सहकारी प्रकरणमा कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले कारागारबाट बाहिर निकालेका छन्।


“उहाँ बाहिर निस्किएर एउटा घरको छतमा हुनुहुन्छ। उहाँलाई सुरक्षित राखिएको छ,” रास्वपाका नेता दीपक बोहराले बीबीसी न्यूज नेपालीसँग भने।



रास्वपा नेता सुरेश थापाको नामले पनि चिनिने टाकाराज थापाले लामिछाने कारागारबाट बाहिर आउँदै गरेको भिडिओ फेसबुकमा लाइभ गरेका थिए।

सेतो कुर्ता लगाएका लामिछानेले कारागार परिसरमा अग्लो स्थानमा उभिएर प्रदर्शनकारीहरूलाई हात हल्लाउँदै अभिवादन गरेको भिडिओमा देखिन्छ। त्यहाँ उनलाई प्रहरीले सुरक्षा दिएको थियो।
लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए।








