विवादास्पद गतिविधिमा मुछिएको व्यक्तिले गरेकाे जग्गादान स्वीकार्नु गलत : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विवादित व्यवसायीलाई पार्टी कार्यालय निर्माणको जिम्मा दिने कार्य मार्क्सवादी र लेनिनवादी आदर्श, सिद्धान्त र मूल्य मान्यता विपरित रहेको बताएका छन् । भ्रष्टाचारलाई मुख्य विषयवस्तु बनाएर निर्माण भएको फिल्म ‘छक्कापञ्जा ५’ हेरेपछि बुधबार बेलुका संचारकर्मीसँग कुरा गर्दै नेता रावलले सत्तारुढ एमालेको यो कुरालाई फिल्मले कटाक्ष गरेको बताए । ‘एमालेले […]

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे दुई विधेयक प्रमाणित

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन् । बुधवार अध्यक्ष दाहालले ती विधेयक प्रमाणित गरेका हुन् । आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका लागि शीतल निवास पठाइने दाहालको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेले प्रमाणीकरण गरेपछि ऐन प्रारम्भ हुनेछ।

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । आज हुने भनिएको पत्रकार सम्मेलन पनि केन्द्रीय समिति बैठक पश्चात् आइतबार २ः३० बजे हुने सो पार्टीले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीका नेताहरूको चीन भ्रमण, पार्टी […]

चितवनलाई चिनाएको क्यान्सर अस्पताल

कावासोती । पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण निधन भएको थियो । नेपालमा अस्पताल नहुँदा विदेशमा उपचार गर्नुपर्ने बाध्यता थियो । बिपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उहाँले चीन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री ली फङ्गसँगको भेटमा नेपालमा क्यान्सर अस्पताल स्थापनाका लागि आग्रह गर्नुभएको थियो । तत्कालीन समयमा नेपाली कांग्रेस चितवनका सभापति रहनुभएका टेकप्रसाद गुरुङका […]

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका : मंसिर २ मा उम्मेदवारी दर्ता

काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाकाअनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यही दिन दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । उल्लिखित सूचीमा रहेका उम्मेदवारको […]

न्यूयोर्कमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणा सहभागी हुने भनिएको कार्यक्रम स्थगित

काठमाडौं । न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सहभागी हुने भनिएको कार्यक्रम स्थगित भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओेली र परराष्ट्र मन्त्री डा. राणाको स्वागत गर्न आयोजित कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो । नेपाली महावाणिज्य […]

एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शंकर पोखरेलद्वारा जारी ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ मा पार्टीको कुनै पनि कमिटीमा अधिवेशनमा उठ्ने उम्मेदवारले प्यानल बनाउन नपाइने उल्लेख गरिएको छ । ‘प्रत्येक उम्मेदवारले आफूलाई व्यक्तिगत रूपमा मतदातासमक्ष प्रस्तुत गर्ने । कसैले पनि […]

गणेशमानको २७औं स्मृति दिवस मनाइयो मनाइयो

कावासोती । नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा बुधबार बिहान शोभाभगवतीमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । सिंहका छोरासमेत रहेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । नागरिकलाई अधिकार सम्पन्न सिंहले १५ वर्षभन्दा लामो जेल […]

राप्रपाले ४० वर्षमुनिका २० युवालाई बनायो केन्द्रीय सदस्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ । राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवलाई केन्द्रीय कार्यसमितिमा लैजान बनेको छनोट समितिले विभिन्न आधारमा छनोट गरेका युवाहरुलाई अन्तर्वार्तापछि १० महिना र १० पुरुषलाई केन्द्रीय सदस्यमा छनोट गरेको थियो । अन्तर्वार्तापछि मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसी पनि केन्द्रीय […]

आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । आइतबार तय भएको बैठक नेकपा माओवादीले ‘हिंसा’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउन माग गर्दै विवाद भएपछि सञ्चालन हुन नसकेर आजको लागि सारिएको हो । तर, आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक भने चल्न दिन माओवादी केन्द्र सकारात्मक भएपछि […]