पासाङलाई आफैँ सक्रिय गराउँदै प्रचण्ड, भण्डारीको सक्रियताले ओलीलाई चस्का

काठमाडौँ । दुई–दुई पटक राष्ट्रपति र उपराष्ट्रपति भएका विद्यादेवी भण्डारी र नन्दबहादुर पुन (पासाङ) पुनः सक्रिय राजनीतिमा फर्किने भएका छन् । पूर्वराष्ट्रपति भण्डारी पुनः एमालेमा फर्किएर राजनीति गर्ने तयारीमा छिन् भने पूर्वउपराष्ट्रपति पासाङ माओवादी केन्द्रबाट लगभग राजनीतिमा फर्किइसकेका छन् । बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी भएका छन् । हुन […]
शेरा दरबार जग्गा हिनामिना गर्नेलाई तत्काल कारबाही गर्नुस् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार जग्गा हिनामिनामा गैरकानुनी काम गर्नेलाई तत्काल कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष दाहालले उक्त प्रकरणमा संलग्नलाई कारबाही गरी उक्त जग्गा सरकारका नाममा ल्याउन आफ्नो पूर्णसहयोग रहने बताए । […]
सहकारी प्रकरणमा रवि लामिछानेसहित ७ जनाकै थुनछेक बहस सुरु

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ७ जनाकै कास्की जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । लामिछानेसहित जोडिएको पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा मंगलबार दिउँसो थुनछेक बहस सुरु भएको हो । जिल्ला अदालत कास्कीमा मंगलबार साढे १ बजेसम्ममा सबै प्रतिवादीको बयान सकिएको हो […]
रवि अन्तिमपटक थप ४ दिन हिरासतमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले थप ४ दिन हिरासतमा राख्ने अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले रविसहितलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । यसअघि ७ पटक म्याद थप गर्दै हिरासतमा राखिएका रविलाई ८औँ पटक म्याद थप गरिएको […]
टुंगियो नेकपा एसका नेताको कार्यविभाजन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन गरेको ६ महिनापछि पार्टीको केन्द्रीय नेताहरूको जिम्मेवारी टुंग्याएको छ । लामो समयको रस्साकस्सी पछि नेताले जिम्मेवारी पाएका हुन् । विगत ६ दिनदेखि चलेको पार्टी स्थायी कमिटीको मंगलबार बसेको बैठकले सचिवालय गठनसँगै नेताहरूको कार्य विभाजनको टुंगो लगाएको हो । कार्यविभाजन निकै पेचिलो बनेको सो पार्टीले लामो बहसपछि निर्णयमा पुर्याएको हो […]
आज बस्ने भनिएको माओवादी स्थायी समिति बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि माओवादी स्थायी समिति बैठक बोलाइएकोमा स्थगित भएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवस्तताका कारण स्थायी समिति […]
जनवरीदेखि सगरमाथामा व्यावसायिक हेलिकप्टर उडान निषेध

२६ मंसिर, काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष (१ जनवरी २०२५) १७ पुस २०८१ देखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै उक्त निर्णयबारे जानकारी गराएको हो । निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाको […]
रविमाथि प्रहरीको दुर्व्यवहार : आयोगमा एआइजी पठाएर गृहमन्त्रीसँगै सुर्खेतमा आइजिपी

काठमाडौँ । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले गरेको भनिएको दुर्व्यवहार र मानवअधिकार हनन्बारे सोधपुछका लागि मानवअधिकार आयोगले बोलाएका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले आयोगको निर्देशन अटेर गरेका छन् । आयोगले आइजिपीलाई नै उपस्थित हुन भने पनि उनी अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङलाई पठाएर आफू भने गृहमन्त्री रमेश लेखकसँगै सुर्खेतमा छन् । आइजिपी […]
छविलाई पोखराबाट पर्सा लगियो, रविलाई पनि लैजाने तयारी

२४ मंसिर, काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो । उनलाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै आज बिहान पर्सा पुर्याइएको प्रहरी […]
तितो सम्बन्ध बनाएका अमेरिकी मन्त्रीको मिठो बिदाई भेट, ओलीसँग भेट्न पाएनन्

२३ मंसिर, काठमाडौं । चिनियाँ बाबु र अमेरिकी आमाका छोरा डोनाल्ड लुले नेपालमा ३० वर्षअघि आफ्नी जीवनसाथी पाएका थिए । त्यो प्रेमजोडीले बस चढेर जनकपुर, सौराहा घुमेको थियो । अमेरिकी सहायक विदेशमन्त्रीको कार्यकाल सकिन लाग्दा ‘बिदाई भेट’ को शैलीमा आइतबार काठमाडौं ओर्लेका लुसँग नेपालसँग जोडिएका व्यक्तिगत पल जति मिठा छन्, कुटनीतिक जीवनका पल भने त्यति […]