सदनको अधिकांश समय अध्यादेश र सरकारको विरोधमा केन्द्रित

करिब ५ महिनापछि प्रतिनिधिसभाको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार बसेको हिउँदे अधिवेशनको पहिलो बैठक विभिन्न ६ वटा अध्यादेश टेबुल गर्दै २४ गतेसम्मका लागि स्थगित भएको छ । हिउँदे अधिवेशनको पहिलो दिन सरकारले यसअघि ल्याएका विभिन्न ६ वटा अध्यादेश सदनमा पेस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दुबै सदनमा सञ्चार तथा सूचना […]
‘रवि लामिछानेमाथि सिंगो राज्यशक्ति पूर्वाग्रहका साथ लागेको छ’

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेविरुद्ध माथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा दलको प्रतिनिधित्व गर्दै बोलेका उपसभापति वाग्लेले लामिछानेमाथि राज्यले विभिन्न ठाउँमा विभिन्न मुद्दा लगाउँदै ८४ दिनसम्म थुनाएको बताएका हुन् । दुई दुई पटक त्यसमाथि पनि सबैभन्दा धेरै मतका साथ विजयी भएका […]
कांग्रेसले बाेलायाे संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्नेछ । बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने

कावासोती । नवलपुर जिल्ला सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्न गठित समितिको सोमबार बसेको छैठौ बैठकले १२ वटा संघीय सरकारी कार्यालय भवनको निर्माण कार्य अगाडि बढाउने निर्णय गरेको छ । बैठकले नमूना जिल्ला सदरमुकामको गुरुयोजनामा केही परिमार्जन गरेर सरकारी कार्यालय भवन निर्माण गर्ने स्थान किटान गरेको हो । सोमबार सहरी विकास […]
एमालेका ५९ नेता–कार्यकर्ताले एकसाथ छाडे पार्टी, भीम रावलकाे अभियानलाई समर्थन गर्ने

काठमाडौं । नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ता डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर रावलको साथ रोजेको जानकारी गराएका छन् । विज्ञप्तिमा नेकपा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायतको […]
मोरङ पुगेर प्रचण्डले भने– यो सरकार बिचौलियाले चलाइरहेका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार बिचौलियाहरूले चलाइरहेको आरोप लगाएका छन् । मोरङको ग्रामथान गाउँपालिकामा आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरू तर्सेर रातारात षड्यन्त्र गरेर सरकार ढालेको बताए […]
ओलीको ‘अध्यादेशीय शासन’मा कांग्रेसको दर्बिलो साथ !

२०७७ सालमा तत्कालीन प्रधानमन्त्री ओलीले संसद् छलेर अध्यादेश ल्याउँदा राष्ट्रपतिसँगको साँठगाँठ र निरंकुश कदम भनेका गगन थापा र सिंगो कांग्रेसले अहिले तिनै ओलीको अध्यादेशीय शासनमा दरिलो साथ दिएका छन् काठमाडौँ । अध्यादेशबारे आफ्नो आधिकारिक धारणा राख्दै सत्तारुढ नेपाली कांग्रेसले २ दलको सहमतिमै अहिलेको अध्यादेश आएको बताएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा […]
आज देशभर पृथ्वीजयन्ती मनाइँदै

काठमाडौँ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएको थिए । त्यसअघि नेपाल ५२ […]
कुलमानलाई बर्खास्त गर्ने सरकारको अन्तिम तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने अन्तिम तयारीका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ९ बुँदे स्पष्टीकरण सोधेका छन् । सोमबार ऊर्जासचिव सुरेश आचार्यमार्फत् पत्र काटेर कुलमानका नाममा ७ दिनभित्र जबाफ पेस गर्न भनिएको छ । ७ दिनभित्र चित्तबुझ्दो जबाफ नआए ‘कानुनबमोजिम थप प्रक्रिया अघि बढाउने’ पत्रमा उल्लेख छ । […]
रवि लामिछानेसहित प्रतिवादीहरुको थुनछेक बहस कास्की अदालतमा जारी

गण्डकी । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम ठगीको मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ७ जना प्रतिवादीहरुको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ । शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । प्रतिवादी लीला पछाईँ र छविलाल जोशी […]