गोरखाका ११ पालिकामा नेतृत्व चयन, पाँच वटामा निर्वाचन

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत गोरखाका ११ वटै पालिकामा नेतृत्व चयन भएको छ । शनिबार भएको महाधिबेशनमा ६ वटा पालिकामा सर्वसम्मत र ५ वटामा निर्वाचनबाट नेतृत्व चयन गरिएको गोरखा काँग्रेसले जनाएका छ । गोरखा नगरपालिकाको सभापतिमा चन्दनबाबु खत्री निर्वाचित भएका छन् । सचिवमा सावित्रा थापा मगर र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।पालुङ्टारको सभापतिमा […]

अध्यादेश निष्क्रिय : सरकारले ल्यायो विधेयक

समयमा प्रतिस्थापन विधेयक ल्याउन नसक्दा निष्क्रिय भएका दुई अध्यादेशका व्यवस्थालाई निरन्तरता दिन सरकारले नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । बुधबार मध्यरातबाट निष्क्रिय भएका फौजदारी कसुर र फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश र यौन हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेशकै व्यवस्था समेटेर नयाँ विधेयक दर्ता गरिएको हो । कानुन न्याय तथा संसदीय मामिला […]

एमाले सांसद सोम पाण्डे र शारदा भट्टले एकीकृत समाजवादी रोज्न पाउने

२९ भदौ, काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । माधवकुमार नेपाल नेतृत्वमा […]

भक्तपुर, ताप्लेजुङ र हुम्लामा एकीकृत समाजवादी गठन

२७ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । नेता बस्नेत यसअघि गठन गरिएको नेकपा (एमाले)को समानान्तर जिल्ला समितिका सचिव थिए । समितिको उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ, […]

एमालेको विधान महाधिवेशनको मिति परिवर्तन, ३ हजार प्रतनिधिले भाग लिने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशनको मिति परिवर्तन गरिएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशनको मिति तय गरिएको सचिब योगेश भट्टराइले जानकारी दिए । उनले समय अपुग भएकाले यसअघि तोकिएको मिति परिवर्तन गरिएको बताए । उनका अनुसार विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म काठमाडौंमा हुने जानकारी दिए । […]

एमालेको माग कसैले पनि हल गर्न सक्दैन : गगन थापा

२५ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेकपा एमालेको माग कसैले हल गर्न नसक्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘सभामुख नै मान्दिन, सांसद नै मान्दिन, यो संसदभित्र आएको सदस्यलाई म चिन्दै चिन्दिन, त्यसको आधारमा संसद चल्न दिन्न भनेपछि यहाँ कसैले पनि संवाद […]

वीपी कोइरालाको १०८औं जन्मजयन्ती मनाइँदै

२४ भदौ, काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०८औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । वीपी जयन्तीका अवसरमा कांग्रेस, भातृ एवं शुभेच्छुक संस्था र सुन्दरीजलस्थित वीपी संग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । कांग्रेसले १४ महाधिवेशनसँगै वीपी जयन्ती मनाउने भएको छ । यस अवसरमा […]

रोष्टममा उक्लिने एमाले सांसद चौधरीको प्रयास

२३ भदौ, काठमाडौं । सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकी एक सांसद रोष्टममै उक्लिने प्रयास गरेकी छन् । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे । बैठकपछि सहमतिको प्रयासमा छलफल पनि भएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँछु’ भनेको एमाले सांसदहरु […]

नेपाली काङ्ग्रेस वडा अधिवेशन : देवचुली ४ को वडा सभापतीमा दीपेन्द्र थापा , समिती सर्वसम्मत

नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तर्गतको वडा समितिको चयन हुने क्रम जारी रहँदै गर्दा नवलपरासी पूर्वमा अहिले समिती निर्माण भईरहेका छन् । देवचुली नगरपालिकाका केही वडामा सर्वसम्मत समिती गठन भएका छन् । वडा नं ४ मा दिपेन्द्र थापालाई सर्वसम्मत वडा सभापति चयन गरिएको छ। समितिको सहसभापतीमा भिमचन्द्र गुरुङ्ग र बैकुण्ठ लम्साल  चयन हुनुभएको छ। यसैगरी सचिवमा […]

जनताका छोराछोरीले शासन गर्ने र राजसंस्था अभिभावक रहने व्यवस्था गर्नुपर्छ : कमल थापा

२० भदौ, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले जनताका छोराछोरीले शासन गर्ने र राजसंस्था अभिभावकको रुपमा रहने गरी शासन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश (ख) को पार्टी कार्यालयको मनहरीमा उदघाटन गर्दै थापाले सो कुरा बताएका हुन् । महालेखा परीक्षकको प्रतिवेदनले मुलुकमा ब्रम्हलुटको अवस्था देखाएको भन्दै थापाले […]