Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ घण्टा अगाडि

काठमाडौं । एमाले नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । ६६ वर्षीय अधिकारीले सामाजिक सन्जाल फेसबुकमार्फत् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् । पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालिन भएर काम गरेको र ३३ वर्ष एमालेको केन्द्रीय सदस्य बनेको जानकारी गराउँदै उनले कहिल्यै नेता नबनेको उल्लेख गरेका छन् ।

‘म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ । समाज बदल्न हिंडेको वास्तबिक झोले कार्यकर्ता थिएँ,’ उनले लेखेका छन्, ‘मैले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते गरिनँ ।’

आफूले इमान, निष्ठा र समर्पणकासाथ काम गरेको जिकिर गर्दै उनले लेखेका छन्, ‘तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थरुपमा गरें, म ल्यांगल्यांगे कार्यशैलीको विरोधी हुँ, जसरी पनि जिम्मा पुरा गर्ने मेरो कार्यशैली रह्यो ।’

सपना असल कम्युनिष्ट बन्ने भए पनि सबै मानकहरु पुरा गर्न नसकेको उनले बताएका छन् । अब पार्टीका कुनै पनि कमिटी र निकायमा नरहने जानकारी गराउँदै उनले आफूले यो निर्णय खुसीका साथ लिएको बताएका छन् ।

‘अब पार्टीका कुनै पनि कमिटी र निकायमा रहने छैन । साधारण सदस्य रहेर पार्टी, समाज र देशका हितमा यथासम्भव काम गरिरहनेछु,’ उनले भनेका छन्, ‘गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गरेर, खुसीले, ६६ वर्षको उमेरमा सक्रिय राजनीतिबाट बिदा भएको छु ।’ उनले लामो राजनीतिक जीवनमा भएका भूलचुकप्रति क्षमा पनि मागेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • १ घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २२ घण्टा अगाडि
UML555555555555

यी हुन् एमालेमा विजयी पदाधिकारी, कसले कति...

  • २३ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved