संघीय सरकारले चार किस्तामा वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने

काठमाडौँ । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई चार किस्तामा वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अनुदानको एक चौथाइले हुन आउने रकम महालेखा कार्यालयमार्फत चार किस्तामा वितरण गरिने भएको हो । जसअनुसार सम्बन्धित प्रदेश तथा स्थानीय तहको सञ्चित कोषमा भदौ २, कात्तिक २, माघ २ तथा २०८२ वैशाख २ […]
डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन् । उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गरेका हुन् । प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई पनि खादा प्रयोग नगर्न अनुरोध गरेका छन् । उनले आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश […]
सिमलताल बस बेपत्ता : गठित कार्यदलले गर्यो काम सुरू

काठमाडौं । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । दश दिनको कार्यादेश दिइएको […]
अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री नियुक्त, सोमबार शपथ

२०८१ असार ३० गते काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अध्यक्ष ओलीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । ओली नेपाली कांग्रससहित केही साना दलहरूको समर्थनमा चौथो पट प्रधानमन्त्री बनेका हुन् । उनी यसभन्दा अगाडि तीन पटक प्रधानमन्त्री भइसकेका छन् । ओलीलाई आइतबार राष्ट्रपति […]
पीडामा परेका प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ : रमेश लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पीडामा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि टिप्पणी गरेर थप पीडा दिन नहुने बताएका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले विश्वासको लिन बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लेखकले पीडामा भएको मान्छेमाथि टिप्पणी गर्दा ज्यादा पीडित हुने भन्दै त्यतातिर नलाग्ने बताएका हुन् । उनले भने, ‘अधिकांश कुरामा मेरो असहमति छ, म कमसेकम […]
यो संविधानलाई कमजोर बनाउन दिइँन्न : प्रधानमन्त्री दाहाल

बाबुराम सीग्देल काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट निर्मित संविधानमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन नदिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आज विश्वासको मत लिने क्रममा उनले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको भन्दै आउने दिनमा पनि […]
राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्री

२० असार, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष […]
रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ । उक्त रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको थियो । उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेको थियो । तर निवेदकको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको हो । न्यायाधीश पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा […]
सिरोहियालाई अदालत उपस्थित गराइँदै

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रोपटक म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ । म्याद थपका लागि उनलाई सोमबार धनुषा जिल्ला अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले बताए । सिरोहिया अहिले जनकपुरस्थित काब्या अस्पतालमा प्रहरीको निगरानीमा उपचाररत छन् । दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ […]
प्रधानमन्त्रीलाई सम्पादकहरूको संयुक्त पत्र

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तारबारे आफ्ना असहमतिसहित मुलुकका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त पत्र लेखेका छन् । बुधवार लेखिएको पत्रमा मङ्गलवार गिरफ्तार गरिएका सिरोहियाले कानुनविपरित कुनै कार्य गरेको भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्ने तर उनलाई जुन परिस्थितिमा जस्तो आरोप लगाएर गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको उल्लेख […]