माओवादी धारका नेताहरुको बैठक जारी

२३ फागुन, काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका […]

राजाको भद्धा नक्कल गराएका कारण राष्ट्रपति संस्था विवादमा पर्यो: गगन थापा

काठमाडौं, फागुन १९- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलाई राजाको भद्धा नक्कल गराएका कारण राष्ट्रपति संस्था विवादमा परेको र यसमा दलहरुको पनि दोष रहेको बताएका छन् ।   बागमति प्रदेशका सांसदहरुका लागि काठमाडौंमा भएको अभिमुखिकरण कार्यक्रमलाई संबोधन गर्दै थापाले राष्ट्रपतिले हिँड्दा खेरी पनि हिजोको राजाजस्तो हिँडेको मिल्यो कि मिलेन, दर्शन गरेको मिल्यो कि मिलेन भनेर […]

रास्वपा गण्डकीको सभापतिमा नवलपुरका युवा नेता गौतम निर्वाचित

देवचुली राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम निर्वाचित हुनुभएको छ। रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठकले गौतमलाई सभापतिको जिम्मेवारी सुम्पिएको हो। ५० सदस्यीय प्रदेश कमिटीमा नवलपुरका गौतम सभापति हुनुभए सँगै कास्कीका अशोक खड्का महामन्त्री हुनुभएको छ। पार्टीको आगामी महाधिवेशन सम्मको लागी गठन गरिएको यस प्रदेश कमिटीमा अन्य रिक्त पदाधिकारीको चयन प्रदेश सभापति गौतम आफैले […]

कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ । आज बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । अहिले न्यौपानेसँग संसदीय दलको कार्यालयमा छलफल भइरहेको छ । छलफलपछि उनले आजै संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गर्नेछिन् । सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले सभामुखको विषयमा अन्य राजनीतिक दलहरुसँग समेत छलफल गरिरहेको छ […]

समर्थन फिर्ताको धम्कीपछि रविले पाए गृहमन्त्री

सरकार गठन भएको दोस्रो दिनमै सत्ता गठबन्धनभित्र विवाद उत्पन्न भएको छ। मन्त्रालय बाँडफाँडको विषयलाई लिएर गठबन्धनभित्र विवाद उत्पन्न भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री दिने विषयमा गठबन्धनभित्रकै नेताहरूबीच मतभेद् सिर्जना भएको हो । तर गृह मन्त्री नपाए सरकारलाई गरेको समर्थन नै फिर्ता लिन्छु भनेपछि गठबन्धनका नेताहरू लामिछानेलाई गृह मन्त्रालय दिन बाध्य […]

प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच हानथाप

राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भए। उनले गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुला बनाए। तर उनका लागि तगारो बनेका छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।   जसरी पनि पहिलो लटमा प्रधानमन्त्री बन्ने चाहना राखेका प्रचण्डले देउवालाई दबाब बढाउँदै […]

अध्यादेशको समर्थनमा प्रदर्शन र र्‍याली

कावासोती । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको तत्काल रिहाई र सरकारले ल्याएको मुलुकी फौजदारी संहिता कार्यविधि अध्यादेशको समर्थनमा पुर्वी नवलपरासीमा थारु समुदायका विभिन्न संघसस्थाले प्रदर्शन गरेका छन् । थारु कल्याणकारिणी सभा र नागरिक उन्मुक्ति पार्टीको अगुवाईमा कावासोती १६ डण्डामा र्‍याली सहित अध्यादेशको समर्थनमा थारुहरुले सभा गरेका हुन । विरोध सभामा सहभागीले रेशम चौधरीको तत्काल […]

समानुपातिकतर्फ काँग्रेसमा ३ जना मात्रै पुरुष छनोट

नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक सय १० सिटमध्ये ३२ सिट प्राप्त गरे पनि पुरुष सांसद निर्वाचित गर्न तीन जनाको नाम मात्र छनोट गरेको छ । प्रत्यक्षतर्फ कुल एक सय ६५ सिटमध्ये काँग्रेसका एक महिला मात्र निर्वाचित भएको र सङ्घीय संसद्मा महिला प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने संवैधानिक प्रावधानका कारण समानुपातिकमा पुरुष सङ्ख्या कम छनोट […]

मेरै नेतृत्वमा गठबन्धनको सरकार बन्छः रामचन्द्र पौडेल

चितवन, मंसिर १५– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छिट्टै गठबन्धनको सरकार निर्माण हुने बताएका छन् ।   आज (विहीबार) विहान भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरागर्दै नेता पौडेलले गठबन्धनकै नयाँ सरकार बन्ने दावी गरे । उनले गठबन्धन सरकारको नेतृत्व समेत आफैले गर्ने दावी गरे । ‘मेरै नेतृत्वमा गठबन्धनको सरकार बन्छ, हामी छलफलमा छौं’–पौडेलले भने ।   […]

चितवन ३ मा राप्रपाका पाण्डे ९ हजारबढी मतान्तरले विजयी

चितवन, मंसिर १०– चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित भएका छन् । शुक्रबार राति सार्वजनिक मतपरिणाम अनुसार पाण्डे ९ हजार २३३ मतान्तरले निर्वाचित भएका हुन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका डा भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त […]