Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

रवि लामिछाने आज कारागार मुक्त हुने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २१ मिनेट अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रिहा गर्न आदेश दिएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बैंक जमानत स्वीकार गरी रिहा गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘अदालतबाट फैसला हुँदा ठहरे बमोजिम हुने नै हुँदा साथै फैसलाले बिगोका हकमा थप दायित्व सिर्जना गरेमा तिर्न बुझाउन मजुर भए सोको कागज गरी प्रस्तुत मुद्दाको रोहबाट थुनामुक्त गर्नू ।’

सहकारीको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट रकम प्रवाह भएको बिगोमध्ये दामासाहीले हुने बिगो बैंक ग्यारेन्टी राखी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार बैंक ग्यारेन्टी लिई मुद्दाको पुर्पक्ष गरिपाऊँ भनी माग गरेका थिए । सोही मागअनुसार लामिछानेले बचतकर्ताको बिगो प्राप्त गर्ने सुनिश्चितता गरेको देखिएकाले बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता हुने ठहर गरी बैंक जमानत स्वीकार गरी मुद्दाको कारबाही अघि बढाउन उच्चको आदेश छ ।

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको थियो । आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा उनले निवेदन दर्ता गराएका थिए । लामिछानेले त्यसको ४ भागमध्ये आफ्नो भागमा पर्ने बिगो बराबरको २ करोड ७४ लाख ८४ हजारको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । लामिछानेले पेस गरेको उक्त बैंक ग्यारेन्टी सुरक्षित गर्ने आदेशमा उल्लेख छ । विदेश जानुपर्ने अवस्था आएमा लामिछानेले अदालतलाई जानकारी दिनुपर्नेछ । आदेशमा भनिएको छ, ‘व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नुपरे अदालतलाई पूर्वजानकारी दिने ।’

आज कारागार मुक्त हुने

आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि मात्र रिहा हुने भएकाले लामिछाने बिहीबार छुट्न सकेनन् । आवश्यक कागजी प्रक्रिया मिलाएपछि उनी आज शुक्रबार मात्रै रिहा हुनेछन् । बिहीबार आदेश आउँदा कार्यालय समय सकिएकाले बाँकी प्रक्रिया शुक्रबार मात्र सुरु हुनेछ । लामिछानेलाई कारागारमुक्त गर्नका लागि जिल्ला अदालत र नख्खु कारागारबाटै बाँकीको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

सुरुमा उच्च अदालतको आदेश जिल्ला अदालत रूपन्देही र जिल्ला अदालतबाट उक्त आदेश नख्खु कारागार पठाउनुपर्ने हुन्छ । त्यसपछि नख्खुु कारागारले लामिछानेलाई रूपन्देही जिल्ला अदालतमा पेस गर्ने र त्यसपछि मात्र लामिछाने रिहाइ हुनेछन् । यसका लागि शुक्रबार बिहान विमानमार्फत उनलाई भैरहवा लाने तयारी भएको रास्वपाका एक नेताले बताए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ मिनेट अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • २५ मिनेट अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २१ घण्टा अगाडि
UML555555555555

यी हुन् एमालेमा विजयी पदाधिकारी, कसले कति...

  • २१ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved