Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नेकपा एमाले देवचुली १३ बाट प्रतिबद्धता पत्र सार्वजनिक ।

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नबराज अधिकारी

नवलपुर । सरकारले घोषणा गरेको यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनका लागि यतिबेला राजनीतिक दलहरु पालिका र वडाका उम्मेदवार चयन भई आ-आफ्ना ठाउँहरूमा भाेट माग्न लागिपरेका छन् ।

यसैक्रममा देवचुली नगरपालिका वडा नं १३ का निर्वाचन परिचालन कमिटी सँयाेजक अशाेक अधिकारी काे अध्यक्षतामा प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो । आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एबँम देबचुली १३का ईन्चार्ज नरदेब न्याैपानेले पार्टिका उम्मेदवारहरुले तयार पारेको प्रतिबद्धता एवं घोषणापत्र बारे जानकारी गराउनुभएको थियो । प्रतिबद्धता पत्रमा जनप्रतिनिधिहरुले गर्न बाकि रहेका कार्य र आगामि दिनमा देवचुली वडा नम्बर १३ मा आवस्यक पर्ने विकासका कार्यहरुलाई समेत समावेश गरिएको बताउनुभयो ।

 

उक्त वडाबाट वडा अध्यक्ष पदका उम्मेदवार  राजेश रसाईली ,दलित सदस्यबाट मिठु बि.क. , महिला सदस्यमा गोमा देवी थापा, खुल्ला सदस्यबाट रेनु देवी बोटे ,  र खुल्ला पुरूष सदस्य सन्ताेष पाैडेलको उम्मेदवारी रहेको छ । सँचालीत कार्यक्रममा जिल्ला लेखा अायाेग सदस्य एबँम युवा परिचालन सँयाेजक दिपक भट्टराई , जिल्ला सल्लाहकार परिषद सदस्य कृष्ण भुषाल , सँगै नगर सचिवालय सदस्य रामचन्द्र भट्टराई काे समेत उपस्थिति रहेकाे थियाे ।

नेकपा एमाले देवचुली १३ बाट  प्रतिवद्धता पत्र यस्तो रहेकाे छ ।

क) शिक्षा :

१. यस वडामा रहेको कुमारवर्ती आधारभूत विद्यालयलाई भौतिक, शैक्षिक, प्रवन्धकीय तथा व्यस्थापकीय पक्षमा सुधार गरी एउटा नमूना विद्यालय बनाईनेछ । २. यस वडामा रहेका विद्यालयहरुलाई बालमैत्री, अपाङ्गमैत्री, प्रविधिमैत्री तथा वातावरण अनुकूलित नवीनतम् शिक्षण विधिबाट सिकाइको वातावरणको लागि विशेष ध्यान दिईनेछ ३. विद्यालयमा नगरपालिकासँग समन्वय गरी दीवा खाजालाई निरन्तरता दिइनेछ । ४. विद्यार्थीलाई आवजावतका लागि सामुदायिक विद्यालयमा विभिन्न निकायसँग समन्वय गरी निःशुल्क यातायात सेवाको व्यवस्था गरिनेछ । साथै शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त बनाईनेछ । ५. विद्यालयमा रहेका बालविकास केन्द्रलाई बालमैत्री, अपाङ्गमैत्री, प्ले पार्क, बाल उद्यान बनाईनेछ । ६. विद्यालयमा आवश्यकता अनुसार दरवन्दी, ल्याव, तालिमको व्यवस्था गरी स्तर सुधार गरिनेछ ।

ख स्वास्थ्य :

१. वडामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई एम्बुलेन्स सहित गुणस्तरीय र स्तरोन्नति गरिनेछ २. आवश्यकता अनुसार निशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य विमा कार्यक्रम ल्याईनेछ । ३. अस्वास्थ्यकर खानेकुराको उत्पादन र विक्रि वितरणलाई निरुत्साहित गरिनेछ । ४. नगरपालिकासँग समन्वय गरी नियमित फोहोरको व्यवस्थापन गरिनेछ ।

ग खानेपानी :

१. प्रत्येक घरमा सफा र शुद्ध खानेपानी धारा उपलब्ध गराईनेछ तथा बाटाहरुमा दोहोरो पाइप लाइन विस्तार गरिनेछ । २. अपाङ्ग तथा विपन्न परिवारका लागि निशुल्क धारा जडान तथा सामग्री उपलब्ध गराईनेछ ।

घ विद्युत :

१. विद्युत पोल नपुगेको ठाउँमा पोल विस्तार गरी वडा भित्रका सम्पूर्ण क्षेत्रमा इन्सुलेसन युक्त तार (कालो तार) को व्यवस्था सहित जोखिम म्यूनीकरण गरिनेछ । २. प्रत्येक सडकहरुमा बत्तिको व्यवस्था गरी उज्यालो वडा बनाईनेछ ।

ङ सडक सञ्जाल :

१. वडाभित्र रहेका सडकहरुलाई आवश्यकताको आधारमा कच्ची बाटोहरुलाई ग्रावेल र ग्रावेल बाटोलाई कालोपत्रे गरी स्तरोन्नति गरिनेछ साथै सडकहरुका दाया बाँया फुल तथा वृक्षरोपणलाई विशेष रुपमा कार्यान्वयन गरिनेछ । दुर्घटना न्यूनीकरणका लागि विशेष ध्यान दिइनेछ ।

च. खोला, बाढी नियन्त्रण :

१. बर्षाको पानीलाई व्यवस्थित गर्न आवश्यक पर्ने ठाउँमा पुल, कलभर्ट, नाली निर्माणलाई व्यवस्थित गरिनेछ । २. यस वडामा रहेको भाग्यपुरी क्षेत्र दलदले बजारलाई बाढीले सधै नोक्सान पुयाउने गरेकोले यसको स्थायी समाधानका लागि विभिन्न निकायसंग समन्वय गरी प्राथमिकताका साथ व्यवस्था मिलाईनेछ ।

३. बौलाहा बोसा र नारायणी नदीले कटान गरेको क्षेत्रमा आवश्यकता अनुसार तटबन्धन गरिनेछ साथै पुक्षरोपण गरिनेछ ।

छ धार्मिक स्थल :

१. वडा भित्र रहेका कुमारवर्ती, गणेश मन्दिर लगायत अन्य मठ, मन्दिरलाई स्तरवृद्धिका लागि सहयोग गरिनेछ । २ विभिन्न धर्म र संस्कृतिका मन्दिर, बौद्ध गुम्बा, चर्च, मस्जिद जस्ता धार्मिक स्थललाई सहयोग गर्ने व्यवस्था मिलाइनेछ । ३ वडाभित्र रहेका कला र संस्कृतिलाई जगेना गरिनेछ अ. सुकुम्बासी, अव्यवस्थित बसोबास क्षेत्र भूमिहीन तथा सुकुम्बासीहरुको समस्या समाधानका लागि यथाशीघ्र जमा धनी प्रमाण प्रदान गर्नका लागि विशेष भूमिका निर्वाह गरिनेछ

कृषि १.

कृषि तथा पशुपालन व्यवसायलाई वैज्ञानीक र व्यवसायीकरण गर्नका लागि तालिम, मल, बीळ, माटो परिक्षण आधुनिक तथा नियमित प्राविधिक सेवा उपलब्धता गराइनेछ । २. कृषि व्यवसायमा आकर्षण बढाउनका लागि कृषि अनुदान, सहलियत ऋण, कृषि सामग्रीको व्यवस्था गरिनेछ । पुज (लालपुजां कृषि औजार ३. सिंचाइका लागि आवश्यकता अनुसार कुलो, नंतर, वीरकोप व्यवस्था गरिनेछ । ४. सम्भाव्यताको अध्ययन गरी अन्न बाली, तरकारी खेती, पशुपछी पालन, माहूरी तथा माछा पालन व्यवसायलाई प्रोत्साहन र थप व्यवस्थित गर्ने योजना ल्याइनेछ । ५. कृषि उपज बेचविखनलाई उचित मूल्य सहित व्यवस्थित गरिनेछ । ५. जनस्वास्थ्यको मापदण्ड अनुसार व्यवस्थित पशु बधशालाको निर्माण गरिनेछ । ७ वडाभिरषि योग्य जमिनलाई बाँकी नराख्ने अवधारणा ल्याइनेछ

