Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

हसिनाको बहिर्गमनसँगै बंगलादेशमा राजनीतिक नयाँ मोड, पूर्वप्रधानमन्त्री बेगम खालिदालाई रिहा गर्न राष्ट्रपतिको आदेश

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

एजेन्सी । बंगलादेदेशमा दुई दशकभन्दा लामो समयदेखिको राजनीतिक प्रभाव अन्त्य गर्दै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि राजनीतिले नयाँ मोड लिएको छ । हाल ७६ वर्षकी हसिना देश छोडेर भारत पुगेको विवरण आएका छन् ।

सेना प्रमुखले अन्तरिम सरकार गठन गरिने बताएका छन् । सोमबार साँझ राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइ गर्न आदेश दिएका छन् । राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन् ।

शहाबुद्दिनले आफूले सेना प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक गरेको जानकारी दिएका छन् । बंगलादेदेशका राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने बताए । तर सरकार कसको नेतृत्वमा बन्छ भन्ने स्पष्ट हुन बाँकी छ।

राजनीतिक शून्यता

हसिनाको बहिर्गमनसँगै बंगलादेदेशको राजनीतिमा शून्यता सिर्जना भएको छ । यसअघि हसिनाको अवामी लीग र विपक्षी बंगलादेदेश न्याश्नल पार्टीबीच प्रतिस्पर्धाको राजनीति रहेको यो देशमा एकाएक शून्यताको अवस्था सिर्जना भएको छ ।

बंगलादेदेशमा कैयौँ पटक सैन्य कू भएको थियो । सबैभन्दा पछिल्लो पटक सन् २००७ मा यहाँ सैन्य कू भएको थियो ।पछिल्लो राजनीतिक उथलपुथलमा सेनाले देखाएको धैर्यको अमेरिकाले प्रशंसा गर्दै अन्तरिम सरकारको गठनमा जोड दिएको छ ।

युरोपेली संघले पनि प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित सरकारलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न आग्रह गरेको छ । यो क्षेत्रकै शक्तिको रूपमा रहेको छिमेकी देश भारतले भने पछिल्लो घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

हर्षोल्लास र हिंसा

सेन्टर फर पोलिसी डाइअलगका वरिष्ठ अर्थशास्त्री देवप्रिया भट्टाचार्यले प्रधानमन्त्री हसिनाको राजीनामाले सडकमा हर्षोल्लास छाएको बताइन् ।

उनका अनुसार हसिनाको राजीनामासँगै बंगलादेदेशमा अल्पसङ्ख्यक हिन्दूमाथि आक्रमण बढेको छ र नयाँ प्रशासनका लागि चुनौती बढेको छ । पद त्याग गर्दै हसिना विदेश पलायन भएको समाचारसँगै उत्साहित प्रदर्शनकारीहरूको भिड सोमवार प्रधानमन्त्री निवासमा प्रवेश गर्योर् ।

केही व्यक्तिले त्यहाँ लुटपाट समेत गरेको विवरणहरू आएका छन् । प्रदर्शनकारीहरू प्रधानमन्त्रीको निवासबाट फर्निचरका सामग्री बोकेर निस्कँदै गरेका देखिएका थिए । सोमबार अनियन्त्रित भीडले सरकारी कार्यालयहरूमा आक्रमण गर्नुका साथै आगजनी समेत गरेको थियो ।

प्रदर्शनकारीहरूले शेख हसिनाका पिता तथा स्वतन्त्र बंगलादेदेशका संस्थापक शेख मुजिबुर रहमानको सालिकमा पनि तोडफोडको प्रयास गरेका थिए । सोमबार सहरभरि सेना र प्रहरी परिचालन भएका थिए। मोबाइल फोन र इन्टरनेट समेत कैयौँ घण्टासम्म अवरुद्ध भएका थिए ।

सोमबारको हिंसामा पनि दर्जनौँ मानिसहरू मारिएको विवरण आए पनि हताहत हुनेको संख्या यकिन हुन बाँकी छ । समाचार संस्था एएफपीले कम्तीमा ६६ जना मारिएको जनाएको छ भने स्थानीय ढाका ट्रिब्यूनले १३५ जनासम्म मारिएको उल्लेख गरेको छ । बंगलादेदेशमा हिंसा सुरु भएपछि अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका छन् ।

हसिनाको परिवार राजनीतिमा नफर्किने

हसिनाका सहयोगीहरूका अनुसार उनी अब देशको राजनीतिमा नफर्किने निष्कर्षमा पुगेकी छन् । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना २० वर्ष देशको प्रधानमन्त्री बनेकी थिइन् ।

यसपालि पदत्याग गर्न बाध्य हुँदा उनी निरन्तर १५ वर्षदेखि प्रधानमन्त्री थिइन् । हसिनाका छोरा सजीब अहमद वाजेद जोयले परिवारको आग्रहमा हसिनाले आफ्नो सुरक्षाका लागि देश छोडेको बताएका छन् ।

हसिनाले राजीनामा नदिउन्जेलसम्म जोय प्रधानमन्त्रीका सल्लाहकार पनि थिए । अहिले उनी अमेरिकामा छन् । उनले आफ्नी आमा अब राजनीतिमा नफर्किने संकेत बीबीसीको न्यूजआवरसँग गरे । उनका अनुसार आफूले कडा परिश्रम गरेको भए पनि अल्पमत उनीविरुद्ध उठेको देखेर हसिना दुःखित भएकी थिइन् ।

‘मलाई लाग्छ, अब सकियो, मेरो परिवार र हामीले धेरै खेप्यौँ’, उनले हसिनाको कार्यकालको प्रतिरक्षा गर्दै भने, ‘उहाँले बाङ्ग्लादेशको कायापलट गर्नुभयो, उहाँ सत्तामा आउँदा बाबंगलादेदेशलाई विफल राज्य मानिन्थ्यो, यो गरिब देश थियो, आजसम्म यसलाई एशियाको उदीयमान बाघमध्ये एक मानिन्थ्यो, उहाँ निकै दुःखित हुनुहुन्छ ।’– बीबीसी नेपाली

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • १ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • २ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • २ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved