हैजाका बिरामीका लागि औषधि र जनशक्ति तयारी अवस्थामा राख्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वीरगञ्ज आसपासमा देखिएको हैजा संक्रमण नियन्त्रणका लागि अत्यावश्यक औषधि र जनशक्ति तम्तयार अवस्थामा राख्नुपर्ने बताएका छन् । आज यहाँ नारायणी अस्पतालमा हैजाका बिरामी र बिरामीका आफन्तहरुसँग भेटघाटपछि अस्पताल प्रशासनसँग छलफल गर्दै उनले हैजा संक्रमित बिरामीको उपचारमा कुनै पनि खालको कमजोरी नगर्न अनुरोध गरे । महामन्त्री थापाले भने, ‘हैजाको उपचार गर्न […]

भारतीय प्रधानमन्त्री मोदीले सीमाकाे समस्या हल गरिन्छ भन्नुभएको थियो : प्रचण्ड

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहाले विगतमा कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रतिबद्धता व्यक्त भएको स्मरण गरे । अध्यक्ष दाहालले आफू प्रधानमन्त्री […]

पूर्वराष्ट्रपति भण्डारीले थालिन् विधान महाधिवेशन केन्द्रित गतिविधि

काठमाडौँ । काठमाडौँस्थित नयाँ बानेश्वरमा कार्यालय खोलेर राजनीतिक गतिविधिमा सक्रिय भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी विधान महाधिवेशन केन्द्रित रणनीति बनाउन सुरु गरेकी छिन् । गत बिहीबार नयाँ बानेश्वरस्थित लाखेचौर मार्गमा ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति कार्यालय’ उद्घाटन गरेसँगै उनले नेता, कार्यकर्ताहरूसँगको सामूहिक र एक्लाएक्लै भेटवार्तालाई तीव्रता दिएकी छिन् । भण्डारी निकट नेताहरूका अनुसार […]

प्रतिनिधिसभामा एमाले सांसद सूर्य थापा र राप्रपा सांसद रोसन कार्कीबीच भनाभन

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल नेकपा एमालेका सांसद सूर्यबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोसन कार्कीबीच भनाभन भएको छ । बुधबारको बैठकमा आकस्मिक समयमा सभामुख देवराज घिमिरेले राप्रपा सांसद कार्कीलाई बोल्न समय दिएका थिए । बोल्ने क्रममा सांसद कार्कीले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन कांग्रेस एमालेले सुरु गरेको हस्ताक्षर संकलनबारे प्रश्न गरिन् […]

जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुका चुनौती समाना गर्न सरकारसँगै सबैको सहकार्य आवश्यक रहेको बताएकी छन् । हिन्दुकुश–हिमालय सांसदहरुको आजदेखि सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा उनले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र शुद्ध वायुको आवश्यकता जस्ता चुनौतीको सामना गर्न सरकारको पहल मात्र पर्याप्त नभई सांसदहरुको सक्रिय नेतृत्व, आवाज र संकल्प जरुरी रहेको उल्लेख […]

प्रधानमन्त्री ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । उक्त भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका लागि […]

रविलाई सुविधाबाट वञ्चित गरिएको छैन, कारागार सार्ने काम हुँदैछ : गृहमन्त्री

२८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरूले पाउने सुविधानबाट वञ्चित नगरिएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीहरूले बन्दीहरूले पाइरहेको सुविधा दिइएको उनले स्पष्ट पारे । लामिछानेलाई छुटै कोठामा राखिएको र […]

दक्षिण कोरियाका पूर्वराष्ट्रपति योलकी श्रीमती किम पनि पक्राउ

सियोल । दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम किओन हीलाई पनि पूँजी बजार प्रभावित गर्ने र भ्रष्टाचारलगायत विभिन्न अभियोगमा मंगलबार राति पक्राउ गरिएको छ । सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले ५२ वर्षीया किमविरुद्ध पक्राउ पुर्जी जारी गर्न अभियोजकहरुको अनुरोधको पुनरावलोकन गरेको केही घण्टापछि उनलाई पक्राउ गरिएको हो । अभियोजकहरुले किमको कथित गैरकानुनी कार्यबारे ८४८ पृष्ठलामो राय पेश […]

समृद्ध नेपाल बनाउने अभिभारा युवाहरुको काँधमा आइसकेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरुको काँधमा आइसकेको बताएका छन् । अन्तराष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले समृद्ध नेपाल बनाउने युगीन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम भइसकेका छन् भन्ने आफूलाई विश्वास लागेको बताए […]

प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा राखी ग्रहण गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी ग्रहण गरेको जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘ रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो, दिदीबहिनीलाई धन्यवाद ! ।’ श्रावण […]