ञ. उद्योग, व्यापार, पर्यटन र रोजगार

१. उद्योग, व्यापार तथा व्यवसायमा विविधिकरण र विशिष्टिकरण गर्दै उद्योग व्यापार व्यवसायलाई कृषि पशुपालन व्यवसाय तथा घरेलु उद्योगहरुको स्थापना र प्रवर्द्धन गरी स्वरोजगारको अवसर सृजना गरिनेछ । ३. व्यवसायिक तालिम र सीपको विकास गरी दक्ष व्यवसायिक बनाई सोजगार सृजना गरिनेछ । विस्तार गरिनेछ । ४. पर्यटनलाई प्रोत्साहन गर्नका लागि होमस्टे तथा पार्क लगायत अन्य सम्भावित अवसरहरुको खोजि गरी संचालन गरिनेछ । ५. मजारक्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै आवश्यकता अनुसार सी.सी.टी.भी. क्यामेरा जडान गरिनेछ । 5 बढाभित्र रहेका सहकारी संस्थाहरुसँग समन्वय गरी बड़ाबासीको जीवीकोपार्जनमा टेवा पुग्ने खालका कार्यक्रमहरु सञ्चालन गरी रोजगारीमा बृद्धि गरिनेछ । ७. वडाभित्र रहेका उद्योग जन्य प्रदुषण, कोलाहललाई नियन्त्रण गरी सफा र शान्त बजार बनाइनेछ

ट. लक्षित वर्ग : •

लक्षित वर्ग बोटे माझी र अन्य सीमान्तकृत समुदायको दैनिक जीवनयापनको लागि आवश्यक पहल गरिनेछ । अपाड ज्येष्ठ नागरिक बालबालिका, किशोरी, महिला, दलित, जनजाति, आदिवासी लगायत लक्षित वर्गका लागि सरकारले ल्याएका अवधारणा अनुरुप सबै कार्यक्रमलाई व्यवहारिक र प्रभावकारी बनाइनेछ ।

ठ, अन्य विविध :

1. दुर्घटना न्यूनीकरण तथा बजार व्यवस्थापनका लागि बस पार्क, हाट बजार आदिलाई व्यवस्थित गरिनेछ २. सम्भावित विपद्हरुको न्यूनीकरणका लागि विपद् व्यवस्थापन कोष खडा गरी परिचालन गरिनेछ । बडालाई ज्येष्ठ नागरिक मैत्री तथा बढामा ज्येष्ठ नागरिक मिलन केन्द्र बनाइनेछ । ४. आवश्यकता अनुसार वृक्षरोपण गर्दै वन पैदावारहरुको पारदर्शी तरिकाले वितरण गर्ने व्यवस्था मिलाइनेछ । ५. वडा कार्यालयले दिने सेवाहरु जनमुखी, पारदर्शी, चुस्तदुरुस्त र भेद्भाव रहित हुनेछ ६ नसँग जोडिएका वस्तीमा जगली जनावरबाट हुने हानी नोक्सानीलाई रोकपामको लागि पर्ण रुपमा व्यवस्थापन गरिनेछ ७. विभिन्न किसिमका विकृति, विसंगति, दुर्व्यसनी, कुलत, लैङ्गीक हिंसा, बालश्रम, आदि नियन्त्रणका लागि बढ़ा द्वारा विशेष पहल गरिनेछ। ८. विभिन्न क्लव, आमा समूह, टोल समिति तथा सामाजिक संघ संस्थालाई सक्षम बना लागि सो संग हातेमालो गरिनेछ । युवा प्रतिभा पहिचान, विभिन्न खेलकूदका लागि और व्यवस्थापन, नियमित खेलकूद संचालन तथा सामग्री व्यवस्थापन सहित कार्यक्रम बनाइनेछ । विशेष 10. सम्पूर्ण बतावासीहरुको सफल अन्तक्रियाबाट माग तथा प्राथमिकताका आधारमा अल्पकालीन तथा मध्यकालीन प्रभावकारी योजना निर्माण गरी आर्थिक ● सामाजिक, सांस्कृतिक तथा अन्य विकासका लागि विशेष पहल गरिनेछ। ११. उपरोक्त अनुसारका हाम्रा प्रतिबद्धताहरु पूरा गर्नका लागि संघ, प्रदेश, नगर, बड़ा तथा अन्य संघ संस्थाहरुबाट अनुदान तथा सहयोग प्राप्त गरी समृद्ध बडा सुखी वडा बासीको आकांक्षालाई पूरा गरिनेछ ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ४७ मिनेट अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • १ घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • १ घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २२ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved