राष्ट्रपति पौडेलसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानबमोजिम अध्यक्ष रेग्मीले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन्।
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । आइतबार […]
सभामुख घिमिरेले भने- संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो

२ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । संसद् विघटनको घटनालाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारहरूको जिज्ञासमा सभामुख घिमिरेले यस्तो बताएका हुन् । जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवन अनुगमन गर्न पुगेका सभामुख घिमिरेले भने, ‘जे घटनाहरू देशमा घट्यो, हामीले जे व्यहोरिरहेका छौं, […]
प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच भयो फोनवार्ता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरेकी थिइन् । साथै उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि […]
कार्की सरकारको प्राथमिकता निर्वाचनसँगै भ्रष्टाचार नियन्त्रण तर, संवैधानिक नियुक्तिमा दलीय अड्को

काठमाडौँ । अहिले बनेको अन्तरिम सरकारको मुख्य म्यान्डेट भनेकै २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन र भ्रष्टाचार निर्मुल गर्नुपर्ने प्रदर्शनकारीको मुख्य एजेन्डालाई सम्बोधन गर्नु हो । तोकिएकै समयमा निर्वाचन, पुनर्निर्माण, आन्दोलनमा भएका अवाञ्छित गतिविधिबारे छानबिन, भ्रष्टाचार नियन्त्रणका लागि खरो रूपमा प्रस्तुत हुनेलगायत विषयलाई जसरी पनि ६ महिनाभित्र ट्रयाकमा ल्याउनै पर्ने चुनौती अहिलेको सरकारलाई छ । मूल मुद्दाको […]
अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने

३० भदौ, काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् । बालुवाटार निकट स्रोतका अनुसार, उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्विकार गरेका हुन् । बालुवाटार स्रोतले भन्यो, ‘तलब बाहेक अरु केही पनि सुविधा लिँदिनँ, […]
संसद् सचिवालयले भन्यो– प्रदर्शनका क्रममा घर लगिएका सामान फिर्ता गर्नु

काठमाडौं । संघीय संसद् सचिवालय यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । संघीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना जारी गरी संघीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय […]
जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख राहत

२९ भदौ, काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् । यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् । उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना […]
नक्खु कारागारले भन्यो– भागेका कैदीहरु तुरुन्त सम्पर्कमा आऊ, नत्र तोकेको सजाय थप कडा हुन्छ

ललितपुरस्थित नक्खु कारागार प्रशासनले जेन–जी युवा पुस्ताको आन्दोलनमा मौका छोपेर भागेका कैदीहरुलाई तुरुन्त सम्पर्कमा आउन अनुरोध गरेको छ । उक्त कारागारले एक नोटिस जारी गर्दै भागेका कैदीहरुलाई अविलम्ब सम्पर्कमा आउन अनुरोध गरेको हो । ‘अतः विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति […]
रवि लामिछाने कारागारबाट बाहिर

सहकारी प्रकरणमा कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले कारागारबाट बाहिर निकालेका छन्। “उहाँ बाहिर निस्किएर एउटा घरको छतमा हुनुहुन्छ। उहाँलाई सुरक्षित राखिएको छ,” रास्वपाका नेता दीपक बोहराले बीबीसी न्यूज नेपालीसँग भने। रास्वपा नेता सुरेश थापाको नामले पनि चिनिने टाकाराज थापाले लामिछाने कारागारबाट बाहिर आउँदै गरेको भिडिओ फेसबुकमा लाइभ गरेका थिए। सेतो […]