विश्वविद्यालयले गल्तीले छात्रालाई फेल भएको इमेल पठायो, २१ वर्षीयाले गरिन् आत्महत्या

एक छात्राले विश्वविद्यालयको इमेल पाएपछि आत्महत्या गरेकी छिन् । उक्त इमेलमा उनी फेल भएको बताइएको थियो । २१ वर्षकी म्यारेड फौल्क्स, यूकेको नर्थ वेल्सस्थित एङ्गलेसेमा जुलाई ८ तारिखमा नजिकैको ब्रिटानिया पुलबाट हाम फालेर आत्महत्या गरेकी छिन् । कार्डिफ युनिभर्सिटीकी विद्यार्थी फर्मास्यूटिकल्सको दोस्रो वर्षमा अध्ययनरत थिइन् । डेली मेलका अनुसार उनले निकै लामो समयदेखि विभिन्न फर्मास्यूटिकल्समा […]
शिक्षकको पदपूर्ति छिट्टै

शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको प्रक्रिया छिट्टै अगाडि बढाउने भएको हो । आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आफूहरू नयाँ पदपूर्ति प्रक्रियाकै तयारीमा रहेकाले नयाँ विज्ञापन तत्काल खोलिने जानकारी दिनुभयो । उहाँका अनुसार, शिक्षा तथा […]
‘पढ्दै कमाउँदै’ कार्यन्वयनका लागि कार्यविधि मस्यौदा तयार

१ कार्तिक, काठमाडौं । सरकारले घोषणा गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि बनाउन शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालयलाई प्राथमिकतामा राखेर परीक्षणका रुपमा कार्यान्वयन गर्ने गरी कार्यविधिको मस्यौदा तयार भएको जनाएको छ । यो वर्ष पढ्दै कमाउँदै कार्यक्रम परीक्षणका रुपमा केही प्राविधिक धारका विद्यालयहरुमा […]
लोकसेवा आयोगलाई गाली गर्ने युवक एक वर्ष कालोसूचीमा

प्रदेश २ को लोकसेवा आयोगलाई गालीगलौज गरेको भन्दै एक युवक कालोसूचीमा परेका छन् । प्रदेश लोकसेवा आयोगलाई तथानाम गालीगलौज गर्दै आयोगको इमेलमा प्रतिक्रिया दिएपछि महोत्तरी एकडाडा गाउँपालिका स्थित बथनाहाका प्रनित कुमार झा एक वर्षका लागि कालोसूचिमा परेका हुन् । कर्मचारी भर्नाको लागि आयोगले गरेको विज्ञापनमा अनलाइन मार्फत प्रनित कुमार झाले दरखास्त दिएका थिए । उनले […]
छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष

३० असोज, पाल्पा । रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन् । उनले छोरा सङ्कल्प र छोरी सलोनीका नाममा विद्यालयलाई रु ५१ हजार ६७० को ‘स्नेहा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् । उनले सो रकम बराबरको चेक आज नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रधानाध्यापक बालकृष्ण लम्साललाई […]
शिक्षक सरुवाको रेकर्ड हराउँदै

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बागलुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ । पालिकाले उनीहरुको सरुवा गरेको छ । नयाँ नियुक्ती पनि गरेको छ । उनीहरुको रेकर्ड भने शिक्षा विकास तथा समन्वय एकाइमा छैन । एकाइले लागत तथा रेकर्ड नराख्दा ती शिक्षक निवृत्त भएपछि पाउने सेवा सुविधामा समस्या पर्छ । अहिले पालिकाबाटै तलब भत्ता खाएकाले […]
विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर शिक्षक अभाव

शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित आयोगमा पठाएको छ । […]
पहिला खुले विद्यालय, पछि आयो २७ बुँदे मापदण्ड !

काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हुन सक्नेछन् । महानगरका शिक्षा समिति प्रमुख एवं कामपा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित विद्यालय […]
लोकसेवा आयोगले नयाँ पदपूर्ति र बढुवा प्रक्रिया अगाडि बढायो

लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण राष्ट्रसेवक कर्मचारीको नयाँ पदपूर्ति र बढुवासम्बन्धी रोकिएका कामलाई धमाधम अगाडि बढाउन थालेको छ । आयोगले सरकारी सेवालाई थप प्रभावकारी बनाउन नयाँ पदको सिर्जना गरी पदपूर्ति गर्न र कर्मचारीको वृत्तिविकास गर्न हरेक वर्ष खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति तथा बढुवाका प्रक्रिया गर्दै आएको छ । तर विगत दुई वर्षमा कोभिडको […]
नवलपुरमा आज देखि भौतिक उपस्थितीमा पठनपाठन सुरु

राजु चापागाई(राज)/नवलपुर । नवलपुरका अधिकांश विद्यालयहरुमा आज देखि भौतिक उपस्थितिमै विद्यालयहरुमा पठनपाठन शुरु भएको छ । कोरोना महामारीका कारण भएको निषेधाज्ञाले वैशाख १२ देखि बन्द रहेका विद्यालयहरु खुलेका हुन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र नवलपुरले जिल्लाका स्थानीय तहको स्वीकृतिमा शिक्षण संस्थाहरूले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुचारु गर्न सक्ने निर्णय गरेसँगै भौतिक उपस्थितिमा विद्यालयहरू सञ्चालन […]