संवैधानिक परिषद् बैठकको तयारीबारे प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा शुक्रबार बस्ने परिषद् बैठकको तयारी र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ […]
बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नदी तट क्षेत्रको मापदण्ड बढाउने अदालतको फैसलामा नेकपा एमालेले अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् । उनले ०७६ मा हालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकार रहेकोबेला अदालतले नयाँ मापदण्डबारे फैसला गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै अदालतले नदीतटको मापदण्ड २० मिटर बढाउन आदेश दिँदा […]
उपसभामुख रानालाई पदबाट राजीनामा दिन गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गोकुलप्रसाद बास्कोटाले उपसभामुख इन्दिरा राना मगरमाथि संसदमा प्रश्न उठिसकेकाले राजीनामा गरेर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाएको विषयमा सदनमा पटक–पटक प्रश्न उठेकाले उपसभामुखले नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त हुने बताए । सांसद बास्कोटाले आफूमाथि प्रश्न उठेपछि पदबाट […]
‘आफूलाई जे मन लाग्यो त्यसमा हैन देशको आवश्यकताको विषयमा अनुसन्धान होस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औं प्राज्ञसभामा नाष्टका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो […]
रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

बेइजिङ । चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ । नौसेना तथा वायु सेनाले रूसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४ मा भाग लिने चीनको रक्षा मन्त्रालयले जनाएको हो । अभ्यासको उद्देश्य चिनीयाँ तथा रूसी सेनाबीचको रणनीतिक सहयोगलाई मझबुत बनाई सुरक्षा खतरासँग संयुक्त रूपमा सामना गर्ने […]
राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट

काठमाडौँ, भदौ २० राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आउनुभएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूले शिष्टचार भेट गर्नुभएको छ । भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदैराज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने धारणा व्यक्त गर्नुभयो । उहाँले राज्यमाथि जनताको पहुँच र […]
रवि लामिछानेको बयान आज

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज शुक्रबार पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बयान लिँदै छ । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको छ । २ ठुला सहकारी संस्थाको बचत रकम लगानी गरिएको गोर्खा मिडिया नेटवर्कमा रवि लामिछानेका साझेदार रहेका पूर्वडिआइजी छविलाल जोशीलाई […]
जवाफ फर्काउँदै रविलाई मुकुलले भने– तपाईं एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदीय भूमिकाबाट हटाएका मुकुल ढकालले सभापतिका गलत कार्यउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लागेको नहुने जवाफ फर्काएका छन् । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । दोस्रोपटक स्पष्टीकरणका लागि पठाइएको पत्रको जवाफ फर्काउँदै ढकालले सभापति लामिछाने माथि प्रतिप्रश्न गरेका छन् […]
अध्यक्ष प्रचण्डले गरे कराँते खेलाडीको बिदाइ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराँते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन् । अध्यक्षले दाहालले खुमलटारमा आयोजित एक कार्यक्रममा उहाँहरूलाई बिदाइ गरेका हुन् । त्यस अवसरमा अध्यक्ष दाहालले पदक जित्न नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै उहाँहरूको सफलताको […]
नेपाल अटोमोटिभ व्यावसायीले गराए प्रधामन्त्रीलाई ७ बुदे सुझाव सहितको ध्यानाकर्षण

साउन, काठमाडौँ । नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनले प्रधानमन्त्री केपि शर्मा वलीलाई ७ बुदे सुझाव सहित ध्यानाकर्षण गराएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको कार्य समिति सदस्यहरु बधाईसँगै ध्यानाकर्षण गराएका हुन् । एसोसिएसनका कार्यवाहक अध्यक्ष कुमार चिमोरियाका अनुसार अटोमोबाइलको क्षेत्रमा भएका बिभिन्न समस्याहरुलाई समाधान गर्नका लागी केहि सुझाव सहितको ध्यानाकर्षण गराइएको […]