Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एमालेले आगामी निर्वाचनपछि बहुमतको सरकार बनाउने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ७३ पेज लामो राजनीतिक प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्तिको रुपमा स्थापित गर्ने उल्लेख छ।

ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत मिचिएको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने पनि उल्लेख गरेका छन्। राष्ट्रियताको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा र राष्ट्रिय स्वाभिमानको अभिवृद्धिका लागि एमाले बहुमत प्राप्त पहिलो शक्ति हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ओलीले वडा, पालिका र निर्वाचन क्षेत्र तहमा निर्वाचनको तयारीका काम तीव्र पार्न कार्यकर्ता परिचालन र संगठन निर्माणमा ध्यान दिने उल्लेख गरेका छन्।

मतदाता नामावली चुस्त राख्ने, विगत निर्वाचनमा विजयी भएका स्थानमा पार्टीले गरेका काम, प्राप्त गरेका उपलब्धि र पहलबारे व्यवस्थित सामग्री तयार पारेर जनताको बीचमा स्थापित गर्ने, शक्ति सन्तुलनको अवस्था, विपक्षी रणनीति र जनभावनाको सूक्ष्म अध्ययन र विश्लेषण गर्ने उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीले बहुमतको सरकारलाई नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन एमालेकै नेता माधवकुमार नेपालले असफल बनाएको उल्लेख गरेका छन्। ‘२०७४ फागुन ३ गते हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन हुँदाको उत्साहपूर्ण वातावरण, परिस्थिति, नयाँ प्रणाली संविधानतः संस्थागत हुँदै गरेको अवस्था, बहुमतको सरकारले खडा गरेको राजनीतिक स्थिरताको आधार, सुरुवात हुँदै गरेको समृद्धिको यात्रामा आज अवरोध सिर्जना भएको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ८ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ८ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved