काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् ।


प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा शुक्रबार बस्ने परिषद् बैठकको तयारी र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार साँझका लागि राखिएको बैठक परिषद्को बैठक स्थगित भएको थियो ।











