देउवाको दबाबपछि ‘टेक एन्ड पे’ नीतिबाट पछि हट्यो सरकार

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबपछि सरकार विद्युत् खरिद सम्झौतामा ‘टेक एन्ड पे’ नीतिबाट पछि हटेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले निजी क्षेत्रले बनाउने नदी प्रवाही जलविद्युत् (रन अफ द रिभर) आयोजनालाई लिऊ र तिर (टेक एन्ड पे) को नीति लागू गर्ने भएपछि सडकदेखि सदनसम्म बहस चुलिएको थियो […]

वार्षिक बजेटको झन्डै दोब्बर पुग्दै छ सार्वजनिक ऋण

गत १५ जेठमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याउँदै त्यसको स्रोतमा वैदेशिक ऋण, अनुदानसमेत राखेको छ । अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड बेहोर्दा ५ खर्ब ९५ अर्ब ६६ करोड कम हुनेछ । त्यसमा अपुग हुने रकममध्ये […]

प्रधानमन्त्रीसँग प्रश्नोत्तरअघि रास्वपासँग छलफलमा सभामुख

६ असार, काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अघि सभामुख देवराज घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरुसँग छलफलमा छन् । रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग सभामुख घिमिरे छलफलमा रहेका हुन् । शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम […]

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर चार दिने भ्रमणका लागि दक्षिण अफ्रिका प्रस्थान गरेकी छन् । दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा आयोजना गरिएको लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन उपसभामुख राना बुधबार बिहान दक्षिण अफ्रिका प्रस्थान गरेकी हुन् । उपसभामुख रानाले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स (आइडिइए), ओपन सोसाइटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग […]

नाराबाजीका बीच प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले आइतबार (असार १) पनि प्रतिनिधिसभाको वेलमा नाराबाजी गरिरहेका छन् । भिजिट भिसा प्रकरणमा दोषीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद आफ्नो आसनमा उभिएर विरोध गरिरहेका छन् । तर, सभामुख देवराज घिमिरले सभाको कार्य अघि बढाएका छन् । आकस्मिक समयपछि सभामुखले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आउँदो आर्थिक वर्षको […]

संसदको अवरोध खुलाउन माओवादीले सार्यो मध्यमार्गी प्रस्ताव, रास्वपाबाहेक सबै सहमत

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले बुधबारको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले गत १३ जेठदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् । सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर छलफल चलिरहे पनि निष्कर्ष निस्किन सकेको छैन । गृहमन्त्रीको राजीनामाबाट पछि हटेर प्रतिपक्षी दलहरूले […]

प्रतिपक्षीको अडान र सत्तारुढको अटेरीले १४ दिनदेखि सदन बन्धक

प्रतिपक्षी दलहरूको अडान र सत्तारुढको अटेरीका कारण प्रतिनिधिसभा बैठक विगत १४ दिनदेखि बन्धक बनेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति÷आयोगको माग राखेर विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् । १३ जेठदेखि सुरु भएको विपक्षी दलहरूको विरोध १४औँ दिन आइपुग्दा सोमबारसम्मै जारी रह्यो । यसबीचमा सत्तारुढ र विपक्षी दलहरूबीच […]

प्रतिपक्षीले चल्न नदिएपछि प्रतिनिधिसभा बैठक बुधबारसम्मको लागि स्थगित

काठमाडौं । भिजिट भिजा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आइरहेको प्रतिपक्षी दलले चल्न नदिएपछि प्रतिनिधिसभा बैठक पर्सी बुधबारसम्मको लागि स्थगित भएको छ । लामो समयदेखि यही प्रकरणमा अवरोध गर्दै आइरहेको प्रतिपष दलले आजको बैठक पनि अवरोध गरेपछि आधा घण्टाको लागि स्थगित भएको थियो । तर पछि पनि सहमति नजुटेपछि […]

प्रतिनिधिसभा बैठक सञ्चालनबारे प्रतिपक्षी दलको बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) लगायत प्रतिपक्षी दलको बैठक बसेको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा सुरु भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । प्रतिपक्षी दलले ‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रतिनिधिसभाको बैठकमा सरकारको जवाफ […]

जनता सुखी भए लोकतन्त्र आफैँ समृद्ध हुन्छ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र र गणतन्त्रभन्दा उन्नत शासन प्रणाली संसारमा अहिलेसम्म कहीँकतै नरहेको बताएका छन् । रासससँग कुराकानी गर्दै उनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा देखिएका कमीकमजोरीलाई सुधार गरी उन्नत र समृद्ध बनाउनेतर्फ लाग्न सबै तह र तप्कालाई आह्वान गरे । पूर्वअध्यक्ष रेग्मीले भने, ‘गणतन्त्रको प्रतिफल पाए र जनता खुसी र […]