सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए । सरकारले नेम्वाङको निधनमा एक दिन बिदा पनि दिने निर्णय गरेको छ । अन्त्येष्टिका दिन सो बिदा दिइने छ […]

रास्वपाले भोलि र पर्सि मधेस प्रदेशमा प्रशिक्षण गर्दै

काठमाडौँ, भदौ १५- पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी, नीति–सिद्धान्त र दृष्टिकोणमा आधारित रहेर राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ १६ र १७ गते मधेस प्रदेशस्तरीय प्रशिक्षण आयोजना गर्ने भएको छ।   हामीले विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेका छौं। त्यही अन्तर्गत मधेसमा प्रशिक्षण भेलाको आयोजना गर्न लागेका हौं,’ पार्टीका उपसभापति डिपी अर्यालले जानकारी दिए।   पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण […]

सुन तस्करीमा आफ्नै नेताहरु संलग्न भएकाले सरकारले छानबिन समिति बनाउन मानेनः महेश बर्तौला

कावासोती । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा सत्यतथ्य छानविन गर्न सरकार डराएको आरोप लगाएका छन् । सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बर्तौलाले सुन तस्करी प्रकरणमा सरकार पक्षको र सरकार निर्माण गर्ने मुर्धन्य नेताहरुको प्रत्यक्ष संलग्नता रहेको जिकिर गरे । उनले भने ‘सामान्य मानिसहरू छैनन् यहाँ। दलका मुर्धन्य नेताहरू हुनुहुन्छ। महत्वपूर्ण ओहोदामा […]

जरिबाना नतिरे सांसददेखि मन्त्रीसम्मले चुनाव लड्न नपाउने

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनपछि खर्च विवरण सार्वजनिक नगरी जरिबाना तिर्नुपर्ने सूचीमा प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र मन्त्रीसम्म छन् । प्रतिनिधि सभा सदस्यतर्फ दलीय आधारमा खर्च विवरण सार्वजनिक नगरी जरिबानामा पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबैभन्दा बढी उम्मेदवार छन् । सङ्घीय संसद्मा प्रतिनिधित्व गरेकामध्ये नेकपा (एकीकृत […]

नवलपुरका लागि रास्वपाका सम्पर्क सांसद हरि ढकाल

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । ७७ वटै जिल्ला लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ । यसै बिच नवलपुरका लागि सम्पर्क सांसदको जिम्मा चितवन १ बाट निर्वाचित सांसद हरि ढकालले पाएका छ्न ढकाललाई नवलपुर सहित सोलुखुम्बु, चितवन र उदयपुरको सम्पर्क सांसद तोकिएको हो । नवलपुरका जनताले […]

सर्वाधिक मत सहित रवि लामिछानेको शानदार विजय

चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरका साथ विजयी भएका छन् । अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत पाए निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ । एमालेबाट उम्मेदवार बनेका रामप्रसाद न्यौपाने […]

चितवन –२ : उपनिर्वाचनको तयारी अन्तिम चरणमा, ६९० कर्मचारी खटिए

चितवन । चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुर्याइएको छ । तयारीस्वरुप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरुले मतदानस्थल निर्माण, चार किल्ला तोक्ने र राजनीतिक दलहरुसँग छलफल गर्नेलगायतका काम सम्पन्न गरिसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वरी आचार्यका अनुसार यस क्षेत्रमा रहेका […]

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो तीन बजे प्रदेश सभा बैठक बोलाइएको छ। केन्द्रको समिकरण अकास्मात फेरिएपछि गण्डकीको मुख्यमन्त्री बनेका अधिकारी समिकरण बदलिएसँगै अल्पमतमा परेका हुन्। चैत १० गते माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिँदै सरकार समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारी अल्पमतमा […]

परीक्षाका कारण स्ववियु निर्वाचनमा कम मत खस्ने चिन्ता

काठमाडौं । चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । त्यसका लागि त्रिभुवन विश्वविद्यालयले तयारी थालेको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस र सम्बन्धनप्राप्त १ हजार ४० क्याम्पसमा निर्वाचन गर्न भनिएको छ । केही आंगिक क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ । त्यो बाहेकका अधिकांश क्याम्पसमा सहज रूपमा चुनावी प्रक्रिया अगाडि बढेको छ । त्यस्तै केही […]

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन ५ गते राष्ट्रपति समक्ष पेश गरिने

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगका अनुसार शुक्रबार सम्पन्न निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त […]