Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नेकपा एमाले देवचुली चारबाट १९ बुद्दे प्रतिबद्धता सार्वजनिक ।

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नबराज अधिकारी

नवलपुर । सरकारले घोषणा गरेको यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनका लागि यतिबेला राजनीतिक दलहरु पालिका र वडाका उम्मेदवार चयन भई आ-आफ्ना ठाउँहरूमा भाेट माग्न लागिपरेका छन् ।

 

यसैक्रममा देवचुली नगरपालिका वडा नं ४ मा रहेको नेकपा (एमाले) तर्फबाट नेकपा एमाले पार्टि उपाध्यक्ष फणिन्द्र घलेको अध्यक्षतामा १९ बुद्दे प्रतिबद्धता सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो । आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले जिल्ला सल्लाहकार परिषद् सदस्य विद्य विश्वकर्माले पार्टिका उम्मेदवारहरुले तयार पारेको प्रतिबद्धता एवं घोषणापत्र बारे जानकारी गराउनुभएको थियो । १९ बुद्दामा जनप्रतिनिधिहरुले गर्न बाकि रहेका कार्य र आगामि दिनमा देवचुली वडा नम्बर ४ मा आवस्यक पर्ने विकासका कार्यहरुलाई समेत समावेश गरिएको बताउनुभयो ।

 

उक्त वडाबाट वडा अध्यक्ष पदका उम्मेदवार गिरबहादुर थापा क्षेत्री ( राम ) , वडा सदस्य कृष्णप्रसाद रेग्मी, मोतीमाया गुरुङ्ग,गणेश क्षेत्री ,दलित महिला सदस्यमा सुकमाया सार्कीको उम्मेदवारी रहेको छ । कार्यक्रमा बोल्दै वडा अध्यक्षका उम्मेदवार गिरबहादुर थापाले आफु उम्मेदवार दिनुका कारण आफु गत निर्वाचनबाट वडा अध्यक्ष हुदा बाकि रहेका कार्यहरु पुरा गर्न वडा अध्यक्ष पदमा उम्मेदवार रहेको बताए ।

नेकपा एमाले देवचुली चारबाट १९ बुद्दे  प्रतिवद्धता पत्र यस्तो रहेकाे छ ।

१) भूमिहीन सुकुम्बासी समस्या समाधानको लागि निर्वाचन पश्चात् पहिलो प्राथमिकताका साथ सम्बन्धित निकायसँग समन्वय गरी भूमिहीन सुकुम्बासी समस्या समाधानमा दृढताका साथ पहल गर्ने ।

२) युवाहरुको चौतर्फी विकासको लागि खेलमैदान, कवर्डहल, जिमहल निर्माण गरी, आय र आर्जनमा युवा उद्यमी तयार गर्ने ।

३) शान्ति सिर्जना आधारभूत विद्यालयलाई स्तरोन्नति गर्ने र निजी शिक्षकहरुलाई वडाको वजेटबाट तलब व्यवस्था गरी अभिभावकलाई आर्थिक भार कम गर्ने ।

४) कृषिमा आधुनिकीकरण गर्ने, जन्नबाली, तरकारी, पशुपालन, मल, विऊ, माटो, परीक्षण गरी, पकेट क्षेत्र बनाउने । बैकल्पिक सिंचाई योजना बनाउने ।

५) आन्तरिक पर्यटन क्षेत्र विस्तार गर्ने होमस्टे, भरना, पिकनिक स्पोर्ट प्राकृतिक रुपमा रहेको ढुङ्गालाई स्वरुप बनाई अवलोकनका लागि आकर्षक केन्द्र बनाउने ।

६) स्वास्थ्य वीमालाई सबै वडाबासी माझ पुयाउने ।

७) वडावासीसंग समन्वय गरी आवश्यक स्थानमा Free WiFi जोन बनाइनेछ ।

८) बालबालिकाको क्षमता अभिवृद्धि गराउने ।

९) महिला र आमा, दिदीबैनीलाई आर्थिक राजनैतिक सामाजिक रुपमा सबल बनाउने ।

१०) असहाय अशक्त, अपाङ्गलाई आत्मनिर्भरताको लागि योजना बनाई कार्यान्वयन गर्ने ।

११ वडाको कालो पत्रे बाटोको लागि बाँकी रहेको टोलबाट वडा नगर, प्रदेश संघमा डिपि आर योजना बनाइ बजेट माग गर्ने ।

१२) वडाको सार्वजनिक स्थलको संरक्षण सम्बर्द्धन र स्तरोन्नतिको योजना कार्यान्वयन गर्ने ।

(१३) अति विपन्न परिवारलाई खरको छानो विस्थापित गरी टिनको छानो छाईनेछ ।

१४) मठ, मन्दिर, चर्च, गुम्बा, मस्जिद, धर्म, संस्कृति, कलाको संरक्षण गर्ने ।

१५) एकल महिला अपाङ्गता, असाय, अति विपन्न घरपरिवारको पहिचान गरी

१६) कृषि तथा पशुपन्क्षि फर्म दर्ता गरी अनुदानको व्यवस्था गर्ने । शौचालय निर्माण गर्ने ।

१७) निर्माणाधीन स्वास्थ्य केन्द्र भवनको निर्माण कार्य पूरा गर्न सम्बन्धित निकायमा पहल गर्ने ।

१८) वडालाई नमूना वडा बनाउनका लागि आवश्यक योजना बनाइ आकर्षणको केन्द्र बनाउने ।

१९) संघ संस्था युवा क्लव, बाल क्लव, आमा समूहहरुलाई तत्-तत् क्षेत्रमा सकृय बनाइनेछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • १० मिनेट अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३० मिनेट अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • ३३ मिनेट अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २१ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved