Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कांग्रेसमा गुट परिवर्तनको लहर, महाधिवेशन ३ वर्ष धकेल्ने रणनीतिमा संस्थापन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ११ महिना अगाडि

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन कहिले गर्ने ? भन्ने सन्दर्भमा कोइराला परिवारबीच फाटो उत्पन्न भएको छ । इतरपक्षको नेतृत्व गरिरहेका डा.शेखर कोइराला कुनै पनि हालतमा विधानद्वारा निर्धारित मितिमै १५औँ महाधिवेशन सम्पन्न गर्न दबाब अभियानमा छन् । तर डा.शशांक कोइराला भने महाधिवेशन ३ वर्षपछि धकेल्ने रणनीतिमा जुटेका छन् ।

कांग्रेसको विधानअनुसार २०८२ पुसको पहिलो साताभित्र १५औँ महाधिवेशन गरिसक्नुपर्नेछ । काबुभन्दा बाहिरको परिस्थिति आएको अवस्थामा भने १ वर्ष म्याद थप्न सकिने व्यवस्था विधानमै छ । यही व्यवस्थालाई टेक्दै विगतमा पनि १ वर्ष म्याद थपेर ५ वर्षको अन्तरालमा महाधिवेशन गर्ने गरिएको दृष्टान्त छ । विश्वस्त स्रोतका अनुसार यसपटक पनि १ वर्ष म्याद थप्ने मनस्थितिमा सभापति शेरबहादुर देउवा देखिएका छन् । यसरी १ वर्ष म्याद थप्दा २०८३ पुसमा १५औँ महाधिवेशन हुनेछ ।

यता २०८४ साल वैशाखभित्र स्थानीय र मंसिरभित्र प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गराउनै पर्ने संवैधानिक व्यवस्था छ । चुनावको मुखमा पार्टीको महाधिवेशन गर्नु घातक हुने तर्क शशांकको छ । हुन पनि कांग्रेसको महाधिवेशनमा वडा तहदेखि नै गुन्डागर्दी र आर्थिक चलखेल हुने गरेको छ । कांग्रेसमा २ पक्षबीचको द्वन्द्वमा कार्यकर्ताले ज्यान गुमाउनुपरेको घटना पनि छन् । यस्तो आलो घाउ लिएर स्थानीय तथा आमनिर्वाचनमा जाँदा अन्तरघातको सम्भावना बढ्ने तर्क उनले राख्दै आएका छन् ।

स्थानीय तथा आमनिर्वाचनपछि मात्रै १५औँ महाधिबशेन गर्दा पार्टी सुरक्षित हुने उनको तर्कको पक्षमा कांग्रेसभित्र माहौल बढ्दै गएको छ । गत शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा १५औँ महाधिवेशन २०८४ को चुनावपछि मात्रै गर्न नेता र सांसदहरूले माग गरेका छन् । बैठकमा आफ्ना कुरा राख्ने सबैजसो नेताहरूले चुनावको मुखमा महाधिवेशन गर्न नहुने भन्दै निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने माग गरेका थिए । बैठकमा डा.शशांक, डा.नारायण खड्का, ईश्वरी न्यौपानेसहितका नेताले यस्तो माग गर्दैगर्दा इतर पक्षका नेताहरू समेत मौन देखिए ।

बैठकमा सहभागी एक नेताले भने, ‘स्थानीय तहमा टिकट नपाएपछि असन्तुष्ट हुने र पार्टीलाई नै असहयोग गर्ने अभ्यास कांग्रेसमा मात्रै होइन सबै पार्टीमा समस्याको रूपमा रहेको छ । यसले सबै पार्टीको समस्या समाधानका लागि पनि पहिले संघको चुनाव गरेर पछि स्थानीय तहको चुनाव गर्नु उपयुक्त हुने र त्यसपछि मात्रै महाधिवेशन गर्नु सान्दर्भीक हुने सुझाव दिएका छौँ, विधान संशोधनको पहल भइरहेकाले यो विषयलाई पनि मिलाऊ भनेर आवाज उठाएका हौँ ।’

फेरिँदो समीकरण

१५औँ महाधिवेशनको मितिबारे अन्योल भइरहँदा नेपाली कांग्रेसभित्र गुट परिवर्तनको शृंखला एक्कासि बढेको छ । इतर पक्षबाट महामन्त्री पदमा निर्वाचित गगन थापा संस्थापन पक्षतिर लागे लगत्तै संस्थापन पक्षका केही नेताहरूले कित्ता परिवर्तन गरेका छन् ।

गगन थापाको प्रवेशले आफ्नो हैसियत कमजोर हुने आँकलनका साथ महेन्द्र यादव, किशोरसिंह राठौर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बेलगायत ४ जना सहमहामन्त्रीहरू शेखरको सम्पर्कमा पुगेका छन् । जसमध्ये महेन्द्र यादव केही महिनाअघि नै नेता बालकृष्ण खाँणका साथ कोइराला समूहमा सक्रिय भएका हुन् । मोहन बस्नेत, एनपी साउद, शंकर भण्डारी लगायतका नेताहरू यसअघि नै उनको सम्पर्कमा पुगिसकेका थिए । कोइरालाको सम्पर्कमा पुगेका नेता बस्नेतको भनाइ छ, ‘फेरि शेरबहादुर देउवा नै सभापतिमा लड्ने भए उहाँकै पक्षमा उभिने थिएँ । तर, कांग्रेसको विधानअनुसार फेरि सभापति नलड्ने भएपछि नेता छान्नुपर्ने हुन्छ, त्यो मैले पनि गर्छु ।’

यसैगरी महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माबीच पछिल्लो समयमा दुरी बढेको छ । पार्टीभित्रको मर्यादाक्रमको कारण देखाउँदै महामन्त्री थापा डा.कोइराला प्रमुखअतिथि रहेको सार्वजनिक कार्यक्रममा जाने गरेका छैनन् । तर, अर्का महामन्त्री शर्मा भने पछिल्ला दिनमा डा.कोइराला प्रमुखअतिथि रहेको कार्यक्रममा पनि जान थालेका छन् । उनको भनाइ छ, ‘को कुन पदमा छ भन्ने कुरा गौण हो । पद भन्ने कुरा तत्कालीन हो, राजनीतिमा निरन्तरता र सिनियारिटी भन्ने कुरा अलग्गै हुन्छ । पार्टीमा डा.शेखर कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई म सम्मान गर्छु ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ८ घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ८ घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • ८ घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • १ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved