Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

स्काउट ड्रेसमा बाँसबारीकाे जुत्ता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानीबन्धु भन्ने आँट गरुन् : रवि लामिछाने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले सरकार बनाएका कांग्रेस र एमाले दुई ठूला दलको टार्गेटमा आफ्नो दल परेको बताएका छन् । उनले भने,‘संसद्मा पछिल्लो सरकार बनेकोपछिको अभिव्यक्तिबाट स्पष्ट हुन्छ, सरकारमा रहेका दुई ठूला दलको नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी छ । प्रधानमन्त्रीको अभिव्यक्ति, हिजोको कांग्रेस महामन्त्रीको अभिव्यक्ति र आज विषायन्तर गर्न खोज्नुभएको एमालेका पूराना नेताको अभिव्यक्तिले के देखाउँछ भने अब यी नयाँलाई ठीक पार्नुपर्छ, यीनलाई आरोप लगाईदिनुपर्छ, एउटा एउटा कुरा लगाईदिएपछि अनि यीनलाई ठीक गरेपछिमात्रै हाम्रो जोगिन्छ भनेर मिलेको कुरा स्पष्ट हुन आउँछ ।’

प्रतिनिधिसभाको आजको बैठकको विषेश समयमा बोल्दै सांसद लामिछानेले संसद्को पछिल्लो गतिविधिले मुलुकको लागि आवश्यक रहेको दल नै रास्वपा हो भन्ने देखिएको सुनाए । उनले डक्ट्रिनको बारेमा भन्न केही नभएपनि एपटक होली वाईनको डक्ट्रिनको बारेमा सोध्न मन लागेको भन्दै एमालेका रघुजी पन्तलाई जवाफ फर्काए । उनले भने,‘मध्यरातमा खुफिया एजेन्सीका मान्छेसँग भेटिने त्यो डक्ट्रिन के हो ? त्योपनि जान्न मन छ । कुनै विचौलियाको घरमा मध्यरातमा बसेर सरकार चलाउने दस्तखत गर्ने डक्ट्रिनको बारेमा पनि कुनै दिन खुलेर कुराकानी गरौंला ।’

सभापति लामिछानेले आफू केही समय नबोलौं भनेर चुप लागेर बसेको भएपनि पछिल्लो समय संसद्मा आएका अभिव्यक्तिको कारण बोल्न बाध्य भएको सुनाए । उनले भने,‘मलाई थाहा छ, असार १५ मा खुवाईएको दहीले केहीबेर मुख बन्द भएको होला, तर लोकतन्त्रका हिमायती र यतिका सार्वभौम सांसदहरुको मुखमा दही जम्नेछैन् । कुनैदिन उहाँहरु बोल्नुहुनेछ । मलाई यो कुरामा विश्वास छ । दुई ठूला दलको मिलन एउटा खतराको घण्टी हो भनेर मैले भनेको छु । हिजो यहाँ कुराहरु आए, फाईल तिमीहरुले खोलेकै होईन, हामीले खोलेका हौं भनियो । ठीक छ, हामीलाई जस चाहिएकोपनि होईन । तर, काण्डपनि हामीले नै गरेको हो भनेर भनिदिएको भए राम्रो हुन्थ्यो । ३०औं वर्षमा आफैंले गरेको भनिदिएको भए हुन्थ्यो ।’

कैलाश सिरोहियाको नागरिकता प्रकरणमा अझैपनि अनुसन्धान जारी रहेको लामिछानेको भनाई छ । सिरोहिया पक्राउ प्रकरणबारे विश्वप्रकाश शर्माले ‘खुदा पहाड, निक्ला चुहा’ भनेर भनेको प्रसंगमा लामिछानेले यस्तो भनेका हुन् ।

उनले बाँसबारी छालाजुत्ता कारखानाको विषयपनि अझैसम्म अनुसन्धानमा रहेको सुनाए । उनले भने,‘हाजिरी जमानीमा कोही छुटेका छन्, फेरि त्योपनि केही होईन भनेर उहाँले भनिदिनुहोला । टिकापुर जग्गा काण्डपनि अनुसन्धानको क्रममा छ । सम्मानित सदनलाई थाहा हुनुपर्छ यो कुरा । विभिन्न प्रकरणमा अनुसन्धान भैरहेको छ । फाईल म उहाँहरुलाई जिम्मा लगाउन चाहन्छु । हामी कुनै जस लिन चाहँदैनौं । तर, अनुसन्धानमा रहेको विषयलाई केही पनि होईन, पूर्वाग्रह साँधेको भनियो । त्यसप्रति गम्भीर ध्यानाकार्षण गराउन खोजेको हो ।’

उनले यही सदनमा सहकारी बन्धु भनेका साथीहरुले अब त्यो भाषा बन्द गरेको हेर्न नचाहेको भन्दै गगन थापा र विश्वप्रकाश शर्मालक्षित टिप्पणी गरे । उनले भने,‘स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानीबन्धु भन्ने आँट गरुन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • १७ घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • १८ घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • १८ घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved