Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

मोरङ पुगेर प्रचण्डले भने– यो सरकार बिचौलियाले चलाइरहेका छन्

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ११ महिना अगाडि

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार बिचौलियाहरूले चलाइरहेको आरोप लगाएका छन् ।

मोरङको ग्रामथान गाउँपालिकामा आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरू तर्सेर रातारात षड्यन्त्र गरेर सरकार ढालेको बताए । उनले अहिलेको सरकार सत्तारुढ दलहरूले नभई बिचौलियाले चलाइरहेको र सरकारमा रहेकाहरू उनीहरूका मुखौटा मात्रै भएको बताए ।

प्रचण्डले कांग्रेस र एमाले मिलेपछि जनताको पक्षमा काम गर्नेहरूमाथि जालझेल र षड्यन्त्र गर्ने काम भइरहेको पनि बताए । ‘मैले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भयो । त्यतिबेला कांग्रेसकै वरिष्ठ नेताहरूले पनि उहाँलाई देशकै सम्पत्ति हो भन्थे,’ प्रचण्डले भने, ‘अहिले उहाँलाई दिनदिनै सताएको छ । अहिले ‘चोरलाई चौतारो, साधुलाई शूली’ भनेको यही होइन त !’ कुलमानले घाटामा रहेको प्राधिकरणलाई झन्डै ५० अर्ब नाफामा पु¥याएको भन्दै बिचौलिया र दलालहरूलाई त्यो कुरा सह्य नभएको प्रचण्डको भनाइ थियो । ‘उनीहरू त त्यो बाँडीचुँडी खानेवाला थिए । नपाएपछि अहिले कुलमानको विरुद्ध लागेका छन्,’ उनले भने ।

यस्तै, प्रचण्डले अबको निर्वाचनमा माओवादी पहिलो दल बन्ने दाबी पनि गरे । गत मंसिरमा भएको उपनिर्वाचनले जनतामा माओवादीप्रति उत्साह जागेको भन्दै अब २०८४ को निर्वाचनमा पहिलो दल बन्ने उनको दाबी छ । ‘हामी १२२ ठाउँमा स्थानीय तहमा जितेका थियौँ । गएको उपनिर्वाचनमा ग्रामथानले त्यसलाई १२३ मा पु¥याएको छ,’ उनले भने, ‘अब त्यो १२३ लाई हामी २५० बनाउनेछौँ । अबको निर्वाचनमा माओवादी पहिलो दल बन्नेछ ।’गत मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइमा उठाउने सन्देश दिएको पनि उनले बताए ।

‘विरोधीहरूले अब माओवादी कमजोर भयो, एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेका बेला पूर्वले माओवादीलाई संख्या र लोकप्रिय मत दुवैमा पहिलो पार्टी बनाएको छ,’ उनले भने ।

यस्तै, उनले आफ्नो पालामा विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन, राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुआत, वर्षौंदेखि रोकिएका शिक्षा ऐन, निजामती ऐन जस्ता कानुन निर्माणलाई अगाडि बढाउनेलगायत महत्वपूर्ण काम अघि बढाएको पनि बताए ।

माओवादीकै कारण आमउत्पीडित जनताले अधिकार पाएको दाबी गर्दै प्रचण्डले देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्न फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गरे । ‘हामीले २०६४ सालमा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौँ, जनताको विश्वास कायम राख्न नसकेकै हौँ,’ उनले भने, ‘त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौँ । हामी धेरै कुरा सम्झेर तपाईंहरूसमक्ष आएका छौँ, तपाईंहरूलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु ।’

सरकारबाट बाहिरिएपछि आफूहरूले थालेका राम्रा काम लिएर जनताको बीचमा जाने प्रक्रिया सुरु गरेको जानकारी दिँदै उनले जनताको तागतबाट नै समाजवाद निर्माणको अभियान अघि बढाउने प्रण गरेकोसमेत बताए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • १० घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • १० घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • १० घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • १ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved