Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

दिव्यपुरी खानेपानी संस्थाको अध्यक्षमा पवनकुमार बुढाथोकी

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ महिना अगाडि

दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा पवनकुमार बुढाथोकी निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संस्थाको नयाँ कार्यसमिति चयनसम्बन्धी निर्वाचनमा उहाँले आफ्ना प्रतिस्पर्धी तिलप्रसाद पाठकलाई २०७ मतको अन्तरले पराजित गर्दै नेतृत्व हात पार्नुभएको हो ।

कुल २४८९ मतदाता रहेको उक्त संस्थाको निर्वाचनमा १७३० मत खसेको थियो । अध्यक्ष पदको प्रतिस्पर्धामा बुढाथोकीले ७१७ मत प्राप्त गर्नुभयो भने पाठकले ५१० मत ल्याउनुभयो । यसैगरी तेस्रो उम्मेदवार पुरुषोतम गैरेले ३९७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

उपाध्यक्ष पदमा पृथ्वी सारु निर्वाचित हुनुभएको छ । उहाँले ५७४ मत प्राप्त गर्दै महेन्द्रकान्त पौडेललाई पछि पार्नुभएको हो, जसले ५०२ मत ल्याउनुभएको थियो । सचिव पदमा सुरेन्द्र आचार्य विजयी हुनुभएको छ । आचार्यले ५४३ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी युवराज वाग्लेले ५३३ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्ष पदमा प्रेमाकुमारी खनाल निर्वाचित हुनुभएको छ । उहाँले ५५६ मत ल्याएर कान्ता पोखरेललाई पराजित गर्नुभएको हो, जसले ४९३ मत प्राप्त गर्नुभएको थियो । लेखा संयोजकमा रिपुबहादुर अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले ५८३ मत प्राप्त गर्दा भेषराज न्यौपानेले ४७४ मत ल्याउनुभएको थियो ।

महिला लेखा सदस्य पदमा मिनाकुमारी राई निर्वाचित हुनुभएको छ । उहाँले ५३१ मत प्राप्त गर्नुभयो भने सरस्वती सिग्देलले ५२६ मत ल्याउनुभयो । खुल्ला लेखा सदस्यमा गोपाल लम्साल विजयी हुनुभएको छ । लम्सालले ५१७ मत प्राप्त गर्दा बालकृष्ण कंडेलले ४९६ मत ल्याउनुभएको थियो ।

ब्लक सदस्यतर्फ ब्लक नं. १ बाट रुपनारायण महतो, ब्लक २ बाट टीकाराम भण्डारी, ब्लक ३ बाट हरिप्रसाद सुवेदी, ब्लक ४ बाट सावित्रा आचार्य, ब्लक ५ बाट प्रेमनारायण सिग्देल, ब्लक ६ बाट कमला रुचाल, ब्लक ७ बाट खुमनाथ लम्साल, ब्लक ८ बाट गोमा तिवारी र ब्लक ९ बाट कृष्णदत्त तिवारी निर्वाचित हुनुभएको छ ।

निर्वाचन परिणाम अनुसार अध्यक्ष बुढाथोकीसहित उपाध्यक्ष, सचिव र खुल्ला लेखा सदस्य उहाँकै प्यानलबाट निर्वाचित हुनुभएको हो । यस प्यानलबाट ब्लक १, ४, ७ र ९ का सदस्य विजयी भएका छन् । तिलप्रसाद पाठकको प्यानलबाट भने कोषाध्यक्ष, लेखा संयोजक, महिला लेखा सदस्य तथा ब्लक २, ३, ६ र ८ का सदस्य निर्वाचित भएका छन् । पुरुषोतम गैरेको प्यानलबाट ब्लक ५ सदस्य निर्वाचित भएका हुन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ७ घण्टा अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ८ घण्टा अगाडि
buddha-air

निर्वाचनको दिन आन्तरिक र वाह्य दुर्व हवाई...

  • ८ घण्टा अगाडि
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved