Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ११ महिना अगाडि

कावासोती । नवलपुर जिल्ला सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्न गठित समितिको सोमबार बसेको छैठौ बैठकले १२ वटा संघीय सरकारी कार्यालय भवनको निर्माण कार्य अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकले नमूना जिल्ला सदरमुकामको गुरुयोजनामा केही परिमार्जन गरेर सरकारी कार्यालय भवन निर्माण गर्ने स्थान किटान गरेको हो ।

नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने 13

सोमबार सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनको अध्यक्षमा बसेको बैठकले बैठकले प्लट नं एफ १ मा जिल्ला प्रशासन कार्यालय, एफ १२ मा जिल्ला अदालत, एफ २,३,४ र ५ मा कोष तथा लेखा नियन्त्रकको कार्यालय र आन्तरिक राजस्व कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाई र आयोजना जनाको फिल्ड कार्यालय, एफ ७ मा जिल्ला समन्वय समिति, एफ ५ मा जिल्ला सरकारी वकिलको कार्यालय, एफ १०,११,१३ र १४ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जिल्ला हुलाक कार्यालय, र जिल्ला निर्वाचन कार्यालय, प्लट डि १२ मा सशस्त्र प्रहरीको भवन निर्माण गरिने गरि गुरुयोजना अद्यावधिक गर्ने निर्णय गरेको हो ।

नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने 14

त्यसै गरि केरुङ्गे खोला कटान रोक्ने तथा बाढिको जोखिम कम गर्नलाई रिभर ट्रेनिङ वर्क, नमूना सदरमुकाम स्थल भित्र सडक तथा विद्युत सन्जाल, खानेपानी एवं ढल निकासको काम र आयोजना स्थलको कमाउण्ड गरिने निर्णय गरेको हो ।

नमूना सदरमुकामको गुरुआयोजना कार्यान्वयन, अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्नका लागि सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजक्त्वमा जिल्ला प्रशासन कार्यालयको प्रमुख या प्रतिनिधि, गण्डकी प्रदेश भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि, कावासोती नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत सदस्य र सहरी विकास तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख सदस्य सचिब रहने गरि समिति गठन भएको थियो । यो समिति आवश्यक अनुसार मुलु गुरुयोजनामा केही परिमार्जन गर्न सक्ने अधिकार दिने गरि गठन गरेको थियो ।

नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने 15

सोमबारको बैठकमा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरु, निवर्तमान सांसद, संविधान सभा सदस्य तथा राजनीतिक दलका प्रतिनिधिहरुलाई समेत आमन्त्रण गरिएको थियो । बैठकमा बोल्दै नवलपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य विष्णुकुमार कार्कीले थप ४ अरब बजेटको स्रोत सुनिश्चितता भएकाले सदरमुकाम निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन आयोजनालाई निर्देशन दिएका छ्न । संघीय कार्यालयहरुको निर्माण सुरु भए सँगै प्रदेश कार्यालयहरु बनाउन तर्फ जोड दिनु पर्ने बताए । प्रदेशमा सबै भन्दा धेरै राजस्व नवलपुरबाट जम्मा हुने भएकाले प्रदेश सरकारले पनि प्रदेश मातहातका कार्यालय निर्माण गर्न बजेट विनियोजन गर्नु पर्ने बताएका सांसद कार्कीले यसका लागि प्रदेश सरकारसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने 16

बैठकमा संघीय सांसद विना थनेत, संविधान सभा सदस्य जीवन श्रेष्ठ, पूर्व सांसद तिलक महत, पूर्व मन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य रोशन बहादुर गाहा, प्रदेशसभा सदस्य दमयन्ती रुचाल, जिसस प्रमुख बाबुराम विश्वकर्मा, कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसाल, जिसस उप प्रमुख शकुन्तला लम्साल, प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेल, कांग्रेस नेता कपिलदेव भुसाल लगाएतका को उपस्थित रहेको थियो ।

नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने 17

बैठक पछि सांसद कार्की, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन, चितवन कार्यालयका प्रमुख झपट रावल सहितको टोलिले आयोजना स्थलको अनुगमन समेत गरेको थियो ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ८ घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ८ घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • ८ घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • १ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved