कावासोती। नवलपुरमा नेपाली कांग्रेसको गाउँ तथा नगर अधिवेशन सकिएको छ । मध्यविन्दु नगरपालिकाको मतगणनाको अन्तिम परिणाम आज घोषणा गरिएसँगै सबै पालिकाहरुमा नयाँ नेतृत्व चयन भएको छ ।


अधिवेशनले कावासोतीमा शालिकराम ढकाल, मध्यविन्दुमा दोमन भण्डारी, हुप्सेकोटमा बलबहादुर राना, विनयी त्रिवेणीमा अजित कुमार थापा, बौदिकालीमा खडक बहादुर (केवी) राना , बुलिङटारमा ओमकुमार श्रेष्ठ ,गैँडाकोटमा बद्री सापकोटा र देवचुलीमा डिल्लिराम कडरियाको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।












