फागुन २ गतेको संसद बैठक सार्न सभामुखलाई एमालेको आग्रह

आउँदो फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक हेरफेर गर्नका लागि नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सो दिन एमालेको विराटनगरमा प्रदेश नंबर १ स्तरीय भेलाको कार्यक्रम राखिएकोले सो मिति भन्दा अगाडि वा पछाडि बैठक बोलाउन आग्रह गरेको बताए । रातोपाटीसँग कुरा गर्दै सचेतक […]
चुनावलाई स्वागत गर्दै एकीकृत समाजवादीले भन्यो – गठबन्धन एकताबद्ध भएर जाऔँ

नेकपा एकीकृत समाजवादीले स्थानीय चुनाव घोषणा गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको १३ औँ बैठकले आगामी वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोमा सो घोषणाको सहर्ष स्वागत गर्दै नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको हो । निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएकोमा गठबन्धनमा सामेल राजनीतिक […]
काँग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक

नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक बोलाएको छ । यही माघ २७ गते केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बोलाएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । शनिबार एक विज्ञप्ति जारी गर्दै पौडेलले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाइएकोबारे जानकारी गराएका हुन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक २०७८ माघ २७ गते दिउँसो […]
गठबन्धनको निरन्तरताबारे नेपाली काँग्रेसभित्र दुई धार

पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित बनेका हुन् । सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह आगामी स्थानीय तहको […]
अबको साझा लक्ष्य आर्थिक समृद्धि : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको बताएका छन् । सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको बलिदानीले प्राप्त राजनीतिक उपलब्धिपछि अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको उल्लेख गरेका छन् । लामो सङ्घर्षपछि संविधानसभामार्फत बनेको संविधान र त्यसपछि बनेको तीन तहका सरकारलाई अझ प्रभावकारी र […]
वैशाखमै चुनाव गर्न राष्ट्रपतिको ‘दबाब’

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् । प्रधानमन्त्री देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका छन् । राष्ट्रपतिसँगको भेटपछि केही मन्त्रीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रपतिज्यूले बोलाएर वैशाखमै निर्वाचन गर्नुपर्यो भन्नुभयो, मैले यो सरकारले निर्णय गर्ने विषय हो, […]
राष्ट्रियसभा निर्वाचन : गण्डकीमा पनि सकियो मतदान

राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टी ह्वीप विपरीत म्याग्दी बेनीकी उपमेयर सन्जु बरुवालले मतदान गरिन् । राप्रपाले चुनावको अघिल्लो दिन सूचना जारी गरेरै मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो । सन्जु मंगलबार नै मतदानका लागि पोखरा आएकी हुन् । ‘मलाई सूचना आएको थिएन । मतदान नगर्ने कुरा थाहा पनि […]
मन्त्री आलेद्वारा पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नु भएको छ । मन्त्रालयमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको नेपाल भारत मैत्री पशुपति धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराउनु भएको हो । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका […]
राप्रपाको झण्डाबाट गाई हटाउन आयोगको निर्देशन, थापाको आपत्ति

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डामा रहेको गाईको तस्बिर हटाउन निर्देशन दिएको प्रति पूर्व अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । गत माघ २ गते नै आयोगले पत्र पठाएर संशोधित विधान र नियमावली ७ दिनभित्र पेस गर्न पार्टीलाई निर्देशन दिएको थियो । उक्त पत्रको बारेमा वर्तमान नेतृत्वले हालसम्म लुकाएकोमा पनि थापाले असन्तुष्टि व्यक्त गरेका छन् […]
जसपाको आन्तरिक विवादको असर पर्सा जिल्लामा देखियो

जनता समाजवादी पार्टी नेपालभित्रको आन्तरिक विवाद जिल्लासम्म पुगेको छ । आज पर्सामा जिल्लामा पार्टीका जिल्ला अध्यक्षबाट हटाएर अब्दुल रहिम अन्सारीलाई बनाइएको हो । पर्सा जिल्लाका वरिष्ठ उपाध्यक्ष वासुदेव यादवको अध्यक्षतामा आज बसेको बैठकले जिल्ला अध्यक्ष रामनरेश यादवलाई हटाएर अन्सारीलाई जिल्ला समन्वय तदर्थ समितिको अध्यक्ष बनाएको छ । तीन वर्षसम्म अध्यक्ष रामनरेश यादवले पार्टीको हितमा […]