Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘रवि लामिछानेमाथि सिंगो राज्यशक्ति पूर्वाग्रहका साथ लागेको छ’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेविरुद्ध माथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा दलको प्रतिनिधित्व गर्दै बोलेका उपसभापति वाग्लेले लामिछानेमाथि राज्यले विभिन्न ठाउँमा विभिन्न मुद्दा लगाउँदै ८४ दिनसम्म थुनाएको बताएका हुन् ।

दुई दुई पटक त्यसमाथि पनि सबैभन्दा धेरै मतका साथ विजयी भएका पार्टी सभापतिविरुद्ध राज्य लागेकै कारण आज संसदका उनलाई देख्न नपाएको उनले दुख व्यक्त गरेका छन् । ‘रवि लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको छ ।’, उपसभापति वाग्लेले भने, ‘अदालतमा विचाराधिन रहेको विषयमा म धेरै बोल्न मिल्दैन, बोल्दिनँ । न्यायपालिकाको न्यायीक प्रक्रियामाथि रास्वपाको पूर्ण भरोसा छ ।’

त्यस्तै आजभन्दा २० वर्ष अघिको घटना अर्थात २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले कु गरेर आफ्नो हातमा शासन लिएको र शाही आयोग बनाएको तर पछि न्यायपालिकाले त्यो असंवैधानिक छ भनेर न्यायिक शासह गरेको बताउँदै वाग्लेले कुनै पनि शक्तिले जे गरे पनि अन्त्यमा न्यायपालिकाले विवेकपूर्ण फैसला गर्ने बताए ।

तर नेपाल सरकार, महान्यायाधिवक्ताको कार्यालय लगायत राज्यका सबै अंगको दुरुपयोग गरेर सभापतिमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको उनले बताए । उनले राज्यले गरेको अत्याचारबारे सारा नेपालीले बुझिसकेको उनले बताए ।

उपसभापति वाग्लेले रवि लामिछानेमाथि गरिएको संसद पद निलम्बनको विरुद्ध कानुनी उपचारमा जाने समेत बताए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १५ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १६ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved