी चल्ने, सतर्कता अपनाउन...

  • ९ घण्टा अगाडि
688964637_1458030362142640_3727397104308169433_n

भदौरीमा मृत्यु दाबी भुक्तानी तथा बिमा सचेतना...

  • १० घण्टा अगाडि
706256823_1871210357169927_5179291615251167059_n

देवचुलीमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सम्पन्न

  • १० घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved