पाँच दलले तय गरे तालमेलका ७ आधार, महानगरबारे निर्णय केन्द्रले गर्ने

२९ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनले वैशाख पहिलो साता मात्र सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेको छ । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले तालमेलका ७ आधार तय गरेको छ र तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु बनाएको छ । सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका ७ आधार […]
गभर्नर अधिकारीको बचाउमा आयो एमाले

२७ चैत, काठमाडौं । सरकारको निर्णयले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन भएको दुई दिनपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गभर्नरको बचाउमा आएके छ । अर्थतन्त्र गम्भीर मोडमा पुगेका बेला सरकार चुप बसेको तर गभर्नरले आवश्यक पहलकदमी लिएका बेला आफ्नो असफलताको दोष गभर्नरमाथि पोखेको एमालेको आरोप छ । सरकारले गत शुक्तबार गभर्नर अधिकारीमाथि जाँचबुझ […]
काठमाडौंबाट ४६ दलले स्थानीय चुनावमा भाग लिने

१४ चैत काठमाडौं । आगामी स्थानीय तहको चुनावमा काठमाडौं जिल्लाका स्थानीय तहमा ४६ वटा वटा राजनीतिक दलले चुनाव लड्ने भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावमा काठमाडौंबाट ४६ दलले दलीय चुनाव चिन्हसहित चुनाव लड्ने भएका हुन् । दलीय संख्याको हिसाबले काठमाडौंमा सबैभन्दा बढी राजनीतिक दलहरुले चुनाव लड्ने भएका हुन् । साना दलहरुलाइ […]
मतदाता : काठमाडौंमा ३ लाख २४२, नार्पा भूमिमा ४४८ जना

१३ चैत, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह चुनावमा सबैभन्दा धेरै मतदाता काठमाडौं महानगरपालिकामा छन् । काठमाडौं महानगरपालिकामा ३ लाख २४२ मतदाता रहेका आयोगले जनाएको छ । यस्तै दोश्रो धेरै मतदाता रहेको स्थानीय तह कास्कीको पोखरा महानगरपालिका र तेश्रो भरतपुर महानगरपालिका हो । पोखरामा २ लाख ७ हजार ७१२ र भरतपुरमा १ लाख […]
तनहुँमा २३ राजनीतिक दल दर्ता

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २३ राजनितिक दलदल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका हुन् । सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उक्त दलबाहेक अन्य व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न चाहे स्वतन्त्ररुपमा […]
घोषणापत्र लेख्न काँग्रेसले बनायो गगनलाई कमाण्डर

नेपाली काँग्रेसले महामन्त्री गगनकुमार थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजक बनाएको छ । पार्टी सभापति शेर बहादुर देउवाले उनलाई बिहीबार सो समितिको संयोजकमा मनोनयन गरेका हुन् । फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय समितिको बैठकको निर्णय अनुसार देउवाले थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजकमा मनोनयन […]
देउवाको निर्णयको प्रतिवाद गर्ने शेखर समूहको निष्कर्ष

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवा एकलौटी तरिकाले चलेको निष्कर्ष निकालेको छ । बुधबार बसेको शेखर समूहको बैठकले सभापतिले विना परामर्श गर्ने निर्णयको प्रतिवाद गर्ने निर्णय समेत गरेको छ । पार्टीमा परामर्श नगरी सभापति देउवाले नेविसंघ र तरुण दलको अध्यक्ष चयन गरेकोप्रति बैठकमा असन्तुष्टि व्यक्त गरिएको छ […]
धर्मनिरपेक्षताका कारण हिन्दु धर्म मासियो : पूर्व प्रधानन्यायाधीश पराजुली

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले संविधानमा धर्म निरपेक्षताको व्यवस्थाका कारण हिन्दु धर्म मासिँदै गएको बताएका छन् । काठमाडौँमा शनिवार हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान प्रबुद्ध नागरिक गोष्ठी एवं साहित्य परिचय कार्यक्रममा बोल्दै उनले हरेक देशको आफ्नो धर्म हुने बताउँदै धर्मनिरपेक्षताका कारण नेपालले आफ्नो मौलिक पहिचान गुमाएको टिप्पणी गरे । उनले भने–‘धर्मनिरपेक्षताबाट हाम्रो […]
गठबन्धनलाई कायम राख्न कांग्रेस प्रतिवद्ध छ : गृहमन्त्री खाण

३ चैत, बुटवल । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले सत्ता गठबन्धनलाई कायम राख्न कांग्रेस प्रतिवद्ध रहेको बताएका छन् । कांग्रेसका कतिपय नेताहरुबाट पार्टी एक्लै चुनाव लड्नुपर्ने धारणा बाहिर आइरहँदा गृहमन्त्री खाणले गठबन्धनलाई साथमै राखेर कांग्रेस चुनावमा जान प्रतिवद्ध रहेको बताएका हुन् । नेपाली कांग्रेसले रुपन्देहीको फार्साटिकरमा गरेको कार्यक्रममा नेता खाणले अफ्ठ्यारो परिस्थितिमा […]
स्थानीय तहका उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई

नेकपा एमालेले स्थानीय तहका उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई दिएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले स्थानीय तहका उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई दिएको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीबाट हुने उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई छुट्टाछुट्टै दिएको एमाले प्रचार विभाग प्रमुख तथा […]