रुपन्देही गोली काण्ड : अतिक्रमणकारीलाई नछाड्ने गृहको चेतावनी

रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जा गर्ने प्रयास गरेको भन्दै सरकारले सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ। गृह मन्त्रालयमा गृहमन्त्रीसहितको उपस्थितिमा भएको सुरक्षा बैठकले मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जाको प्रयास गरेको निष्कर्ष निकाल्दै सुरक्षाकर्मीलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको हो। बैठकले वास्तविक सुकुमबासीभन्दा पनि […]

देउवा सरकार बन्न सकेन ‘समावेशी’

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर पनि सरकार भने समावेशी चरित्रको नदेखिएको हो । देउवाको नेतृत्वमा गत २९ असारमा सरकार गठन भएको थियो । ८८ दिनमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । […]

सरकारले चार विधेयक फिर्ता लिने

संसद्मा रहेका चार विधेयकलाई फिर्ता लिने प्रक्रिया सुरु भएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले संघीय संसद्मा रहेका चार विधेयक फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार संसद्मा सचिवालयमा चार विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी पत्र पठाएको हो। सरकारले विधेयक फिर्ता लिने जानकारी संसद्मा पठाएपछि संसद्को सम्पत्ति बनेका विधेयक संसद्को प्रक्रियाबाटै फिर्ता हुनेछन् भने […]

माओवादीले मन्त्री छान्यो, अरूमा रडाको

स​त्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ। नेकपा (एकीकृत समाजवादी) ले भने मन्त्रालय भागबण्डामै असन्तुष्टि जनाएको छ। मन्त्री बाँडफाँटमा सन्तुलन नमिलेको भन्दै एसले आफ्नो तर्फबाट मन्त्री बन्नेको नामसमेत चयन गरेको छैन। असन्तुष्टिका कारण मन्त्री छनौटको गृहकार्य पनि पार्टीले थालेको छैन। ‘मन्त्रालयको बाँडफाँटमा सन्तुलन […]

सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट, मन्त्रिपषिद्को पूर्णता कहिले ?

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित भएको छैन। ‘मन्त्रालयको भागबन्डामा सहमति भएको छ,’ एक नेताले भने, ‘तर घटस्थापनाअघि मन्त्रिपरिषद्ले पूर्णता पाउने देखिँदैन।’ सहमतिअनुसार नेपाली काँग्रेसले प्रधानमन्त्रीसहित आठ मन्त्रालय पाउने भएको छ। माओवादी केन्द्रले […]

तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री देउवालाई दबाब

नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफलमा जुटेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सोमबार भएको भेटमा आफ्नो दल कांग्रेस, सरकार र सत्तारुढ गठबन्धनको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकालेका हुन्। निधि निवास बानेश्वरमा भएको तीन […]

कांग्रेसको काठमाडौं महानगर सभापतिमा नीलकाजी विजयी

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आइतबार भएको मतदानमा मतगणनामा प्रकाशमान सिंह-गगन थापा समूहको प्यानल नै विनयी भएको छ । नगर सभापतिमा निर्वाचित शाक्यले ७९६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन समूहका उम्मेदवार प्रगतिमान रञ्जितले ३२९ मत मत पाए । उपसभापतिमा सन्तकुमार महर्जन […]

यस्ता छन् एमालेको विधान अधिवेशनबाट पारित १६ बुँदे प्रस्ताव

१७ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आइतबार सकिएको छ । असोज १५ गते शुरु भएको विधान अधिवेशनले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आयोजित विधान महाधिवेशनमा देशभरबाट […]

एमालेमा सर्वसम्मत नेतृत्व चयन तयारी

एमाले विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरू दसौं महाधिवेशनबाट पार्टी अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन गर्ने तयारीमा लागेका छन्। पार्टी विभाजनको पीडा भोगेका प्रतिनिधिहरूले विधान महाधिवेशनमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि सुझाव दिने क्रममा पदाधिकारीको संख्या बढाउनुपर्ने र सबै पक्षका नेताहरूलाई समेटेर बलियो पार्टी बनाउनुपर्ने बताएका छन्। अध्यक्षसहित कम्तीमा पदाधिकारीहरू सर्वसम्मत चयन गर्ने व्यवस्था गरिए पार्टी बलियो हुने उनीहरूको […]

प्रधानमन्त्रीलाई झुक्याएर छानबिन समिति

मन्त्रालयमा मन्त्री नभएका बेला कर्मचारीहरूले कसरी आफूलाई कार्यक्षेत्र बाहिरसमेत सक्रिय बनाउँछन् भन्ने गतिलो उदाहरण फेला परेको छ। गत साता मुलुकमा भएको एउटा विमानको आकस्मिक अवतरणको आडमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बेवास्ता गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नै मन्त्रालयका सहसचिवको नेतृत्वमा एउटा छानबिन समिति गठन गरेको छ। विभागीय मन्त्रीका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका […]