Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

जनयुद्ध नभनेकोमा असन्तुष्टि जनाउँदै प्रचण्डले सुनाए संविधान अनुसूची

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै असन्तुष्टि जनाएर संविधान अनुसूची सुनाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष दाहालले यस विषयप्रति असन्तुष्टि जनाएका हुन् ।

आज टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले अहिले पनि नेताहरुले बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गरेको बताए । ‘माओवादी जनयुद्ध शब्द प्रयोग गर्‍यो भने जात नै जाला जस्तो गर्नुहुन्छ’, उनले भने ।

सविधानसभाबाट बनेको संविधान (अनुसूची) मा नै जनयुद्ध शब्द लेखिएको उल्लेख गर्दै उनले नेताहरुको ध्यानाकर्षण गराए । उनले भने, ‘यदि जनयुद्ध ध्वंसात्मक मात्र हुन्थ्यो, गैरराजनीतिक र वैचारिक हुन्थ्यो भने संसारकै मोडल शान्ति प्रक्रिया भनेर आज जे भनिरखेका छौं,त्यो सम्भव हुने थिएन ।’

साथै, अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई टुंग्याउने क्रममा सेना समायोजन र हतियार व्यवस्थापन निकै जटिल रहेको बताएका । बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सेना समायोजन र हतियार व्यवस्थापनका लागि आफूले जोखिम उठाएको समेत बताए ।

‘सेना समायोजन, हतियार व्यवस्थापन निकै जटिल थियो,’ उनले भने, ‘यदि नेतृत्वले जोखिम नउठाएको भए, यदि नेतृत्व नेपाली जनताको नजरमा विश्वसनीय नभएको भए, हतियार व्यवस्थापन सम्भव हुने थिएन ।’ प्रचण्डले हतियार व्यवस्थापन गरेकै कारणले आफ्नो पार्टी विभाजित भएको समेत दाबी गरे ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • १ दिन अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • १ दिन अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • १ दिन अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved