Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नक्खु कारागारले भन्यो– भागेका कैदीहरु तुरुन्त सम्पर्कमा आऊ, नत्र तोकेको सजाय थप कडा हुन्छ

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ७ महिना अगाडि

ललितपुरस्थित नक्खु कारागार प्रशासनले जेन–जी युवा पुस्ताको आन्दोलनमा मौका छोपेर भागेका कैदीहरुलाई तुरुन्त सम्पर्कमा आउन अनुरोध गरेको छ । उक्त कारागारले एक नोटिस जारी गर्दै भागेका कैदीहरुलाई अविलम्ब सम्पर्कमा आउन अनुरोध गरेको हो ।

‘अतः विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्‍याउन सम्पूर्ण फरार कैदीबन्दीहरुलाई यसै सूचना मार्फत औपचारिक रुपमा अपिल गरिन्छ,’ सूचनामा लेखिएको छ, ‘साथै सम्पर्क हुन नआएका बन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन बमोजिम भै जाने व्यहोरा अवगत गराइन्छ ।’

कारागारले कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार सार्वजनिक अपिलसमेत गरेको छ । जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि कैदीबन्दीहरु नक्खु जेलबाट बाहिरिएका थिए ।

नक्खु कारागार प्रशासनले नै सूचना जारी गरी नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरु (थुनुवा र कैदी) लाई सम्पर्कमा आउन भनेको छ ।

यदि नआएमा फरार अवस्थाको निरन्तरता हुने र कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने चेतावनी कारागार प्रशासनले दिएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • २१ घण्टा अगाडि
rabi-balen

रास्वपाले तोक्यो मन्त्रीलाई १८ हजार र सांसदलाई...

  • २१ घण्टा अगाडि
ganesh-parajuli

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

  • २१ घण्टा अगाडि
2-mantri

गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री...

  • ७ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved