एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा निकट मनबहादुर विजयी

पोखरा । नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । निवर्तमान कार्यवाहक अध्यक्षसमेत रहेका गुरुङले ४५६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दामोदर बैरागीले ४०७ मत पाएका छन् । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि गुरुङ र बैरागीले आ–आफ्नो प्यानलै बनाएर चुनावी मैदानमा होमिएका थिए […]
देवचुली ८ का ६५ जना एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश

देवचुली, नवलपुरको देवचुली नगरपालिका वडा नं ८ का ६५ जना नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शनिबार नेपाली काँग्रेस देवचुली ८ वडा कार्यसमितिद्वारा देवचुलीको घुमाउरी पिकनिक स्पर्टमा आयोजित पार्टी प्रवेश एवम् मित्रमिलन कार्यक्रममा एकैसाथ ६५ जना काँग्रेस प्रवेश गरेका नेपाली काँग्रेस देवचुली नगरपालिकाका सभापति डिल्लीराम कडरियाले जानकारी दिनुभयो । नेपाली काँग्रेस […]
राष्ट्रपति–प्रधानमन्त्रीबीच बढ्दो कोरोना संक्रमणबारे छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच कोरोनाभाइरसको बढ्दो संक्रमणका विषयमा केन्द्रीत रहेर कुराकानी भएको छ । बिहीबार साँझ शीतल निवासमा भएको भेटवार्तामा बढ्दो कोरोना महामारीका विषयमा कुराकानी भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । उनका अनुसार सो भेटमा राष्ट्रपति भण्डारीले नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण एवं कोरोनाविरुद्धको खोप उपलब्धताको […]
विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै पार्टीमा उजुरी परेको छ । सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिएका हुन् । कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको […]
प्रधानमन्त्री देउवा आइतबार भारत जाने

२१ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको हो । एक मन्त्रीका अनुसार प्रधानमन्त्री देउवासहितको २५ सदस्यीय टोली सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेको हो । चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय […]
युवा नेता बस्यालले कांग्रेस नवलपुरको उपसभापति पदमा उम्मेदवारी दिने

नवलपुर । नेपाली कांग्रेस नवलपुरका युवा नेता धर्मराज बस्यालले यहि पुस २७ गते हुने नेपाली कांग्रेस नवलपुरको जिल्ला अधिवेशनमा उप सभापति पदमा उम्मेदवारी दिने बताएका छ्न । नेपाल विद्यार्थी संघ बाट राजनीति जीवन सुरु गरेका बस्याल तरुण दल जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस देवचुली-१४को वडा सभापति रहेर काम गरेका बस्या कांग्रेस नवलपुरको जिल्ला कार्यसमिति सदस्य […]
अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले भने– फेरि मेरो काँधमा निकै ठुलो भारी आएको छ

नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि आफ्नो काँधमा निकै ठुलो भारी आएको महसुस भइरहेको बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवादसमेत दिए । उनले आफू लामो समय पार्टी नेतृत्वमा रहेको र […]
प्रगतिनगर खानेपानी संस्थाको मतदान जारी

देवुचली, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मतदान सुरु भएको छ । आठौँ अधिवेशन अन्तर्गत संस्थाको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजे देखि दलदलेको साहारा पार्टी प्यालेसमा मतदान सुरु भएको हो । खानेपानी संस्थाको अध्यक्ष पदका लागि नेकपा एमाले तर्फबाट वर्तमान अध्यक्ष खिमानन्द भुसाल र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी […]
लिम्पियाधुरासहितको नक्सा पाठ्यक्रममा समेट्न माओवादीको माग

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटिएको नेपालको नक्सा विद्यालयको पाठ्यक्रममा समावेश गर्न सरकार समक्ष माग गरेको छ । आइतबार महाधिवेशनको राजनीतिक प्रस्ताव पारित गर्दै माओवादीले सीमा क्षेत्रमा देखिएको समस्यालाई छिटो सम्बोधन गर्न सरकारसँग माग गरेको छ । ‘कालापानी र लिम्पियाधुरा लिपुलेकसहित नेपालको भूमि रक्षाका सधैँ संघर्षरत रहने प्रण […]
केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्याउन देउवालाई सकस

नेपाली काँग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा परेका दुईसमेत गरेर अहिले महिलाको संख्या ४३ पुगेको छ । अब मनोनित गर्न २३ जना बाँकी छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्याउन अब १२ जना महिला मनोनित गर्नुपर्नेछ । […]