देवचुली,
बैशाख ३ गते अर्थात् आउँदो शनिबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड देवचुली आउने भएका छन्। उनि देवचुलीको दलदलेमा आफ्ना पार्टीका कार्यकर्ता प्रशिक्षणका लागि आउन लागेको नेकपा माओवादी केन्द्र देवचुलीका नगर सचीव राजन गौतमले अनलाइन सेरोफेरोलाई बताएका छन्।





उनका अनुसार अध्यक्ष प्रचण्ड भूमिहीन किसान , सिल्पी , आदिवासी जनजाति , महिला र बिपन्न नागरिकको पक्षमा सम्बोधन गर्न आउन लागेका हुन्। साहारा पार्टी प्यालेस दलदलेमा हुने प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका प्रदेश , जिल्ला तथा नगर भित्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहनेछ। नेकपा माओवादी केन्द्र नवलपुरको आयोजना हुन लागेको कार्यक्रममा कार्यकर्ता प्रशिक्षण संगै नयाँ बर्षको शुभकामना समेत आदान प्रदान गरिनेछ।









