Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

बंगलादेशको सरकार सम्हाल्न युनूस स्वदेश फर्किए, छिट्टै चुनाव गराउने प्रतिबद्धता

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

ढाका । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस कार्यबाहक सरकारको नेतृत्व गर्न बिहीबार स्वदेश फर्किएका छन् । आरक्षण विरोधी आन्दोलनबाट सुरु भएको बंगलादेशको राजनैतिक असन्तुष्टिले प्रधानमन्त्री शेख हसिनालाई राजिनामा गरी देश छाड्न बाध्य बनाएपछि विद्यार्थी नेताहरूको प्रस्तावमा सरकारको नेतृत्व गर्ने समहतिका साथ उनी स्वदेश फर्किएका हुन् ।

उनले बंगलादेशमा शेख हसिनाको सरकार अपदस्थ गर्ने क्रममा भएको लामो प्रदर्शनमा मारिएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको बलिदानले देशलाई दोस्रो स्वतन्त्रता दिलाएको बताएका छन् ।

कामचलाउ सरकारको नेतृत्व गर्न स्वदेश फर्केलगत्तै ढाकास्थित विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘आजको दिन हाम्रा लागि गौरवपूर्ण दिन हो ।’ उनले अगाडि भने, ‘बंगलादेशले नयाँ विजय दिवस सिर्जना गरेको छ, देशले दोस्रो पटक स्वतन्त्रता पाएको छ ।’

हप्तौँदेखि चलेको हिंसामा कम्तीमा ४५५ जनाको ज्यान जाने गरी भएको हिंसापछि सुव्यवस्था बहालीका लागि आह्वान गर्दै उनले आक्रमणमा परेका अल्पसङ्ख्यकसहित एक अर्काको रक्षा गर्न नागरिकहरूलाई आह्वान गरेका छन् ।

‘कानून र व्यवस्था हाम्रो पहिलो काम हो, जबसम्म हामी कानून र व्यवस्थाको स्थिति ठीक गर्दैनौँ, तबसम्म एक कदम पनि अगाडि बढ्न सक्दैनौँ’, उनले भने, ‘मेरो सबैजनासँग आह्वान छ, यदि तपाइहरूलाई ममाथि भरोसा छ भने यो सुनिश्चित गर्नुस् कि देशको कुनै पनि कुनामा कसैमाथि आक्रमण नहोस् ।’ ८४ वर्षीय युनुसले बिहीबार साँझसम्म देशको नयाँ नेताका रूपमा सपथ लिने सम्भावना छ ।

सरकारको गैर–जिम्मेवारीपनको बीचमा उर्लेको विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको मागमा सेनाले सहमति जनाएसँगै हसिनाले पदबाट राजिनामा दिन बाध्य हुनुपरेको थियो । यसअघि, युनुसले ढाकाका लागि प्रस्थान गर्दा पेरिसमा पत्रकारसमक्ष आफू घर फर्कन पर्खिरहेको र त्यहाँ के भइरहेको छ, कसरी समस्याबाट बाहिर निस्कन सक्छौँ भनेर सोच्न समर्थक सबैलाई आह्वान गरेका थिए ।

युनुसलाई यस पहिलेको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाहरूको आरोप लगाएपछि उनी निर्वासनमा बस्दै आएका थिए । सेना प्रमुख जनरल वाकर–उज–जमानले युनुसको समर्थनमा रहेको जनाउँदै बिहीबार साँझ अन्तरिम सरकारको नेतृत्वको शपथ लिने आशा व्यक्त गरे ।

यसरी आगामी दिनमा लोकतान्त्रिक प्रक्रियाको माध्यमबाट मुलुकलाई अगाडी बढाउन सक्षम हुने उनले विश्वास जमानले व्यक्त गरे । ढाका बिमानस्थलमा पत्रकारहरुसँग युनुसले केही महिनाभित्र चुनाव गराउन चाहेको बताउदै मुलुकले दोस्रो पटक स्वतन्त्रता प्राप्त गरेको उल्लेख गरेका छन् । उनले छिट्टै आफ्नो संलग्नतामा विजय उत्सव मनाउने बताएका छन् ।– रासस, एएफपी

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • १ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • १ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • १ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved