Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

काँग्रेस अधिवेशन : कास्कीका पाँच पालिकामा को–को भए विजयी ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका पाँच स्थानीय तहमध्ये पोखरा महानगर, मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा मतदानमार्फत पदाधिकारी चयन भएका छन् भने अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।

नगर अधिवेशनबाट पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । निर्वाचनमा खसेको एक हजार ३४४ मतमध्ये सभापतिमा निर्वाचित विजुक्छेले ४१४ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले ३४६ मत पाए । सभापति पदका अर्का उम्मेदवार रामराज लामिछानेले २०९, मिलन तिवारीले १५०, मोहन बाँस्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गरे ।

यसैगरी उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन् । सचिवमा टुवराज बाँस्तोला र गणेशबहादुर थापा, सहसचिवमा संघर्ष कोइराला र सञ्जय आले विजयी भएका छन् । कास्कीको मादी गाउँपालिकाको सभापतिमा यमबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले देवीजङ्ग गुरुङलाई एक मतको अन्तरले पराजित गरे । निर्वाचनमा खसेको २०४ मतमध्ये यमले ९३ र देवीजङ्गले ९२ मत प्राप्त गरेका थिए ।

यस्तै, उपसभापतिमा लीलामोहन कुइँकेल र कृष्णचन्द्र बराल, सचिवमा भोजबहादुर गुरुङ र देवीजङ्ग गुरुङ विजयी भएका छन् । पार्टीको सहसचिवमा तेज रानाभाट र बोधबहादुर ढकाल विजयी भएको कास्की काँग्रेसले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाको पार्टी सभापतिमा मनोपति भण्डारी निर्वाचित भएका छन् । उपसभापतिमा सुशील भट्टचन र गौमाया नेपाली, सचिवमा कृष्णप्रसाद अधिकारी र विजय गुरुङ, सहसचिवमा ध्रुव घले सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै रुपा गाउँपालिकाको सभापतिमा बिमलबाबु न्यौपाने, उपसभापतिमा बुद्धिबहादुर खड्का र गेसबहादुर गुरुङ, सचिवमा शंकरलाल श्रेष्ठ र विकल ओझा, सहसचिवमा निर्मल केसी र विकास ओझा निर्वाचित भएका छन् । अन्य सदस्य पनि सर्वसम्मत निर्वाचित भएको कास्की काँग्रेसले जनाएको छ ।

माछापुच्छ्रे गाउँ कार्यसमितिको अधिवेशनमा वीरेन्द्र गुरुङ सभापति निर्वाचित भएका छन् । उपसभापतिमा रामबहादुर गुरुङ र मीनबहादुर गुरुङ, सचिवमा केशवराज अधिकारी र सञ्जय लम्साल, सहसचिवमा महादेव गुरुङ र बालकृष्ण गौतम निर्वाचित भएका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • २३ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • २३ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved