Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कांग्रेसले जनकपुरबाट सुरु गर्ने भनिएको चुनावी सभा स्थगित

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ महिना अगाडि

काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरबाट आयोजना गर्ने भनिएको ‘मधेस प्रदेशस्तरीय चुनावी सभा’ स्थगित भएको छ । निर्वाचन आयोगको कडा निर्देशन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने कानुनी बाध्यताको कारण पार्टीले उक्त कार्यक्रम तत्कालका लागि रोक्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस मधेस प्रदेश प्रचार विभागका प्रमुख नितेशकुमार गुप्ताका अनुसार, माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र त्यसपछिको राजनीतिक संवेदनशीलतालाई मध्यनजर गर्दै आयोगले जारी गरेको परिपत्रलाई सम्मान गर्दै सभा स्थगित गरिएको हो । यसअघि कांग्रेसले मधेश प्रदेशका आठै जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता र समर्थक उतारेर जनकपुरधाममा शक्ति प्रदर्शन गर्ने व्यापक तयारी थालेको थियो ।

‘हामीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने कानुनी र नैतिक जिम्मेवारीलाई आत्मसात् गरेका छौँ,’ प्रचार विभाग प्रमुख गुप्ताले भने, ‘आयोगको पछिल्लो निर्देशनका कारण पूर्व निर्धारित कार्यक्रमलाई हाललाई स्थगित गरी अनुकूल समयमा आयोजना गर्ने निर्णयमा पुगेका हौँ ।’

उक्त सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मासहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । प्रदेश समितिले ठूला सभा रोकिए पनि पार्टीको आन्तरिक बैठक, संगठन विस्तार र चुनावी तयारीका अन्य प्राविधिक कामहरूलाई भने निरन्तरता दिने जनाएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
swastimakhadka

लालीबजार, एक मुठ्ठी बादल, मालती मंगलेले कति...

  • २३ घण्टा अगाडि
Hawa-Huri-1-1024x683

कोशीदेखि लुम्बिनीसम्मका जिल्लामा हावाहुरी चल्ने, सतर्कता अपनाउन...

  • २३ घण्टा अगाडि
688964637_1458030362142640_3727397104308169433_n

भदौरीमा मृत्यु दाबी भुक्तानी तथा बिमा सचेतना...

  • २३ घण्टा अगाडि
706256823_1871210357169927_5179291615251167059_n

देवचुलीमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सम्पन्न

  • २४ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved