नक्खु कारागारले भन्यो– भागेका कैदीहरु तुरुन्त सम्पर्कमा आऊ, नत्र तोकेको सजाय थप कडा हुन्छ

ललितपुरस्थित नक्खु कारागार प्रशासनले जेन–जी युवा पुस्ताको आन्दोलनमा मौका छोपेर भागेका कैदीहरुलाई तुरुन्त सम्पर्कमा आउन अनुरोध गरेको छ । उक्त कारागारले एक नोटिस जारी गर्दै भागेका कैदीहरुलाई अविलम्ब सम्पर्कमा आउन अनुरोध गरेको हो । ‘अतः विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति […]

रवि लामिछाने कारागारबाट बाहिर

सहकारी प्रकरणमा कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले कारागारबाट बाहिर निकालेका छन्। “उहाँ बाहिर निस्किएर एउटा घरको छतमा हुनुहुन्छ। उहाँलाई सुरक्षित राखिएको छ,” रास्वपाका नेता दीपक बोहराले बीबीसी न्यूज नेपालीसँग भने। रास्वपा नेता सुरेश थापाको नामले पनि चिनिने टाकाराज थापाले लामिछाने कारागारबाट बाहिर आउँदै गरेको भिडिओ फेसबुकमा लाइभ गरेका थिए। सेतो […]

करिश्माले त्यागिन् एमाले, भन्छिन्- म जनताको कलाकार रहिरहन चाहन्छु

अभिनेत्री करिश्मा मानन्धरले आफू नेकपा एमाले त्यागेको घोषणा गरेकी छन् । फेसबुकमार्फत उनले आफू जनताकै कलाकार बनिरहन चाहेको बताएकी छन् । उनी लेख्छिन्, ‘अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितमा मात्र थियो । तर आजदेखि म कुनै राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।’ अघि लेख्छिन्, […]

राजनीतिक निकासका लागि राजीनामा दिएको छु : ओली

२४ भदौ, काठमाडौं । प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् । ‘…हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप […]

जेन जीमाथि भएको दमनको विरोधमा नवलपुरका सम्पूर्ण उद्योगधन्दा र कलकारखाना बन्द गर्न निर्देशन

नवलपुर, भदौ २४ गते । उद्योगा वाणिज्य संघ नवलपुरले जिल्लाका सम्पूर्ण उद्योगधन्दा, कलकारखाना र पेशा व्यवशाय बन्द गर्न सम्पूर्ण मातहतका व्यवशायीहरुलाई निर्देशन दिएको छ । नवलपुर उद्योगा वाणिज्य संघका अध्यक्ष बैकुण्ठप्रसाद अर्याल, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसाल र मध्यविन्दु उद्योण वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठले संयुक्त विज्ञप्ती निकालेर जेन जीहरुको आन्दोलनमाथि भएको दमनको […]

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

२४ भदौ, काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।

स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै

२४ भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् । स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यस्तो परिस्थितिमा सरकारमा बस्ने सकिएन । राजीनामा दिँदैछु ।’ यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । कांग्रेस नेता शेखर कोइरालाले आफू निकट […]

रूपन्देही–३ मा नेकपा एसबाट महासचिव भुसालसहित ७ जना सिफारिस

रुपन्देही । रुपन्देही–३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला कमिटी रुपन्देहीको बैठकले महासचिव घनश्याम भुसालसहित ७ जनाको नाम सिफारिस गरेको हो । भुसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रूपन्देही […]

रुपन्देही– ३ उपनिर्वाचन : एकीकृत समाजवादीबाट घनश्याम भुसालसहित ७ जनाको नाम सिफारिस

रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको हो । भुसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा […]