सरकार विरुद्ध एमाले नवलपुरको विरोध प्रदर्शन

राजु चापागाईं/कावासोती । नेकपा (एमाले) नवलपुरले महङ्गी र भ्रष्टाचारको विरोधमा कावासोतीमा आज बृहत जनप्रदर्शन गरेको छ। सरकारले महङ्गी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमाले नवलपुरका जनसंगठनहरुको संयुक्त आयोजनामा बुधबार जनप्रदर्शन गरिएको हो । वर्तमान गठबन्धन सरकारको गलत कामविरुद्ध खबरदारीका लागि एमालेका जनसंगठनहरुले जनप्रदर्शन गरेका एमाले नवलपुरले जनाएको छ । जनप्रदर्शन एमाले नवलपुर पार्टी कार्यालयबाट […]

रविको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता, चुनाव चिन्ह घण्टी नै

नवलपुर । रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो।   प्रस्तावित चुनावचिन्ह घण्टीलाई पनि आयोगले आधिकारिकता दिएको पार्टीका प्रवक्ता मुकुल ढकालले बताए।

लोसपासँग एकीकरण गर्न जसपाका दुवै पक्षको प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग प्रस्ताव गरेका छन्। एकीकरणका लागि जसपाका संघीय परिषद् का अध्यक्ष डा. बाबुराम भट्टराईले लोसपाका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन् । कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै वार्ताका लागि लोसपाका नेताहरूलाई आह्वान गरिसकेका छन् । यादवनिकट दोस्रो तहका नेताहरूले पनि […]

एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै

नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले भोलि बस्ने सचिवालयको बैठकको कार्यसूचीहरू निर्धारण गर्नेछ ।   महासचिवको अध्यक्षता रहने केन्द्रीय कार्यालयको बैठकमा उपमहासचिव र सचिवहरू सदस्य रहने व्यवस्था छ । सचिवालयको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा, निर्वाचनमा ‘अन्तर्घात’ गर्ने नेता कार्यकर्तामाथिको कारबाहीदेखि नेता घनश्याम भुसालको […]

मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन

कावासोती – जेष्ठ २० राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको […]

देवचुली नगरपालिकाको नगर प्रवक्तामा तिल प्रसाद काफ्ले चयन

देवचुली , देवचुली नगरपालिकाको नगर प्रवक्ताको जिम्मेवारी वडा नं. ११ का वडा अध्यक्ष तिल प्रसाद काफ्लेले पाएका छन । आज बुधबार वडा अध्यक्ष काफ्लेलाई प्रबक्ताको जिम्मेवारी दिईएको हो ।   नव निर्वाचित प्रतिनिधि संगको पहिलो कार्यपालिका वैठकले वडाध्यक्ष काफ्लेलाई नयाँ नगर प्रवक्तामा नियुक्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द सिग्देलले ह्याप्पी टाइम्सलाई बताएका छन्।   […]

मेयरमा निर्वाचित भएपछि बालेनले भने : काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउछौँ

काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउन लागि पर्ने उद्घोष गरेका छन् । शुक्रवार बिहान निर्वाचन अधिकृतको कार्यालयले महानगरपालिकाको मेयरमा निर्वाचित भएको प्रमाणपत्र दिएसँगै मेयर बालेनले काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउनका लागि सहकार्य गरेर अगाडि बढ्ने बताएका हुन् ।   उनले भने,‘काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउनका लागि सहकार्य गरेर अगाडि बढ्नेछौँ […]

भीम रावलको गृहनगरको मेयरमा काँग्रेस र उपमेयरमा समाजवादी विजयी

नेकपा एमालेका नेता भीम रावलको गृहनगर समेत रहेको अछामको साँफेबगर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका राजेन्द्रबहादुर कुँवर ७ हजार २६५ मतसहित विजयी भएका हुन् ।   कुँवरका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पशुपति कुँवरले ५ हजार ३९ मत प्राप्त गरेकी छन् । नगर उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका शिवबहादुर कुँवर विजयी भएका छन् । […]

नवलपुरमा मतगणना सम्पन्न : ८ मध्य ६ वटा स्थानिय तहमा एमालेको नेतृत्व

नवलपुर । नवलपुरमा मत गणना प्रकृया सम्पन्न भएको छ । जिल्लाको ८ स्थानिय तहको मत परिणाम सार्वजनिक भएसंगै गणना प्रकृया सम्पन्न भएको हो । जिल्लामा रहेका ८ वटा स्थानिय तहमध्य नेकपा एमालेले ६ वटा स्थानिय तह र कांग्रेसले २ वटा स्थानिय तहमा जित निकालेको छ । त्यस्तै जिल्लाको ९२ वटा वडा मध्ये एमालेले ४८,कांग्रेसले ४१,माओवादीले […]

देवचुली-१ मा एमालेको प्यानल विजयी

नवलपुर । स्थानिय तहको निर्वाचनमा देवचुली नगरपालिकाको वडागत नतिजा आउन सुरु गरेको छ। वडा नं १ मा नेकपा एमाले प्यानल सहित बिजयी भएको छ। वडामा एमालेका वडाध्यक्ष पदका उम्मेदवार कृष्णबहादुर केसीले आफ्ना प्रतिद्वन्द्वी स्वतन्त्र (काङ्ग्रेसका वागी) उम्मेदवार अनिल बस्ताकोटीलाई ३ सय १ मतले पराजित गरेका हुन । केसीले ८ सय मत प्राप्त गर्दा वस्ताकोटीले ४ […]