अमेरिकी उपविदेशमन्त्री रिचार्ड आज नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्री फर्केको चार दिनपछि अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउन लागेका छन् । एमालेका अध्यक्ष केपी शर्मा अोली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो अमेरिकाबाट हुन लागेको सबैभन्दा उच्च स्तरीय भ्रमण हो । उनले नेपालमा आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अोली, परराष्ट्र मन्त्री […]
२४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै रविलाई मुकुलले गरे ३ प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री मुकुल ढकाललाई पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै सभापति रवि लामिछानेमाथि तीन प्रश्न गरेका छन् । उनले पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमको निरङ्कुश शासन चलाइरहेको स्पष्ट भएको बताएका छन् । ‘मैले आजसम्म तपाईलाई होस् वा […]
जनयुद्ध नभनेकोमा असन्तुष्टि जनाउँदै प्रचण्डले सुनाए संविधान अनुसूची

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै असन्तुष्टि जनाएर संविधान अनुसूची सुनाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष दाहालले यस विषयप्रति असन्तुष्टि जनाएका हुन् । आज टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले अहिले पनि नेताहरुले बोल्दा हिंसात्मक द्वन्द्व भन्ने […]
द्वन्द्वबाट अलग–अलग भएकाहरुलाई उत्थान गर्ने गरी हामी अघि बढेका छौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हाम्रो […]
सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई लाइन नबसी सहज रूपमा उपचारको व्यवस्था गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले चिकित्सक र […]
बंगलादेशको सरकार सम्हाल्न युनूस स्वदेश फर्किए, छिट्टै चुनाव गराउने प्रतिबद्धता

ढाका । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस कार्यबाहक सरकारको नेतृत्व गर्न बिहीबार स्वदेश फर्किएका छन् । आरक्षण विरोधी आन्दोलनबाट सुरु भएको बंगलादेशको राजनैतिक असन्तुष्टिले प्रधानमन्त्री शेख हसिनालाई राजिनामा गरी देश छाड्न बाध्य बनाएपछि विद्यार्थी नेताहरूको प्रस्तावमा सरकारको नेतृत्व गर्ने समहतिका साथ उनी स्वदेश फर्किएका हुन् । उनले बंगलादेशमा शेख हसिनाको सरकार अपदस्थ गर्ने क्रममा […]
हसिनाको बहिर्गमनसँगै बंगलादेशमा राजनीतिक नयाँ मोड, पूर्वप्रधानमन्त्री बेगम खालिदालाई रिहा गर्न राष्ट्रपतिको आदेश

एजेन्सी । बंगलादेदेशमा दुई दशकभन्दा लामो समयदेखिको राजनीतिक प्रभाव अन्त्य गर्दै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि राजनीतिले नयाँ मोड लिएको छ । हाल ७६ वर्षकी हसिना देश छोडेर भारत पुगेको विवरण आएका छन् । सेना प्रमुखले अन्तरिम सरकार गठन गरिने बताएका छन् । सोमबार साँझ राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइ गर्न […]
फेरिए ३ प्रदेश प्रमुख, १८ देशमा राजदूत सिफारिस

काठमाडौँ । सरकारले ३ वटा प्रदेशका प्रदेश प्रमुख हेरफेर गर्नुका साथै विभिन्न देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुखलाई हटाउँदै नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । यस्तै विभिन्न देशमा रिक्त रहेको राजदूतमा सिफारिस गरेको छ भने २१ जना सचिवको एकै पटक सरुवा गरेको छ […]
स्काउट ड्रेसमा बाँसबारीकाे जुत्ता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानीबन्धु भन्ने आँट गरुन् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले सरकार बनाएका कांग्रेस र एमाले दुई ठूला दलको टार्गेटमा आफ्नो दल परेको बताएका छन् । उनले भने,‘संसद्मा पछिल्लो सरकार बनेकोपछिको अभिव्यक्तिबाट स्पष्ट हुन्छ, सरकारमा रहेका दुई ठूला दलको नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी छ । प्रधानमन्त्रीको अभिव्यक्ति, हिजोको कांग्रेस महामन्त्रीको अभिव्यक्ति र आज विषायन्तर गर्न […]
दिउँसै टर्च बालेर सुदूरपश्चिमका सांसदले खोजे सरकार

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनमा सरकारको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले सोमबार दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् । सोमबार २ बजे बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरूको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले टर्च बालेर सरकारको खोजी गरेका हुन् । टर्च बालेर सरकार खोजिरहेको बताउँदै एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले […]