नबराज अधिकारी


नवलपुर । सरकारले घोषणा गरेको यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनका लागि यतिबेला राजनीतिक दलहरु पालिका र वडाका उम्मेदवार चयन भई आ-आफ्ना ठाउँहरूमा भाेट माग्न लागिपरेका छन् ।





यसैक्रममा देवचुली नगरपालिका वडा नं ४ मा रहेको नेकपा (एमाले) तर्फबाट वडाअध्यक्ष पदका उमेदवार गीर बहादुर थापा काे नेतृत्वमा आज मातातीर्थ औंसीकाे दिन पारेर वडा नम्बर -४ काे ७ वटा अामा समुहहरूलाई उनीहरूकै ठाउँमा गई मुख हेरी सम्मान स्वरूप खादा अाेडाउने कार्यक्रम गरिएकाे थियाे ।

आज माता तिर्थ अाैँशीकाे दिन घरमा भएकी एक अामालाई मात्र नभई सबै गाउँका आमाहरूबाट आशिर्बाद लीईएकाे कुरा थापाले अनलाई सेराेफेराेलाई बताए । यश वडामा नेकपा (एमाले) बाट महिला सदस्य खुल्ला मा माेती मायाँ गुरूङ , पुरूष खुल्ला सदस्य गणेश क्षेत्री , कृष्ण प्रसाद रेग्मी , र महिला दलित सदस्यबाट शुक मायाँ शार्की रहेका छन ।








