हवाई टिकट नपाउँदा रविलाई काठमाडौं पठाउने अनिश्चित

११ मंसिर, पोखरा । रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि आज पोखराबाट काठमाडौं पठाउने भनिए पनि हवाई टिकटको व्यवस्था नहुँदा अनिश्चित भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं पठाउने भनिएको थियो । तर अहिलेसम्म काठमाडौंबाट हवाई टिकट प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् […]

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध मुद्दामा अनुसन्धान हुने

कावासोती । ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको अभियोगमा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय अपराध सजाय ऐनअन्तर्गत अनुसन्धान हुने भएको छ । प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएको आरोपमा पक्राउ परेका उनीमाथि विद्युतीय अपराध सजाय ऐन (साइबर अपराध)अन्तर्गत अनुसन्धान हुने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होबिन्द्र बोगटीले बताए […]

द्वन्द्वपीडितको गुनासो- देश शान्त भयो, हामी अझै अशान्त छौँ

काठमाडाैँ । आज मंसिर ५, अर्थात दश वर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता दिन । जतिबेला मुलुक २०६३ साल मंसिर ५ गतेको त्यो दिन सम्झेर शान्तिको उत्सव मनाउँछ, त्यतिबेला द्वन्द्वको घाउले पीडितको मन अशान्तिले बिथोलिन्छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष (माओवादी) ले अपहरण गरी कुटपिट गर्दा बाँके राप्ती सोनारीका–४ रामरतन चौधरीका दुवै खुटुटा […]

रुसको आक्रमणबाट ६ जनाको मृत्यु भएपछि युक्रेनमा हवाई सतर्कता जारी

किएभ । देशको दक्षिणी भागमा रुसको आक्रमणबाट कम्तीमा ६ जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरूले देशको अधिकांश भागमा हवाई आक्रमणको सतर्कता जारी गरेका छन् । ‘ध्यान दिनुहोस् ! सम्पूर्ण युक्रेनमा क्षेप्यास्त्रको खतरा ! मिग–३१ के उडान भयो’, युक्रेनी वायुसेनाले टेलिग्राममा रुसी बमवर्षक विमानहरू हावामा रहेको पुष्टि गर्दै पोस्ट गरेको छ । यसअघि रुसी हवाई आक्रमणमा दक्षिणी […]

एकीकृत समाजवादीको कार्णली प्रदेश अधिवेशनकाे लागि ५७५ प्रतिनिधि निर्वाचित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि ५ सय ७५ प्रतिनिधि निर्वाचित भएका छन् । कात्तिक २६ र २७ गते हुने कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन काे लागि ५ सय ७५ प्रतिनिधि निर्वाचित भएका हुन् । अधिवेशनको पार्टी अध्यक्ष माधव नेपालले उद्घाटन गर्ने तय भएको छ । सुर्खेतमा हुने अधिवेशनका लागि […]

प्रधानमन्त्री ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् बैठक : मध्यपूर्व द्वन्द्वको समीक्षा

काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा गरेको छ । परिषद्को उक्त ३५औँ बैठकमा मध्यपूर्वमा बढिरहेको द्वन्द्वले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती तथा त्यहाँ रहेका नेपालीको सुरक्षा र अपनाउनुपर्ने भावी रणनीतिबारे छलफल भएको थियो । अन्तर्राष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रम […]

विवादास्पद गतिविधिमा मुछिएको व्यक्तिले गरेकाे जग्गादान स्वीकार्नु गलत : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विवादित व्यवसायीलाई पार्टी कार्यालय निर्माणको जिम्मा दिने कार्य मार्क्सवादी र लेनिनवादी आदर्श, सिद्धान्त र मूल्य मान्यता विपरित रहेको बताएका छन् । भ्रष्टाचारलाई मुख्य विषयवस्तु बनाएर निर्माण भएको फिल्म ‘छक्कापञ्जा ५’ हेरेपछि बुधबार बेलुका संचारकर्मीसँग कुरा गर्दै नेता रावलले सत्तारुढ एमालेको यो कुरालाई फिल्मले कटाक्ष गरेको बताए । ‘एमालेले […]

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे दुई विधेयक प्रमाणित

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन् । बुधवार अध्यक्ष दाहालले ती विधेयक प्रमाणित गरेका हुन् । आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका लागि शीतल निवास पठाइने दाहालको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेले प्रमाणीकरण गरेपछि ऐन प्रारम्भ हुनेछ।

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । आज हुने भनिएको पत्रकार सम्मेलन पनि केन्द्रीय समिति बैठक पश्चात् आइतबार २ः३० बजे हुने सो पार्टीले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीका नेताहरूको चीन भ्रमण, पार्टी […]

चितवनलाई चिनाएको क्यान्सर अस्पताल

कावासोती । पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण निधन भएको थियो । नेपालमा अस्पताल नहुँदा विदेशमा उपचार गर्नुपर्ने बाध्यता थियो । बिपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उहाँले चीन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री ली फङ्गसँगको भेटमा नेपालमा क्यान्सर अस्पताल स्थापनाका लागि आग्रह गर्नुभएको थियो । तत्कालीन समयमा नेपाली कांग्रेस चितवनका सभापति रहनुभएका टेकप्रसाद गुरुङका […]