समूहगत छलफलको निष्कर्ष : व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्छ
१६ असोज, काठमाडौं । नेतृत्वले विधान महाधिवेशनलाई केपी शर्मा ओलीमय बनाउने प्रयास गरिरहेका बेला प्रतिनिधिहरुले भने व्यक्ति नभई पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा भएको समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा टोली नेताहरुले पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्टि पोखेका छन् । केन्द्रीय निकाय तथा विभागहरुका तर्फबाट टोली नेता […]
एमालेले आगामी निर्वाचनपछि बहुमतको सरकार बनाउने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ७३ पेज लामो राजनीतिक प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्तिको रुपमा स्थापित गर्ने उल्लेख छ। ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत मिचिएको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने […]
पार्टीमा रूपान्तरण आवश्यक छ: पौडेल

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताएका छन् । पार्टी कार्यक्रमका लागि तनहुँ पुगेका वरिष्ठ नेता पौडेलले शुक्रबार पार्टी लोकतन्त्रको मर्ममा चल्न नसकेको भन्दै रूपान्तरण आवश्यक भएको बताएका हुन् । ‘पार्टीमा पुस्तान्तरणको बहस भइरहेको छ । तर, हुनुपर्ने रूपान्तरणको हो,’ पौडेलले प्रश्न गरे, ‘अहिलेको पार्टी सञ्चालन कसरी […]
‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार

सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् । बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसद्देखि अन्य राष्ट्रिय राजनीतिक मुद्दामा अल्झिएको गाँठो फुकाउने प्रयास गरेका देउवाले त्यो प्रयासलाई अझै जारी राख्ने निष्कर्षमा पुगेका हुन् । सत्ता गठबन्धन आबद्ध राष्ट्रिय […]
संसद् चल्न नदिने रणनीतिमा एमाले

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनुपरेको कुण्ठा र आक्रोशका […]
नवलपुरमा नेपाली कांग्रेसको गाउँ तथा नगर अधिवेशन सकियो ।

कावासोती। नवलपुरमा नेपाली कांग्रेसको गाउँ तथा नगर अधिवेशन सकिएको छ । मध्यविन्दु नगरपालिकाको मतगणनाको अन्तिम परिणाम आज घोषणा गरिएसँगै सबै पालिकाहरुमा नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले कावासोतीमा शालिकराम ढकाल, मध्यविन्दुमा दोमन भण्डारी, हुप्सेकोटमा बलबहादुर राना, विनयी त्रिवेणीमा अजित कुमार थापा, बौदिकालीमा खडक बहादुर (केवी) राना , बुलिङटारमा ओमकुमार श्रेष्ठ ,गैँडाकोटमा बद्री सापकोटा र […]
मन्त्रीमण्डल विस्तारको तयारी सुरू

काठमाडौं । सरकारका गठन भएको साढे दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् । सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् । सत्ता गठबन्धनमा रहेका चार दलबीच कांग्रेसले सात मन्त्रालय र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ६÷६ मन्त्रालय […]
काँग्रेस महाधिवेशन : देवचुली नगर सभापतिमा कडरिया विजय

देवचुली, नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको देवचुली नगर समितिको निर्वाचनमा डिल्लीराम कडरिया रोमाञ्चक तवरले सभापतिमा विजयी भएका छन् । उनले आफ्ना समकक्षी रविलाल सापकोटासँगको प्रतिस्पर्धामा गोलाप्रथाबाट विजयी भएका हुन् । मतदानको नतिजा घोषणा गर्दा दुवै उम्मेदवारले समान १ सय ४७ मत प्राप्त गरेका थिए । समान मत प्राप्त गरेपछि सभापतिको चयन गर्न गोलाप्रथा गर्नुपरेको […]
बुलिङटारमा ओमकुमार श्रेष्ठ सर्वसम्मत सभापतिमा चयन

नवलपुर । नेपाली काँग्रेस बुलिङटारको गाउँकार्यसमितिको सभापतिमा ओमकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी उपसभापतिमा शेरबहादुर खाँड ठकुरी र मिनबहादुर आलेमगर, सचिवमा मनप्रसाद रानाभाट र प्रदिप कंडेल, सहसचिवमा सोमबहादुर पुलामी मगर र कान्त बहादुर आलेमगर सर्वसम्मत चयन भएको नवनिर्वाचित सभापति श्रेष्ठले अनलाईन सेरोफेरोलाई जानकारी गराउनुभएको छ ।
काँग्रेस अधिवेशन : कास्कीका पाँच पालिकामा को–को भए विजयी ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका पाँच स्थानीय तहमध्ये पोखरा महानगर, मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा मतदानमार्फत पदाधिकारी चयन भएका छन् भने अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । नगर अधिवेशनबाट पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । निर्वाचनमा […]