पीडामा परेका प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ : रमेश लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पीडामा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि टिप्पणी गरेर थप पीडा दिन नहुने बताएका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले विश्वासको लिन बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लेखकले पीडामा भएको मान्छेमाथि टिप्पणी गर्दा ज्यादा पीडित हुने भन्दै त्यतातिर नलाग्ने बताएका हुन् । उनले भने, ‘अधिकांश कुरामा मेरो असहमति छ, म कमसेकम […]
यो संविधानलाई कमजोर बनाउन दिइँन्न : प्रधानमन्त्री दाहाल

बाबुराम सीग्देल काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट निर्मित संविधानमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन नदिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आज विश्वासको मत लिने क्रममा उनले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको भन्दै आउने दिनमा पनि […]
राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्री

२० असार, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष […]
रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ । उक्त रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको थियो । उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेको थियो । तर निवेदकको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको हो । न्यायाधीश पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा […]
सिरोहियालाई अदालत उपस्थित गराइँदै

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रोपटक म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ । म्याद थपका लागि उनलाई सोमबार धनुषा जिल्ला अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले बताए । सिरोहिया अहिले जनकपुरस्थित काब्या अस्पतालमा प्रहरीको निगरानीमा उपचाररत छन् । दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ […]
प्रधानमन्त्रीलाई सम्पादकहरूको संयुक्त पत्र

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तारबारे आफ्ना असहमतिसहित मुलुकका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त पत्र लेखेका छन् । बुधवार लेखिएको पत्रमा मङ्गलवार गिरफ्तार गरिएका सिरोहियाले कानुनविपरित कुनै कार्य गरेको भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्ने तर उनलाई जुन परिस्थितिमा जस्तो आरोप लगाएर गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको उल्लेख […]
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलन, हिनामिना र ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सहमत भएका प्रमुख दल समितिको कार्यादेश (टीओआर) मा पुगेर अड्किएका छन् । शनिबार साँझ बालुवाटारमा सत्ता र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेता संसदीय छानबिन समिति गठन गर्न सहमत भएका थिए । सोही सहमति अनुसार सत्ता र प्रतिपक्षबाट चार सदस्यीय कार्यदल […]
इलाम उपनिर्वाचन : रास्वपा र एकीकृत समाजवादीसहित १६ उम्मेदवारको जमानत जफत

कावासोती । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी तथा एकीकृत समाजवादीसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ। आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार रास्वपाका मिलन लिम्बू तथा एकीकृत समाजवादीका जितबहादुर राईसहित १६ उम्मेदवारको जमानत जफत भएको हो। निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० […]
इलाम–२ : लिम्बू, खड्का र नेम्वाङले गरे मतदान

इलाम, वैशाख १५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आविमा रहेको मतदान स्थलमा मतदान गरेका छन् । माङसेबुङ २ स्थयी घर भएका लिम्बूले जनताकल्याण आवि मा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन् । सोही मतदान स्थलको क केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले समेत […]
भारतमा लोकसभाको निर्वाचन सुरु

नयाँ दिल्ली । भारतमा लोकसभाको निर्वाचनको पहिलो चरणको मतदान सुरु भएको छ । शुक्रबार बिहान ६ बजेदेखि देशका २१ राज्य र केन्द्र प्रशासित प्रदेशमा १०२ सिटका लागि मतदान सुरु भएको छ । मतदान साँझ ६ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा अरुणाचल प्रदेश (६० सिट) र सिक्किम (३२ सिट)मा पनि विधानसभा […]